बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतले ‘रेडलिस्ट’ मा व्यापक परिवर्तन गर्दै, सूचीबाट हट्ला त नेपाल ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १, २०७८ १८;१६ मध्यान्ह प्रकाशित
बेलायतले  ‘रेडलिस्ट’ मा व्यापक परिवर्तन गर्दै, सूचीबाट हट्ला त नेपाल ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बेलायत सरकारले लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेडलिस्ट’ मा व्यापक परिवर्तन गरिने भएको छ । कोरोना संक्रमणका आधारमा बेलायतले विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेको छ । पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमण दर बढ्दै गएपनि हाल जारी गरिएको रेड लिस्टलाई सहज गरिने अधिकारीहरुले बताएका छन् । सरकारले एक दर्जन भन्दा बढी मुलुकलाई रेड लिस्टबाट हटाउने तयारी गरिरहेको छ ।

हाल उक्त रेड लिस्टको सूचीमा नेपालसहित पाँच दर्जन भन्दा बढी मुलुकहरु रहेका छन् । यस्ता मुलुकबाट बेलायत आउँदा आफ्नै खर्चमा ११ रात तोकिएको होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रति कोठा दुई हजार २८५ पाउण्ड अर्थात नेपाली रुपैयाँ तीन लाख ७२ हजार जति हुन आउँछ ।

११ वर्ष माथिकाले अतिरिक्त प्रतिव्यक्ति १ हजार ४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्नेछ । पाँच वर्ष मुनिकालाई नि:शुल्क छ । होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउन्डसम्म जरिवाना र जेल सजायको भागीदार हुनुपर्नेछ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोस्रो र आठौं दिनमा पीसीआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेस गर्नुपर्नेछ । सरकारद्वारा जारी गर्न लागिएको नयाँ घोषणा अनुसार दुवै डोज खोप लगाइसकेका व्यक्तिहरुले बेलायत आइसकेपछि गरिनुपर्ने पीसीआर परीक्षणलाई खारेज गर्ने तयारी भइरहेको छ ।

नेपाल हट्छ त रेड लिस्टबाट
बेलायतको यात्रा प्रतिबन्धको रेड लिस्टमा परेपछि नेपाल -बेलायतको यात्रा थप जटिल बनेको छ । भूपू गोर्खाहरुसहित बेलायतमा करिब डेढ लाख नेपालीहरु बसोवास गर्दै आएको अनुमान छ । नेपालीका महान चाडपर्वहरू नजिकिँदै गर्दा नेपाल रेड लिस्टमा नै रहँदा सामाजिक, आर्थिक र व्यावसायिक रुपमा समेत ठूलो असर पुगेको छ । छिमेकी मुलुक भारतमा फैलिएको नयाँ भेरिएन्टका कारण भारतसँगै रेड लिस्टमा परेको नेपाल अझै यथावत नै छ।

तर, भारतलाई भने रेड लिस्टबाट हटाएर एम्बर लिस्टमा राखिएको छ, जसका कारण भारतबाट बेलायत आउने यात्रुहरु होटल क्वारेन्टिन र महँगो खर्च तिर्नुपर्ने झंजटबाट मुक्त भएका छन् । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति दुई हजार २८५ पाउण्ड अर्थात नेपाली रुपैयाँ तीन लाख ७२ हजार तिरेर बेलायत आउन अपवादबाहेक थुप्रै नेपालीहरुको लागि फलामको च्यूरा चपाउनुसरह नै हुन्छ ।

तर, अध्ययनका लागि बेलायत आउने विद्यार्थीहरुका लागि भने अधिकांश विश्वविध्यालयद्वारा होटल क्वारेन्टिनबापतको रकम पचास प्रतिशतसम्म छुट दिने गरेको बेलायतस्थित हडर्सफिल्थ युनिभर्सिटीका प्राध्यापक एवं जनस्वास्थ्य विज्ञ डा. पदम सिम्खडाले बताए । यसबाट विद्यार्थीका लागि ठूलो राहत मिलेको उनले बताए । छिमेकी मुलुक भारतलाई रेड लिस्टबाट हटाएपछि नेपाललाई पनि हटाउनुपर्नेमा उनले जोड दिए ।

‘बेलायत सरकारले रेड लिस्टलाई पुनरावलोकन गर्दैछ, आगामी अक्टुबर १ तारिखबाट हाल जारी तीनवटा सूचीलाई दुईवटा सूचीमा निर्धारण गर्दै थप सहज गर्ने भएको छ, तेसबेलासम्म नेपालको बारेमा पनि बेलायत सरकारले ध्यान दिन्छ होला’ सिम्खडाले भने ।

नेपाललाई रेड लिस्टबाट हटाउन नेपाली दूतावास लन्डन लगायत स्थानीय नेपाली संघसंस्थाले पनि पहल गर्दै आएका छन् । छिमेकी मुलुक भारतलाई रातो सूचीबाट हटाइए पनि नेपाललाई अझै पनि नहटाउँदा अव्यवहारिक भएको धेरैको ठहर छ ।

बेलायत सरकारद्वारा आज पनि यात्रा प्रतिवन्ध सूचीमाथि पुनरावलोकन गरिँदैछ, भने आगामी अक्टोबर १ तारिखबाट अन्तरराष्ट्रिय पर्यटकको लागि थप सहज बनाउने सरकारको तयारी रहेको छ । आगामी अक्टुबर १ बाट नेपालमा लगाइएको यात्रा प्रतिवन्ध फुकुवा हुनेमा धेरै नेपालीहरु आशावादी रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!