बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रवीन्द्र मिश्रज्यू, तपाईहरु नआत्तिनोस् !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
साउन २६, २०७८ १४;१७ मध्यान्ह प्रकाशित
रवीन्द्र मिश्रज्यू, तपाईहरु नआत्तिनोस् !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

यतिबेला साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सङ्घीयता र धर्मनिरपेक्षताका लागि जनमत सङ्ग्रह हुनुपर्छ भनेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । यो अभिव्यक्तिविरुद्ध राजनीतिक दलका नेतादेखि सामाजिक व्यक्तित्व र राजनीतिक विश्लेषकसमेत उनीमाथि खनिएका छन् ।

केही महिनादेखि देशको सङ्घीयता र धर्मनिरपेक्षताविरोधी शक्तिहरू सडकमा सल्बलाइरहेका छन् । नारा, जुलुस लगाइरहेका छन् । उनीहरू भन्दैछन्, ‘देशको सङ्घीयता खारेज गरेर हिन्दु राज्य घोषणा गर्नुपर्छ ।’ यो अभियानमा खासगरी राजावादी, हिन्दु अतिवादी र केही एनजीओहरू समेत लागिपरेका छन् ।

मुलुक धर्मनिरपेक्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा घोषणा भएको एक दशकभन्दा बढी भइसकेको छ । तर जुन वर्ग, जाति र समुदायका लागि यो व्यवस्था आएको थियो, उनीहरूले अझै पनि त्यसको महसुस गर्न पाएका छैनन् । उनीहरूको स्थान जुन रूपमा हुनुपथ्र्याे त्यो रूपमा छैन । अझै पनि पुरातन हिसाबले नै सामाजिक विभेदको पिँधमा फालिइरहेका छन् । अहिले यसलाई बीचमै तुहाउने खेलको सुरुवात भइरहेको देखिन्छ । जुन वर्ग, जाति र समुदाय धर्मनिरपेक्षता र सङ्घीयताका कट्टर विरोधी छन्, उनीहरूकै हातमा यो व्यवस्था खुम्चेको छ । यो सबैभन्दा बढी दुर्भाग्यको विषय हो ।

पटक–पटक कुरा उठ्ने गरेको छ कि हाम्रो मुलुकमा सत्ता मात्र फेरिँदै आयो । तर, गरिब र पिछडिएका वर्गको अवस्था भने जहिले पनि जस्ताको त्यस्तै रहँदै आयो । अर्थात् व्यवस्था फेरिँदै आयो र तर दुःखी गरिबको अवस्था उस्तै रहँदै आयो । चाहे त्यो ००७ सालको आन्दोलन होस् या २०४६, २०५२ र २०६२÷६३ को क्रान्ति र जनआन्दोलन होस् । जनताको आर्थिक अवस्था र व्यवस्थाप्रति सचेत हुने समयको दिन आउँछ, त्यसपछि शासक वर्ग कुनै न कुनै बहानामा त्यसलाई ध्वस्त पार्न सत्ता र शक्तिको दुरूपयोग गर्दै आएका छन् । यसको पछिल्लो उदाहरण हो– धर्मनिरपेक्षता र सङ्घीयताविरोधी शक्तिहरूको सल्बलाहट र रवीन्द्र मिश्रहरूको अभिव्यक्ति ।

अहिले जुन वर्ग र समुदायलाई धर्मनिरपेक्षता र सङ्घीयताको खाँचो नै छैन, उनीहरूकै हातमा राज्यशक्ति छ । उनीहरूकै हातमा राजनीतिक दल छ । उनीहरूले कहिले पनि यसको अभ्यास गरेको अनुभव छैन । किनभने धर्मनिरपेक्षता र सङ्घीयताको अभ्यास सबैभन्दा जटिल कुरा हो । बसीखाने जुका वर्गका लागि आफ्नै विरोधी यति विशाल व्यवस्थालाई क्रमिक रूपमा व्यवस्थापन गर्नुभन्दा भत्काउने खुरापाती कार्य नै उनीहरूको लागि सजिलो उपाय हो । त्यसैले उनीहरू यो व्यवस्थाविरुद्धमा निर्जीव र विभेदकारी व्यवस्थाको कल्पनाको बाटोतिर हौसिएका छन् । जसमा कुनै सजीवता छैन, सत्यता छैन । न त मानवीयता र मानव अधिकारको विषय नै छ । उनीहरु पुरातन व्यवस्थाको पछाडि ज्यान फाल्न तयार छन् । तर, कतै गरिब, दलित र असहायमाथि पशुभन्दा पनि तल्लो स्तरको व्यवहार हुन्छ । त्यसतर्फ उनीहरूको कुनै चिन्ता र चासोको विषय बन्दैन ।

अहिले मुलुकमा जुन हिसाबले धर्मनिरपेक्षता र सङ्घीयताको अभ्यास हुनुपथ्र्याे त्यो अनुसार भएन । घोषणा कालदेखि नै यसलाई जन्जिरले बाँध्ने काम भए । नाम मात्रका सातवटा प्रदेश भए । तिनले गरेका कामका अपजस मात्र आउँछन् । संविधानमा धर्मनिरपेक्षता त भनियो तर अझै पनि राज्यका गतिविधि हिन्दुवादी परम्परा नै छ । अझै पनि राज्य स्तरको चाडवाड, सार्वजनिक बिदा, सरकारी कार्यालयहरूमा पुरातनवादी गन्ध नै छ ।

शासकहरूसँग प्रश्न छ, यदि मुलुक धर्मनिरपेक्ष नै हो भने यो देशमा कतिवटा धर्म मान्ने समुदाय छन् ? उनीहरूको सम्मान राज्यले सम्मानित तरिकाले दिन सकेको छ ? यो देशमा कसका लागि सङ्घीयता आयो ? के ती वर्ग, समुदाय र क्षेत्रका मानिसले सङ्घीयताक‍ो मर्म बोध गरेका छन् ? छन् भने कसरी छन् ? बयलगाडा चढेर अमेरिका पुग्ने सपनामा मात्र छ कि विपनामा पनि छ ?

रवीन्द्र मिश्रहरूलाई मेरो प्रश्न छ ? के यो राज्यको धरातलमा नारकीय जीवन बाँच्न बाध्य पारिएका समुदायको हालत तपाईंहरूलाई थाहा छ ? तपाईंहरूले केका लागि नयाँ दल दर्ता गरेर राजनीतिमा प्रवेश गर्नुभयो ? सडेगलेका समाजिक कुरीति फेर्नलाई कि त्यसमा नयाँ रङ्गरोगन गरेर कुसंस्कार र कुरीतिको राज्य स्थापना गर्न ? समाजमा कति धेरै पशुवत् विभेद छ र अमानवीय संस्कार छ भने अझै पनि यो युगमा मान्छेले मान्छेलाई मान्छे गन्दैनन् । यसका लागि किन राजनीतिक अभियानको थालनी गर्नुभयो ? आफूले योजना बनाएको बाटोबाट यति छिटो किन विचलित हुनुभयो ? तपाईंको राजनीतिक स्वार्थ के हो ?

तपाईहरू बर्बराउँदैमा जनताको सपना ध्वस्त हुन सक्दैन । देशको सङ्घीयता र धर्मनिरपेक्षता खारेज हुन सक्दैन । बरू नयाँ युगअनुसार झन परिष्कृत हुँदै जाने छन् । तपाईंहरू यसरी अत्तालिन बन्द गर्नुस् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!