बैदेशिक पोष्ट
२०८३ जेष्ठ १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नक्कली र सक्कली छुट्याउनै गाह्रो परेपछि खारेज हुँदै स्मार्ट लाइसेन्स

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज ८, २०७८ १४;३२ मध्यान्ह प्रकाशित
नक्कली र सक्कली छुट्याउनै गाह्रो परेपछि खारेज हुँदै स्मार्ट लाइसेन्स
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : कार्यान्वयनमा आएको चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खारेज हुने भएको छ। सक्कली हो कि नक्कली भनेर छुट्याउन नसक्ने अवस्था आएपछि स्मार्ट लाइसेन्स खारेजीको अवस्थामा पुगेको हो।

यातायात व्यवस्था विभागले चिप प्रविधिमा आधारित स्मार्ट लाइसेन्सको विकल्प खोज्न सुरु गरिसकेको छ। अहिले वितरण भइरहेको चिप प्रविधिमा आधारित लाइसेन्सलाई रिड गर्ने मेसिनको अभावमा सक्कली हो वा नक्कली भनेर छुट्याउनै नसक्ने अवस्था सिर्जना भएकाले विभागले यसको विकल्प खोज्न थालेको हो।

‘चिप भएको लाइसेन्स वितरण भइरहेको भएपनि हामीसँग यसलाई रिड गर्ने मेसिन नै छैन। ठेक्का पाएको कम्पनीले विभिन्न कारण देखाएर ल्याउनै सकेन,’ विभागका सूचना प्रविधि महाशाखा प्रमुख तथा वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले भने, ‘लाइसेन्स नक्कली हुन कि सक्कली छुट्याउन गाह्रो परेको अवस्था छ।’

सन् २०१३ मा मद्रास सेक्युरिटी प्रेस प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स र भेहिकल रजिष्ट्रेशन सिष्टमको सफ्टवेयर निर्माणका लागि एकै प्याकेजमा ठेक्का पाएको थियो। सोपछि एमएसपीले स्मार्ट लाइसेन्सको सिस्टम बनाएर दिएपछि सन् २०१७ बाट यो कार्यान्वयनमा आएको थियो। तर विविध कारण देखाउँदै चिप रिड गर्ने मेसिन भने कम्पनीले केही थानबाहेक उपलब्ध गराउन सकेन। ल्याएका ती मेसिनहरु पनि बिग्रन थालेपछि विभागले चिप प्रविधिको नै विकल्प खोज्न लागेको हो।

‘राज्यले त्यति महँगो चिप खरिद गरेर वितरण गरेको छ तर हामीले यो प्रविधि नै प्रयोग गर्न सकेनौं। त्यसको के काम भयो र?,’ डंगोलले भने, ‘अहिले हामीले ट्रायल पास गरेकै दिन परीक्षणकालीन लाइसेन्स दिन थालेका छौं। त्यो अल्पकालीन हो। दीर्घकालीन रुपमा नै हामीले त्यस्तै केही विकल्प खोज्न लागेका हौं।’

विभागले अहिले यातायात कार्यालय बर्दिबास र एकान्तकुनाबाट परीक्षणकालीन लाइसेन्स दिन थालेको छ। यसलाई देशभरि नै कार्यान्वयनमा ल्याउन विभागले करिब एक महिनाअघि नै स्पेसिफिकेशन सहितको पत्राचार गरिसकेको छ।

परीक्षणकालीन लाइसेन्स एक वर्षका लागि दिइन्छ। एक वर्षमा पाँच पटकभन्दा बढी ट्राफिक कारबाहीमा परे त्यो रद्द हुन्छ। त्योभन्दा कम कारबाहीमा परे स्मार्ट लाइसेन्स स्वत पाइन्छ। चालकलाई जिम्मेवार बनाउन यस्तो लाइसेन्स दिन सुरु गरिएको हो।

के छ त चिपको विकल्प?
विभागले चिपको विकल्पमा बार कोड र क्युआर कोड हुनसक्ने भन्दै यस विषयमा छलफल अघि बढाएको छ। विभागले अहिले वितरण सुरु गरेको परिक्षणकालीनमा लाइसेन्समा चिप छैन। क्युआर कोड छ। त्यसमा रहेको क्युआर कोड रिड गर्दा चालकको सबै विवरण भेटिने बनाइएको छ।

