बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

केहीले प्लेनबाटै हामफाल्छौं भने…क्याप्टेनको अनुभव ले जोगियो !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज १२, २०७८ ०६;५३ बिहान प्रकाशित
केहीले प्लेनबाटै हामफाल्छौं भने…क्याप्टेनको अनुभव ले जोगियो !

विराटनगरमा ल्यान्ड हुन नसकी फर्केको बुद्ध एयरको जहाजलाई ‘फोर्सल्यान्ड’ गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मी, फायर फाइटर्स, एम्बुलेन्स, दमकल तयारी अवस्थामा राखिएका थिए । उक्त जहाजका यात्री गोविन्दराज आचार्यले प्लेनभित्रबाटै खिचेको तस्बिर ।

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

यात्रुको अनुभूति
कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए।

बिहान ८ बजेर ५ मिनेटको बुद्ध एयरको फ्लाइट थियो। मैले जहाजको ‘सिक्स ए’ को टिकट ४ हजार ९ सय रुपैयाँमा किनेको थिएँ। एकदमै आरामदायी ढंगले काठमाडौं छोड्दै प्लेन विराटनगरको आकाशमा प्रवेश गर्‍यो। परिचारिका (क्रु मेम्बर)ले केही क्षणमै विराटनगर एयरपोर्टमा जहाज ल्यान्ड गर्न लागेको जानकारी गराइन्। सिट बेल्ट बाँधेर विराटनगर एयरपोर्टमा ओर्लने तरखरमा सबै यात्री थियौं। त्यहीअनुसार ‘माइन्ड सेट अप’ पनि भयो। प्लेन ल्याण्ड गर्न खोज्यो, तर ल्याण्ड हुन सकेन। र, फेरि माथितिर उड्यो। आकाशमा राउण्ड लगाउन थाल्यो।

एयर ट्राफिकका कारणले हो कि ? वा अर्को कुनै प्लेन त्यहाँ उड्दै गरेकाले अवतरणमा अप्ठ्यारो परेको हो कि ? भन्ने मनमा सोचँे। तर, जतिपटक राउण्ड लगाए पनि बाहिर हेर्दा एकै ठाउँमा पुगे जस्तो मात्र देखिन्छ। करिब ७/८ राउन्ड लगायो। त्यसपछि भने विराटनगर छोडेर अघि बढेको जानकारी क्रु मेम्बरले दिइन्। जहाजमा प्राविधिक समस्या आएकाले पुनः काठमाडौं फर्किन लागेको र उतै ल्यान्ड गर्ने जानकारी क्याप्टेनले गराए।

त्यसपछि भने मनमा चिसो पस्यो। प्राविधिक समस्या भनेको के कस्तो हो ? भन्ने अनेक कुरा मनमा खेल्न थाले। यसो बाहिर हेरेको त, कोसी नदी देखँे। जहाज नै नचलेको जस्तो भयो। अनि, सिट सँगैको साथीलाई सोधे, जहाज स्थिर भइरहेको हो र ? ती साथीले जहाज उडिरहेको छ भन्ने जवाफ दिए। मन अलि शान्त भयो। नत्र, मलाई त कोसीमै लगेर प्लेन ब्लास्ट गर्न खोजेको हो कि जस्तो लागेको थियो। क्रिउ मेम्बरलाई के भइरहेको छ भनेर सोध्थ्यौं। सामान्य टेक्निकल समस्या हो, रिस्क लिन नचाहेर काठमाडौं फर्केको भन्ने जवाफ दिने गर्थे। क्रु मेम्बर पनि एकदम नै प्रोफेसनल थिए। उनीहरूले यात्रीलाई सान्त्वना दिइरहन्थे। तर, पनि उनीहरूका आँखामा डर भने पक्कै देखिन्थ्यो। उनीहरूले सम्झाउँदै गरे पनि मनले मान्दैनथ्यो। अरू यात्रीहरूका अनुहार पनि अत्तालिएको र डराएको जस्तो देखिन्थे। अनि, मन शान्त पार्न क्रु मेम्बरलाई बारम्बार सोधिरहन्थ्यौं।

