बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राजनीतिक पहुँच प्रयोग गरेर कलेजको नाममा करोडौँको ठगी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
अशोज १०, २०७८ १०;०५ बिहान प्रकाशित
राजनीतिक पहुँच प्रयोग गरेर कलेजको नाममा करोडौँको ठगी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विश्वविद्यालयका सम्बन्धनमा खुलेका कलेजको सेयर दिने प्रलोभनमा करोडौं ठगी भइरहेको खुलेको छ । मापदण्डबिनै यस्ता कलेजको सम्बन्धन, ठाउँसारी, नामसारीमा राजनीतिक पहुँच देखिन्छ भने शिक्षामन्त्रीदेखि मन्त्रालयका कर्मचारीसमेत मुछिने गरेको विषयमा कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

यस्तै ठगी गर्नेमध्येका एक हुन्, केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टका अध्यक्ष सञ्जयकुमार झा । उनले एकभन्दा बढी कलेज दर्ता गर्ने र ती कलेजमा सेयर दिने भन्दै करोडौं ठगी गरेको पीडितहरूले बताएका छन् ।

झाले शिक्षा मन्त्रालयबाटै फर्जी कागजात बनाई अन्य सेयर सदस्यलाई झुक्याएर ३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भेटिएको छ । उनले मन्त्रालयका उच्चशिक्षा महाशाखाका उपसचिव लक्ष्मीकुमार खड्कासँग आर्थिक लेनदेनमा ठगी धन्दा सञ्चालन गरेको पीडितहरू बताउँछन् ।

आरोपित झा ठगी आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्ष थुनामा छन् । उनलाई भदौ दोस्रो साता काठमाडौं प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो । शिक्षकसमेत रहेका प्रवीणकुमार झाको उजुरीमा उनी पक्राउ गरेका हुन् । उनले प्रवीणकुमारसँग नयाँ कलेज दर्ता गर्न भनेर २०७४ अघि नै ५ लाख रुपैयाँ लिएका थिए ।

कलेज दर्ता हुन नसकेपछि सञ्चालनमै रहेको कलेजको सेयर दिने भनेर त्यसपछि थप रकम लिए । झाले त्यतिबेला आईसीएचएम नामको कलेज देखाएर सेयर रकम उठाएका थिए ।

प्रवीणसँग दुई करोड रुपैयाँ लिइसकेपछि उनले कलेजको नाम परिवर्तन गरेर केन्ट कलेज बनाए । त्यसपछि सम्बन्धन लिएको विश्वविद्यालय र कलेजको स्थानसमेत परिवर्तन गरियो । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठले मापदण्डबिनै कलेजलाई धरान सार्न अनुमति दिएका थिए । २०७४ पुस १३ गते उक्त कलेजको विश्वविद्यालय, नाम र स्थान परिवर्तन गर्न तत्कालीन शिक्षामन्त्री श्रेष्ठले अनुमति दिएका हुन् ।

जबकि धरानमा कलेज सञ्चालन गर्न पूर्वाधार, जग्गा, भवन नै थिएन । ‘विदेशी विश्वविद्यालयको सम्बन्धनका शिक्षण संस्था सञ्चालन निर्देशिका २०५९’ मा भने कलेजको स्थान परिवर्तन गर्नुअघि पूर्वाधारको अनिवार्य अनुगमन हुनुपर्ने प्रावधान छ ।

धरानमा कलेज सञ्चालनको अनुमति पाएको प्रमाण देखाएर मनोज श्रेष्ठलगायत ३ जनाबाट सेयर दिने भन्दै एक करोड रुपैयाँभन्दा बढी रकम उठाए । ‘मेरो दुई करोड रुपैयाँ लगानी भइसकेको थियो, मलाई नै थाहा नदिई काठमाडौंको कलेज धरान सारियो,’ प्रवीणले भने, ‘सेयर माग्दा कलेज चलाउने भए धरान जानू भनियो, धरानमा सम्पर्क गर्दा केन्ट कलेज हाम्रो हो, १ करोड रुपैयाँ लगानी गरेका छौं भन्ने साथीहरू पो भेटिए ।’

झा, कलेजका लेखा अधिकृत मुकेश महर्जन र केन्ट प्रालिका अध्यक्ष दीपकप्रसाद मिश्रलाई बैंकबाट रकम बुझाएको प्रवीणको भनाइ छ । ‘सञ्जय सरले कम्पनीहरूको सेयरधनी बनाइदिन्छु भनी मौखिक तथा इमेल संवादसमेतबाट विश्वास दिलाउनुभयो । तर आजको मितिसम्म न पैसा फिर्ता गर्नुभयो न सेयर नै दिनुभयो,’ प्रवीणले थपे, ‘मैले जग्गा धितो राखेर बैंकबाट ऋण लिएर लगानी गरेको हुँ, बैंकले जग्गा लिलाम गर्ने बेला भइसक्यो ।’

उनले महर्जन र मिश्रलाई समेत विपक्षी बनाएर ठगी मुद्दा दर्ता गराएका छन् । ठगीमा परेका मनोज श्रेष्ठले पनि झाविरुद्ध उजुरी दर्ता गराउने तयारी भइरहेको जनाए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!