बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अपार्टमेन्ट किन्दा माथिल्लो तला रोज्ने कि तल्लो?

के छन् फाइदा र बेफाइदा?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
अशोज ८, २०७८ २१;२४ मध्यान्ह प्रकाशित
अपार्टमेन्ट किन्दा माथिल्लो तला रोज्ने कि तल्लो?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

हामीकहाँ अपार्टमेन्ट किनबेचको चलन आएको धेरै भएको छैन। अग्लो घरमा कुन तलामा बस्न उपयुक्त हुन्छ भनेर अलमल हुनेहरू धेरै छौं। तपाईंहरूको यही सामान्य अलमलबारे हामीले अपार्टमेन्ट निर्माण कम्पनी सिई ग्रुपका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर विजय राजभण्डारीसँग कुराकानी गरेका छौं।

उनका अनुसार अपार्टमेन्ट किन्दा सबभन्दा पहिले आफूलाई कुन स्थान पायक पर्छ भन्नेमा ध्यान दिनुपर्छ। अरूले भनेका आधारमा वा सुनेका भरमा रोज्न हुँदैन। अपार्टमेन्ट आसपास अस्पताल, स्कुल, कलेज, सपिङ कम्प्लेक्स आदि के के सुविधा छन्, याद गर्नुपर्छ।

स्थान छानेपछि अब कस्तो किन्ने भन्नेबारे सोच्नुपर्छ। आफूलाई कति क्षेत्रफलको, कति बेडरूमको अपार्टमेन्ट चाहिने हो निधो गर्नुपर्छ। राजभण्डारीका अनुसार अपार्टमेन्टका सबै तला तथा फ्ल्याटहरू विशेष डिजाइन गरेर तयार पारिएका हुन्छन्। हावा चल्ने दिशा, बिहान-बेलुका घाम पर्ने र उज्यालो छिर्ने कोठा, भर्‍याङ र लिफ्टको सुलभ पहुँच आदिमा ध्यान दिइएको हुन्छ।

अब अपार्टमेन्टको कुन तला किन्ने भन्नेबारे बुझौं। माथिको किन्दा के होला, तल किन्दा के होला भन्ने उल्झनले धेरैको दिमाग खाइरहेकै हुन्छ। राजभण्डारीका अनुसार यसमा पहिलो कुरा ग्राहकको रूचि नै हो। कसैलाई अग्लोमा बस्न मनपर्छ, कसैलाई तलतिर। अर्को आवश्यकतामा पनि भर पर्छ। केटाकेटी वा बुढाबुढी भएकाहरूले सामान्यतया तल्लो तला रोज्न सक्छन्।

‘आ-आफ्नो रोजाइको कुरा हो। तल्लो र माथिल्लो तलाका आ–आफ्नै फाइदा छन्,’ राजभण्डारी भन्छन्, ‘कुनै पनि बेला हतार नहुने, अपार्टमेन्ट किन्न पैसाको चिन्ता नहुने र माथिबाट सहरी दृश्य हेरेर आनन्द लिन चाहनेलाई माथिल्लो तला राम्रो हुन्छ।’

अग्लो ठाउँमा बस्नै डराउने पनि धेरै हुन्छन्। कतिपयलाई २०७२ को भुइँचालोले पनि तर्साइरहेको होला। माथिल्लो तलामा कम्पन पनि बढी महशुस हुन्छ। यस्तोमा मान्छे तलै बस्न मनपराउने राजभण्डारी बताउँछन्।

