बैदेशिक पोष्ट
२०८३ कार्तिक ६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ठगिएका पीडित भन्छन्- ‘वैदेशिक रोजगार विभाग र ठग म्यानपावरको मिलमतो छ !’ (भिडियो)

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ११, २०७८ २१;३० मध्यान्ह प्रकाशित
ठगिएका पीडित भन्छन्- ‘वैदेशिक रोजगार विभाग र ठग म्यानपावरको मिलमतो छ !’ (भिडियो)
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । वैदेशिक रोजगार विभाग वैदेशिक क्षेत्रमा देखिएका विकृतिहरु समाधान गर्ने निकाय हो । तर, आज विभागकै कारण पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् । विभाग धाएर थाकिसकेका पीडितहरु विभागका कर्मचारीहरुले गर्ने गरेको व्यवहारले आजित छन् । त्यसमाथि निरन्तर र छिटो छिटो भइरहने कर्मचारीहरुको सरुवाले पनि धेरै पीडितहरु थप पीडित बनेका छन् ।

पछिल्लो पटक नयाँ महानिर्देशकसहितको कर्मचारीसंग गुनासो लिएर पुगेका पीडितहरु थप गुनासो बोकेर विभागबाट फर्कने गरेका छन् । पीडितहरुले महानिर्देशक डिजीसहितका उच्च पदस्थ तथा जिम्मेवार पदााधिकारीहरुले आफुहरुलाई हप्काउने र थर्काउने गरेको गुनासो लिएर न्यूज २४ सम्म आइपुगेका छन् ।

विभाग पीडितलाई हप्काउनका लागि खडा भएको निकाय नभइ वैदेशिक रोजगारका नाममा ठगिएकाहरुलाई क्षतिपूर्ति दिनका लागि स्थापना गरिएको अधिकारप्राप्त निकाय हो । वैदेशिक रोजगारीबाट ठगिएकाहरु न्याय पाउने र आफुहरुको डुबेको रकम उठ्ने आशामा विभाग पुग्छन् । तर पीडितहरु विभागको झन्झटिलो प्रावधानमात्र नभइ कर्मचारीको व्यवहारले पनि आजित बनेका छन् । तर यता विभागका कर्मचारीहरुले भने गुनासो लिएर आउने पीडितहरु तत्काल माग पूरा हुनु पर्ने आशामा आउने गरेको बताउछन् । आफुलाई कस्ले ठगेको हो भन्ने समेत थाहा नपाएकाहरु विभाग आएर छुमन्तरमा काम हुनु पर्ने दबाब दिदा उल्टै कर्मचारी मारमा परेको उनीहरुको तर्क छ ।

पूर्व-महानिर्देशकहरुको त्यो प्रयास
यसअघिका दुवै महानिर्देशक डिजीले पीडितलाई म्यानपावरले राखेको बैंक धरौटी रकमबाटै क्षतिपूर्ति दिन कदम चालेका थिए । उनीहरुले बैंकलाई पीडितलाई क्षतिपूर्ति दिन पनि निर्देशन दिएका थिए । यही निर्देशनपछि पीडित क्षतिपूर्ति पाइने आशमा बैंक पुगे । तर बैंकले विभागका हाकिमसँग कुराकानी भइसकेको छ उतै जानु भनेर पठाउन थाल्यो । त्यसपछि पीडितहरु विभाग आउने, जाने र बैंक धाउँने क्रममै दुवै डिजी विभागबाट बाहिरिए । र, अहिले फेरि पीडितहरु क्षतिपूर्तिकै लागि विभाग धाइरहेका छन् ।

पहिलेका डिजीले म्यानपावरले राखेको धरौँटी रकमबाटै पीडितलाई क्षतिपूर्ति दिनु भनेर बैंकलाई पत्राचार गर्दा बैंकले पीडितलाई ‘विभागका हाकिमसँग कुरा भइसकेको छ उतै जानु’ भनेर भन्नुको पछाडि बैंक र डिजीले नयाँ धन्दा चलाइरहेका त छैनन् ? भनेर सजिलै लख काट्न सकिन्छ । नत्र पीडितलाई यतिधेरै तड्पाउनुको पछाडि के छ त ?

दिएको रकम फिर्ता हुँदैन : म्यानपावर
खड्का म्यानपावर, विभाग र बैंक गरि तीनै पक्षबाट पीडित छन् । २०७५ माघ १५ गते मिरुवा म्यानपावरबाट चेक रिपब्लिक जान एप्लाई गर्छन् । म्यानपावरले भनेबमोजिम नै २ लाख ६५ हजार रुपैयाँ पनि बुझाउँछन् । तर, २ महिनामा विदेश उडाउँछु भनेको म्यानपावरले विदेश नलगेपछि उनले रकम फिर्ता माग्छन् । म्यानपावरले दिएको रकम फिर्ता हुँदैन भनेपछि उनीसहित साथीहरु विभागसमक्ष पुग्छन् । विभागका तत्कालीन डिजी कुमार दाहालले वैदेशिक रोजगार नियमअनुसार विभागमा म्यानपावरले संस्था चलाउँदा बुझाएको धरौँटी रकमबाटै क्षतिपूर्तिका लागि निवेदन हाल्न भन्छन् । त्यसैअनुसार निवेदन हालिन्छ । तर निरजलाई उही निराशाबाहेक केही हात लाग्दैन ।