विभागले सेवाग्राहीलाई दिने परीक्षणकालीन लाइसेन्सको विवरण आफ्नै छुट्टै सिस्टम बनाएर राख्ने गरेको छ। विभागले अहिले वितरण भैरहेको जस्तो महँगो कार्ड, सफ्टवेयर र मेसिन आवश्यक नपर्ने खालको प्रविधिमा आधारित लाइसेन्स वितरण गर्ने योजना बनाउन लागेको छ। जसका लागि आवश्यक पर्ने कार्ड र मेसिन नेपाली बजारमा सहजै पाउन सकिने खालको हुनेछ।

सरकारले पूर्वतयारी नै पूरा नगरी स्मार्ट लाइसेन्स कार्यान्वयनमा ल्याएका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ। अहिले करिब पाँच लाखले ट्रायल पास गरेर स्मार्ट लाइसेन्सका लागि पर्खिरहेका छन्। सरकारले स्मार्ट लाइसेन्स छापेर वितरण गर्न नसकेपछि यी सेवाग्राही रसिदको भरमा सवारी लिएर हिंड्नु परेको छ। विभागसँग अहिले चारवटा साना र एउटा मास प्रिन्टर रहेको छ। जसले दैनिक दुई हजारसम्म प्रिन्ट गर्ने क्षमता राख्छ। तर लाइसेन्सको माग दैनिक ८ हजारभन्दा बढी रहेको विभागको आँकडा छ।

त्यस्तै, अनलाइन आवेदन दिएर करिब पाँच लाख सेवाग्राहीले ट्रायल पर्खेर बसेका छन्। सीमित ट्रायल सेन्टरहरु रहेका कारण आवेदन दिएर पनि ६ देखि ८ महिनासम्म ट्रायलका लागि कुर्नुपर्ने अवस्था छ। साथै, थेग्नै नसक्ने भन्दै अनलाइन आवेदन बन्द गरिएका कारण लाखौ|ले आवेदन नै दिन पाएका छैनन्।

ठेक्का लागेको वर्ष दिन बित्दा पनि किन आइपुगेन कार्ड?

विभागले १४ लाख कार्ड खरिद गर्न गतवर्ष नै ठेक्का लगाए पनि त्यो अहिलेसम्म आइपुगेको छैन। कार्ड ल्याउने जिम्मा पाएको कम्पनी ‘सेल्प’ ले प्राविधिक कारण देखाउँदै कार्ड नल्याएको हो। कम्पनीसँग भएको सम्झौतामा कार्ड पर्सनलाइजेसन गरेपछि विभागले डेलिभरी अर्डर दिएको तीन महिनाभित्र आपूर्ति गरी सक्नुपर्ने उल्लेख छ।

विभागले अहिलेसम्म अर्डर दिन नसकेका कारण कम्पनीले कार्ड नल्याएको बुझिएको छ। विभागको कार्ड, सफ्टवेयर, प्रिन्टर र प्रिन्टरसँग कार्डलाई ईडीएल, भीआरएस लिंकअप गर्ने ठेक्का एमएसपीले पाएको थियो।

कार्ड आपूर्तिको ठेक्का भने छुट्टै कम्पनी सेल्पले पायो। विभागसँग भएको सफ्टवेयर, प्रिन्टर र ईडीएल, भीआरएस सिस्टमका लागि एउटा कम्पनीले काम गर्‍यो भने कार्ड आपूर्तिमा अर्को कम्पनीले। कार्डलाइ विभागसँग भएको सफ्टवेयर र प्रिन्टरसँग कम्प्याटिबल बनाउनुपर्छ। जसलाई प्राविधिक भाषामा पर्सनलाइजेसन भनिन्छ। तर यसमा पर्सनलाइजेसन कसले गर्ने भन्ने बिबादमै वर्षदिन बितेको हो।

अहिले पर्सनलाइजेसनको काम भैसकेकाले अब अर्डर दिने तयारीमा रहेको विभागको भनाइ छ। एमएसपीले नै पर्सनलाइजेसनको काम गरेको हो। अब अर्डर दिएपछि कार्ड आउने र सहज हुने विभागका अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!