यो त भयो रूचिको कुरा। अब माथिल्लो र तल्लो तलाका फाइदा-बेफाइदाबारे कुरा गरौं।

माथिल्लो तलाका फाइदाः
सहरको पर-परसम्मका दृश्य हेर्न चाहनेका लागि पक्कै पनि सबभन्दा माथिको वा यसभन्दा एक-दुई तलामुनिका फ्ल्याटहरू आकर्षक हुन्छन्। माथिल्लो तला धूलो-धुँवा, सवारीका आवाजबाट पनि धेरै हदसम्म मुक्त हुन्छ।
माथिल्लो तलामा कहिलेकाँही हिँडेर जान सकियो भने व्यायाम पनि राम्रै हुन्छ। त्यसो त तल बस्ने पनि माथि जान सक्छन् तर आवश्यकता परेपछि मात्र जाने हाम्रो बानी लागिसकेको हुन्छ
माथिल्लो तलामा हावा धेरै चलिरहने हुँदा सधैं ताजा महशुस हुन्छ। बिहानदेखि बेलुकासम्म कोठाहरूमा घाम छेकिँदैन। लामखुट्टे वा अन्य कीराकिरी आउने चिन्ता पनि हुँदैन।

बेफाइदाः
ठाउँ अनुसार माथिल्लो तल्ला महँगो हुन्छ। जस्तैः पोखरातिर हिमाल, तालको दृश्य निकै सुन्दर हुन्छ। त्यस्ता दृश्य देखिने दिशातिर फर्किएका फ्ल्याट तुलनात्मक रूपमा महँगो नै हुन्छ। यसका लागि बढी पैसा तिर्न तयार हुनुपर्छ।
अपार्टमेन्ट किनेपछि सामान पनि सार्नुपर्छ। सामान किन्दा होस् वा सामान सार्दा, माथिल्लो तलामा पुर्‍याउन मुश्किल हुन्छ। ठूला सामान भए लिफ्टबाट लैजानै सकस हुनसक्छ। साथै टुटफुट हुने सम्भावना पनि रहन्छ।
लिफ्ट बिग्रेको अवस्थामा वा खाली नहुँदा हतार भएको छ भने माथिल्लो तलाको बसाइ झन्झटिलो हुन्छ। अझ सामान सार्नुको सास्ती कति हो कति!

तल्लो तलाको फाइदाः
तल्लो तलामा बस्नु भनेको समयको बचत गर्नु हो। केही सामान सकिँदा वा आवश्यक पर्दा, स्कुल, कलेज, अफिस जाँदा-आउँदा छिटो काम सम्पन्न गर्न सकिन्छ। त्यस्तै आपतविपतमा तल्लो तलाबाट फुत्त निस्कन सकिन्छ। भुइँचालोजस्ता प्रकोपमा पनि छिटो निस्किन सकिने हुनाले धेरै सुरक्षित महशुस हुन्छ।
तुलनात्मक रूपमा माथिल्लो तलाभन्दा तल्लो तलाको मूल्य कम हुन्छ। यसरी पैसा बचत गर्न पनि सकिन्छ। बच्चा, बुढापाका, बिरामी भएका परिवारका लागि माथि-तल गरिरहनुभन्दा तलका फ्ल्याटहरू उपयुक्त मानिन्छन्।

बेफाइदाः
त्यसो त तल्लो तला प्रायः ओसिलो रहन्छ। घाम छेकिने सम्भावना धेरै हुन्छ। चिसो मौसममा बच्चा र बृद्धलाई नै अप्ठ्यारो पर्न सक्छ। यी कुराहरु आफैंले ख्याल गर्नुपर्छ। लामखुट्टे लाग्ने, कीरा आउने सम्भावना पनि उत्तिकै हुन्छ। गर्मी मौसममा पनि चिसो हुने तल्लो तलाका फ्ल्याटको बसाइ जाडो याममा थप झन्झटिलो हुन सक्छ। लगातार हिटर चलाउनुपर्ने वा कुनै कोठा त पूरै अँध्यारो हुने भएकाले बिजुलीको बिल बढ्न सक्छ। अनावश्यक हल्ला र धूलो-धुँवा बाह्रैमास सामना गर्नुपर्ने हुन सक्छ। यी सबै बुझेर तल्लो र माथिल्लो फ्ल्याट कुन किन्ने भन्ने अन्तिम निधो व्यक्तिकै हो। आफ्नो सहजता र सुविधा हेरेर छान्न सकिन्छ। अपार्टमेन्टले दिने सेवा-सुविधा भने सम्बन्धित कम्पनीले सबै तला र फ्ल्याटका लागि समान हुने राजभण्डारी बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!