नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको खोप पूरा मात्रा लगाएका तथा पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको छ। नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेकाले सरोकारवाला निकायले सहकार्य गर्नुपर्ने परिसंघले औँल्याएको हो।
परिसंघकी राष्ट्रिय परिषद सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदुरहरुलाई खोप उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। यसैगरी नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र्भका् छ। विभिन्न मुलुकहरुले अझै पनि नेपाल भ्रमणका लागि जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-