बैंकहरुद्वारा बहानाबाजी, पीडितको रकम दिन आलटाल
पीडितहरु थाक्दैन र बारम्बार प्रयास भने गरिरहन्छन् । उनीहरु विभागको पत्र लिएर बैंक पुग्छन् । बैंकले १५ दिनपछि आउनुस् रकम दिन्छौँ भन्छ । तर, पीडितले क्षतिपूर्ति नै नपाई कोरोना महामारीका कारण लकडाउन हुन्छ । लकडाउन खुला भएपछि पीडितहरु बैंक जान्छन् तर, बैंकले पनि बिभिन्न वहानावाजी बनाएर टारेर पठाउँछ ।

क्षतिपूर्ति दिलाउने बाचा गरेका डिजी दाहाल सरुवा भएपछि उनको ठाउँमा कृष्णप्रसाद दवाडी आए । दवाडीले नेपाल राष्ट्र बैंक र मन्त्रालयसँग समन्वय गर्दै दुई हप्तापछि आउन भन्छन् । त्यसपछि गाउँमा रहेका सबै साथीहरुलाई दुई हप्तापछि आउन निरजले फोनमार्फत् भन्छन् । तर, त्यो समयअगावै दवाडीले अवकाश पाउछन् । त्यसपछि डिजी भएर आएका दीपक काफ्लेले भने आफुसंग पूरानो कुरा नगर्न र नयाँ कुरा मात्र गर्न भनेपछि पीडितहरु थप अलमलमा पर्छन । त्यसमाथि सूचना अधिकारी कमल ज्ञवाली त बोल्नै चाहन्नन् ।

गाउँबाट ऋण काँढेर काठमाडौं आएका निरजका साथीहरु होटेलमा छन् । घरबाट ल्याएको पैसा सकिएको छ । भाइरल ज्वरोले केही साथीहरु ग्रस्त छन् । दरिलो उपचार गर्न सकेका छैनन् ।

ठगिनेहरु कम छैनन्, तर क्षतिपूर्ति पाउँदैनन्
निरजजस्तै पार्वती सिलवाल पनि मिरुवा म्यानपावरलाई विदेश जान २०७६ साल साउन २७ गते डेढ लाख बुझाउछन्, दिक्पाल नामक दलाललाई । म्यानपावरले ५ लाख मागेको तर, सबै प्रक्रिया पूरा भएपछि दिने सर्तसहित डेढ लाख बुझाएको उनी बताउँछन् । तर, पछि म्यानपावर फरार भएपछि विभागमा उनले पनि मुद्धा हालिन् । म्यानपावर भागेको अवस्थामा धरौटी रकमबाट क्षतिपूर्ति दिइने भएपछि अहिले म्यानपावरसँग सरोकार पनि भएन । केवल विभागले नै पीडितलाई धरौटी रकमबाट क्षतिपूर्ति दिनुपर्ने हुन्छ । तर, अहिले म्यानपावरको धरौटी राख्ने प्राइम बैंक र विभागले पीडितलाई क्षतिपूर्ति दिनभन्दा पनि थप पीडा दिएर राखेका छन् ।

सोझासाझा फसाउन दलालका अनेक रूप
पार्वतीजस्तै शारदा लामा एयरपोर्टमा होटेल चलाउँदै आएकी थिइन् । पार्वतीलाई फसाउने तिनै दिक्पाल नामक दलाल शारदाको होटेलमा आउँथे, खान्थे र कुराकानी गर्थे । श्रीमानसँग सम्बन्ध सुमधुर थियो । श्रीमतीलाई थाहै नदिई श्रीमानले दिक्पाललाई विदेश जान बाहिर बाहिरै ८ लाख रकम बुझाएका रहेछन् । दिक्पालले आफ्नो भाइ र श्रीमानलाई अरुलाई भन्दा सस्तोमा पठाउँछु भनेर आफूलाई भनेको शारदा सुनाउछिन् ।

युरोपको सपना र साउदीको रोजगारी
यस्तै, प्रवीण क्षेत्री पनि चेक रिपब्लिका जान भनि यहीँ म्यानपावरसँग ठोक्किए । साउदीबाट युरोपियन मुलुक जान नै उनी नेपाल आएका थिए । नेपाल आएपछि दाजुभाइसँग छलफल भयो । अन्तमा चेक रिपब्लिक जाने निधो भयो । र, पासपोर्टसहित ५० हजार म्यानपावरलाई बुझाए । दिल्लीको बाटो हुँदै जाने भनेर अफर लेटर पनि देखाइयो । त्यसपछि उनीसहित दुई जना पनि जाने भए । उनले २ लाख बुझाए । तर, म्यानपावरले पैसा बटुलेर फरार भयो ।

त्यसपछि प्रवीण पनि विभाग पुगे । क्षतिपूर्तिको आशा लिएर विभाग पुगेका प्रवीणसहितको ५ जनाको टोलीको निवेदन दर्ताका लागि प्रत्येकको डकुमेन्टको फोटोकपी मागियो । तर उस्तै नियति उनीहरुले पनि भोगिरहेका छ्न् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!