बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाइलट शेर्पा भन्छन्– यस्तो कहिल्यै भएको थिएन, सायद म ड’राएको भए जहाज बीचमै खस्थ्यो होला

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज १२, २०७८ ०७;०५ बिहान प्रकाशित
पाइलट शेर्पा भन्छन्– यस्तो कहिल्यै भएको थिएन, सायद म ड’राएको भए जहाज बीचमै खस्थ्यो होला
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्याप्टेन एजी शेर्पाले उडान भर्न थालेको २४ वर्ष भयो । बुद्ध एयरको स्थापना कालदेखि नै उनी आबद्ध छन्। अनुभवका हिसाबले उनी निकै खारिएका पाइलट हुन्। हरेक दिन, हरेक घण्टाको उडान उनलाई निकै सहज र सामान्य लाग्छ ।

पाइलटको लागि उडान भर्नु ठूलो कुरा पनि भएन । २४ वर्षे उडान अनुभवमा शेर्पाले हजारौँ यात्रुहरूलाई गन्तव्यमा पुर्‍याए। तर सोमबार उनले सोचेका थिएनन्, जहाजमा रहेका ७७ जना यात्रुलाई मैले सकुसल एयरपोर्टमा अवतरण गराउँछु भनेर। सोमबार बिहानको घटना हो ।

बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट ७७ जना यात्रु बोकेर उनी विराटनगरतर्फ उडान भर्दै थिए। विराटनगर पुग्दै लाग्दा एयर ट्रफिक कन्ट्रोल रुममा अवतरण गर्ने जानकारी पनि गराए उनले। जहाज अवतरण गर्ने वेला भएपछि उनले जहाजको चक्का डा’उन गर्न खोजे ।

तीनवटा चक्कामध्ये एउटा चक्का डाउन नै भएन। जहाज अवतरण गर्नको लागि जहाजको इन्जिनले ग्रिन सिग्नल संकेत पनि दिएन । जसलाई थ्री ग्रिन सिग्नल भनिन्छ। तीनवटा सिग्लन ग्रिन देखिएमा मात्रै जहाज सामान्य अवतरण हुन्छ । नत्र जहाजको इन्जिन वा चक्कामा स’मस्या भएको भन्ने बुझिन्छ ।

पाइलट शेर्पाले उडान भरेको जहाजले निकै अशुभ संकेत दियो । ल्यान्डिङ गियर डाउन भएन । पाइलटहरूका अनुसार जहाजमा आउने यो समस्यालाई सामान्य मानिँदैन । उनले भने, ‘मलाई त यति सहजै अवतरण गरिन्छ जस्तो लागेको थिएन, मैले धेरै नै सोचिसकेको थिएँ, तर विराटनगरबाट काठमाडौं एयरपोर्टमा आइपुग्दा जहाजले थ्री ग्रिन सिग्नल दियो, मैले पनि निकै ध्यान दिएको थिएँ।’

विराटनगरमा जहाज अवतरण गर्न सकिने अवस्था नभएपछि उनी काठमाडौं फर्किए। जहाजभित्र ७७ जना यात्रु थिए। एटिसी टावर र जहाजका इन्जिनियरहरूलाई क्याप्टेन टोलीले जहाजको अवस्थाबारे जानकारी गरायो। एटिसी टावरले काठमाडौंतिरै ‘मुभ’ हुन भन्यो।

त्यसलगत्तै पाइलट शेर्पाले जहाजलाई काठमाडौंतर्फ फर्काएका थिए। उनले जहाजमा इन्धनको मात्रा धेरै भएकोले आकस्मिक वा सं’कटकालीन अवतरणलाई ध्यानमा राख्दै ‘फ्युल व’र्न’ गरे। यसो गर्दा जहाजको तौल कम हुन्छ। जमिनमा ब’जारिए पनि ठूलो क्षति वा आ’गलागी हुनबाट बच्छ।

काठमाडौं विमानस्थल आइपुगेपछि पाइलट शेर्पाले चार/पाँच फन्को घुमाए। केही बेर जहाजलाई आकाशमै होल्ड गरे। त्यतिञ्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुरबिन लगाएर हवाई इन्जिनियरहरूले जहाजको चक्का र इन्जिन जाँच गरे। पाइलटले एटिसी टावरसँग कुरा गर्दै जहाज घुमाइरहेका थिए।

जाँच गर्दा जहाजमा खासै समस्या देखिएन। त्यसपछि एटिसी टावरले अवतरण गर्ने अनुमति दियो। पाइलट शेर्पाले ल्यान्डिङ गेयर (डा’उन गरे) तल झारे । अब चाहिँ जहाजले थ्री ग्रिन सिग्नल दियो। चक्का आँफै डाउन भयो। त्यसपछि पाइलट शेर्पाले बिहान १० बजेर १६ मिनेटमा जहाजलाई अवतरण गराए।

जहाजको टायरले भुइँ छोएपछि सबै यात्रुहरू झसंग भए। खुसीले ताली पिटे। झन्डै मृ’त्युको मुखमा पुगेका उनीहरूले अर्को जीवन पाएझैँ महसुस गरे । यो अनुभव पाइलट शेर्पाले २४ वर्षसम्मको पाइलट जीवनमा नभोगेको अनुभव हो। आजसम्म उनले सयौँ उडान भरे। ती सबै सामान्य नै रहे।

तर आज बिहानको उडान उनको पाइलट जीवनकै अविस्मरणीय क्षण बन्यो। ‘यात्रुहरू निकै ड’राइरहनुभएको थियो, तर म ड’राएको भए जहाज बीचमै खस्थ्यो होला, त्यो अवस्थामा म निकै सतर्क भएँ, सेकेन्ड सेकेन्डमा जहाज कतातिर मोडेको छु याद गरेँ,

एयर होस्टेसहरू पनि हाई अ’लर्टमा रहेर मलाई साथ दिए,’ उनले सुनाए, ‘अवस्था त निकै चु’नौतीपूर्ण थियो, तर आशा मा’रेको थिइनँ।’ उनले यात्रुहरू चि’च्याएको आवाज अगाडिसम्म सुनिए पनि त्यसले आफूलाई न’बिथोलेको र आफू निकै एकाग्र भएर उडान भरेको बताए ।नया पत्रिका

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!