नर्मल ल्यान्ड गर्ने हो भन्ने जवाफ पाउँथ्यौँ। काठमाडौं प्रवेश गरिसकेपछि मन अलि शान्त भयो। तर, ल्यान्ड गर्न खोज्दा विराटनगरकै जस्तो भयो। एयरपोर्ट सबै खाली थियो, तर ल्यान्ड गर्न सकेन। प्लेन पटक–पटक आकाशमा घुम्न थाल्यो। अनि, सबै यात्रु आत्तियौँ। केही साथीहरू चिच्याउन र रुन थाल्नुभयो। हाम्रो जीवनको सुरक्षा आफैं गर्छौँ भन्दै झ्याल खोलिदिन आग्रह गर्न थाल्नुभयो। उहाँहरू झ्यालबाट हामफाल्छौं भन्न थाल्नुभयो। त्यो कुराले झन् डर लाग्यो। एयरपोर्टमा नेपाली सेना, सुरक्षाकर्मी, फायर फाइटर तैनाथ भएको देख्यौँ। त्यसपछि त डरले थुर्थुर नै भयौं। फोर्सल्यान्ड गर्ने तयारी रहेछ भन्ने सोच्यौं। केही पछि, प्लेन रनवेको सीधा गयो। अब भने ल्यान्ड गर्न सक्छ भन्ने भयो। जहाजको दायाँतिरको नखुलेको चक्का पनि खुलेछ। सहजै जहाज ल्यान्ड भयो। एकदमै एक्साइटेड भयौं। सबैले ताली पिट्यौँ। म भित्रैबाट रोएछु। खुसी हो कि चिन्ताले हो, थाहा भएन। पछि फ्लाइट मोडमा भएको मोबाइल अन गरे र घरपरिवारमा फोन गरे। परिवारका कसैलाई पनि थाहा थिएन। अनि न्युजमा हेर्नु भने। धेरै बोल्न पनि सकिन। ल्यान्ड गरेपछि सुरक्षाकर्मीलगायत सबै कुदेर जहाज नजिक आए। ल्यान्ड भएपछि पनि टेक्निकल प्रब्लम के कस्तो हो भन्ने डर मनमा थियो।

प्लेन राम्ररी नरोकिँदै केही साथीहरूले झ्याल खोलिदिन आग्रह गरे। उनीहरू अझै पनि झ्यालबाट हाम फाल्नुपर्‍यो भन्दै थिए।

पुनः जीवन दिनुभएकोमा प्लेनका क्याप्टेन र क्रु मेम्बरप्रति आभारी छु।
(अन्नपूर्णकर्मी सुनिता कार्कीले यात्रु प्रदेश १, आर्थिक मामिला मन्त्रालयका महाशाखा प्रमुख गोविन्दराज आचार्यसँग गरेको कुराकानीमा आधारित।)

क्याप्टेनको ‘अनुभव’ ले जोगियो
बुद्ध एयरका दुईवटा विमान सोमबार ठूला दुर्घटनाबाट जोगिएका छन्। बिहान ८ः३१ बजे विराटनगरका लागि उडेको ९ एन–एएनआई कल साइनको विमान अवतरणमा समस्यापछि काठमाडौं फर्केको थियो। जहाजमा चालक दलसहित ७७ जना सवार थिए । काठमाडौं विमानस्थललाई जानकारीपछि जहाज डाइभर्ट गरियो। आकाशमा २ घन्टा बढी ओभरफ्लाइ भएको थियो। सुरुमा ल्यान्डिङ गेयर डाउन नभएको र काठमाडौं आएपछि म्यानुअल फंक्सनबाट ल्यान्डिङ गेयर डाउन गरिएको विमानस्थल एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सिताराम भण्डारीले जानकारी दिए। एटीसी प्रमुख भण्डारीका अनुसार बुद्ध एयरको प्राविधिक टोलीलाई टावरमा बोलाएर विमानलाई तल झारी नजिकबाट हेरिएको थियो। लास्ट हावरमा ल्यान्डिङ गेयर झरेको थियो।

फोर्स ल्यान्डिङका लागि रनवेमा ‘फोम’ बिछ्याइएको थियो। एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको थियो। फोम भनेको फिज आउने तरल पदार्थ हो, जसले जहाज आकस्मिक अवतरण गर्दा आगलागी हुन दिँदैन। सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षितसाथ अवतरण गरेको बुद्ध एयरले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बुद्ध एयरका अनुसार काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले टेक्निकल टिमसँग रेडियो सम्पर्क गरेको र ल्यान्डिङ गियर सही रहेको जानकारी पाएपछि मात्र सुरक्षित साथ जहाजलाई ’नर्मल’ अवतरण गराइएको थियो। जहाजका चालक आङगेलु शेर्पाको शून्य सहनशीलतासहितको जिम्मेवारी भूमिकाका कारण सुरक्षित अवतरण गराउन सकिएको बुद्ध एयरले बताएको छ। उड्डयनमा लामो अनुभव रहेका क्याप्टेन शेर्पाको सुझबुझले गर्दा नै नर्मल अवतरण सम्भव भएको काठमाडौं विमानस्थलको भनाइ छ। जहाजका क्याप्टेन लामा इमर्जेन्सी ह्यान्डलिङ गर्न पोख्त मानिन्छन् ।

समस्या जाँचबुझका लागि समिति
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक राजकुमार क्षेत्रीले जहाजमा देखिएको समस्याबारे अध्ययन गर्न छानबिन समिति गठन गरेका छन्। एयरले एटिएर जहाजका चिफ क्याप्टेनको अगुवाइमा प्राविधिक टोली सम्मिलित छानबिन समिति गठन गरेको छ। प्राधिकरणका तर्फबाट पनि प्राविधिक टोली छानबिनका लागि खटिएको छ। केही दिनमा रिपोर्ट आउने क्षेत्रीले बताए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!