बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोना संक्रमित अमेरिकीहरुलाई ग्वान्तानामो पठाउन चाहन्थे ट्रम्प, यो कस्तो ठाउँ हो ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार ९, २०७८ ०७;०४ बिहान प्रकाशित
कोरोना संक्रमित अमेरिकीहरुलाई ग्वान्तानामो पठाउन चाहन्थे ट्रम्प, यो कस्तो ठाउँ हो ?

U.S. President Donald Trump, left, speak as Anthony Fauci, director of the National Institute of Allergy and Infectious Diseases, listens during a Coronavirus Task Force news conference at the White House in Washington, D.C., U.S., on Tuesday, March 31, 2020. Trump warned Americans that it's "going to be a painful two weeks" and the virus was the worst thing the country had ever seen as the disease continued to spread around the country. Photographer: Chris Kleponis/Polaris/Bloomberg

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

U.S. President Donald Trump, left, speak as Anthony Fauci, director of the National Institute of Allergy and Infectious Diseases, listens during a Coronavirus Task Force news conference at the White House in Washington, D.C., U.S., on Tuesday, March 31, 2020. Trump warned Americans that it’s “going to be a painful two weeks” and the virus was the worst thing the country had ever seen as the disease continued to spread around the country. Photographer: Chris Kleponis/Polaris/Bloomberg

काठमाडौं। अमेरिकामा कोरोनाभाइरस महामारीको संक्रमण सुरु भएपछि सुरुवाती दिनमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमित अमेरिकीहरुलाई ग्वान्तानामो बे पठाउने कुराको वकालत गरेका थिए । एक नयाँ किताबमा यो दावी गरिएको छ । वाशिङटन पोस्टका २ रिपोर्टरहरु यास्मिन आबुतालेब र डेमियन पालेट्टाले लेखेको यो किताबको नाम – ‘नाइटमेयर सिनारियोः इनसाइड द ट्रम्प एडमिनिस्ट्रेसन्स रेस्पोन्स टु द प्यान्डेमिक द्याट चेन्ज्ड हिस्ट्री’ हो ।

यो किताबका केही अंश सोमबार जारी गरिएका छन् । यसमा गरिएको दावीअनुसार २०२० को फेब्रुअरीमा ह्वाइट हाउसको सिचुएसन रुममा एक बैठक भएको थियो । यो बैठकमा ट्रम्पले आफ्ना सहयोगीहरुसँग भनेका थिए ‘के हामीसँग यस्तो कुनै टापु छैन जो हाम्रो नियन्त्रणमा होस् ? ग्वान्तानामो बेका बारेमा के भन्नु छ ?’ द गार्डियनका अनुसार ट्रम्पले कथित रुपमा यो पनि भनेका थिए ‘हामी सामानहरु आयात गर्छौं तर हामी भाइरस आयात गर्न गइरहेका छैनौं ।’

किताबका लेखकहरुका अनुसार ट्रम्पले फेरि पनि यो प्रस्ताव गरेपछि सहयोगीहरुले त्यसलाई त्यहीँ रोकेका थिए । ग्वान्तानामो बे क्युबाको कुख्यात हिरासत क्याम्प हो । अमेरिकाले यसको प्रयोग गम्भीर अपराधी र अभियुक्तहरुलाई राख्नको लागि गर्छ । ट्रम्पले यसो भन्दा अमेरिकामा भाइरसका कारण स्थिति खराब भइसकेको थिएन ।

ट्रम्प प्रशासनले महामारी ठिकसँग सामना गर्न नसकेको भन्दै लगातार आलोचना हुने गर्छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ६ लाखभन्दा धेरैको मृत्यु कोरोनाभाइरसका कारण भएको छ । यीमध्ये ४ लाख मृत्यु ट्रम्पको कार्यकालमा भएका थिए ।

यो किताबमा ट्रम्पका पूर्व बरिष्ठ सल्लाहकारहरु र बरिष्ठ स्वास्थ्य अधिकारीहरुसँगको साक्षात्कारबाट प्राप्त जानकारीलाई आधार बनाइएको छ । यी साक्षात्कारका विषय महामारीका विषयमा ट्रम्प प्रशासनले गरेका कामहरुको परिपरि राखिएको छ ।

किताबमा गरिएको दावीअनुसार ट्रम्पले गत वर्ष १८ मार्चमा स्वास्थ्य तथा मानवीय सेवाका तत्कालीन मन्त्री एलेक्स अजारसँग भनेका थिए ‘टेस्टिङले मलाई मारिरहेको छ । म टेस्टिङका कारण चुनाब हार्न गइरहेको छु । के मुर्खता हो कि संघीय सरकारले टेस्टिङ गराउनुपर्छ ?’ त्यसको ५ दिन पहिले मात्र ट्रम्पका ज्वाइ जारेड कुशनरले टेस्टिङ रणनीतिको जिम्मेवारी लिएका थिए ।

ट्रम्पले त्यतिबेला स्वास्थ्य तथा मानवीय सेवा विभागका आकसिमक तयारीका प्रमुख रोबर्ट क्याडलेक र विदेश विभागका एक बरिष्ठ अधिकारीलाई विदा गर्ने मन पनि बनाएका थिए । ट्रम्प कोरोना संक्रमित १४ जना अमेरिकी नागरिकलाई क्रुज जहाजबाट अमेरिका फिर्ता ल्याउने विषयमा यी अधिकारीको भूमिकाबाट असन्तुष्ट थिए ।

किताबका अनुसार ट्रम्पले नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजजका तत्कालीन निर्देशक डा. एन्थोनी फाउसीलाई हटाएनन् तर ट्रम्पको टिमले डा. फाउसी र अन्य बरिष्ठ स्वास्थ्य अधिकारीहरुको सिफरिसलाई बेवास्ता गरे । बरु आर्थिक विशेषज्ञ र जारेड कुशनरका कुरालाई महत्व दिइयो । ट्रम्प र डा. फाउसीबीच मतभेदको प्रमुख मुद्दा ट्रम्पले मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोनामा प्रयोग गर्न जोड दिनु थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!