बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारका समस्या समाधान गर्न व्यवसायीको ध्यानाकर्षण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १८, २०७८ ०७;५५ बिहान प्रकाशित
वैदेशिक रोजगारका समस्या समाधान गर्न व्यवसायीको ध्यानाकर्षण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) र वैदेशिक रोजगारका अन्य क्षेत्रमा रहेका समस्या तत्काल समाधान गर्न वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेको ध्यानाकर्षण गराएको छ ।

एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालको नेतृत्वमा आइतबार बिभाग गएको एशोसिएसनको प्रतिनिधि मण्डलले व्यवसायीले समाधान गर्नुपर्ने समस्याको बारेमा पटक– पटक विभागको ध्यानाकर्षण गराएपनि समाधान हुन नसकेको भन्दै महानिर्देशक काफ्लेको पुनः  ध्यानाकर्षण गराएको मध्यान्हलाई जानकारी दिए ।

विभागका यसअघिका महानिर्देशक कृष्णप्रसाद दवाडीको कार्यकालमा पूर्व स्वीकृतिपछि  पहिलोपटक विज्ञापन  प्रकाशित भएको मितिले ३ महिनाको अवधिमा कामदार छनौट गरी छनौट सूची फेमिसमा अपलोड गर्ने सहमति भएको तर विभागले आफ्नो सूचना प्रणालीमा सातदिन भित्र कामदारको सूची अफलोड नभएमा पुनः विज्ञापन गर्नुपर्ने पुरानै सिष्टम कार्यान्वयन गरेकोले समस्या भएको कारणले महानिर्देशकको ध्यानाकर्षण गर्न बाध्य भएको अध्यक्ष ढकालले बताए ।

यसका अतिरिक्त धेरै अगाडिदेखि  व्यवसायीलाई म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति दिने भनिएपनि हालसम्म त्यसको कार्यान्वयन नभएकोले समस्या परेको, जिट्को लाइसेन्स व्यवस्थित हुन नसकेको लगायतका विषय उठाई ध्यानाकर्षण गरिएको  उनले बताए ।

विगतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयको रोजगार समन्वय महाशाखा प्रमुख सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा व्यवसायी समेतको सहभागितामा गठित ९ सदस्यीय कार्यदल गठन गरेपनि समस्याको समाधान नहुँदै निष्क्रिय भएकोले त्यसलाई  सक्रिय पार्नुपर्ने र त्यसका लागि विभागिय प्रमुखका हैसियतले  विभागका महानिर्देशकले भुमिका खेलिदिन  आग्रह समेत गरिएको ढकालले बताए ।

त्यस्तै व्यवसायीले राखेका मागका सम्बन्धमा छलफल गरी प्रतिवेदन दिन विभागले विभागका तत्कालिन सूचना अधिकारी तथा निर्देशक टिकामणि नेउपानेको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको र उक्त  कार्यदलले फेमिसको प्रयोगमा रहेका जटिलता हटाइ सहजिकरण गर्ने सहमति जनाएको  तर हालसम्म पुरानै प्रणाली रहेको कारणले व्यवसायीहरुले अनावश्यक खर्च र झन्झटिलो अवस्था झेल्नुपरेको  विषयमा पनि ध्यानाकर्षण गरेकोे अध्यक्ष ढकालले जानकारी दिए ।

मन्त्रालयका तत्कालिन सचिव तोयम रायाको कार्यकालमा नै शाखा कार्यालय सञ्चलानका विषयमा कार्यविधि बनाई विभागले व्यवसायीहरुलाई सूचना गर्ने सहमति भएपनि सचिवको परिवर्तनपछि उक्त विषय ओझेलमा पारिएको, कोरोना भाइरस (कोभिड–१९) का कारण वैदेशिक रोजगारी गुमाई आएका कामदारका उजुरी सुनुवाई गर्ने, अनुगमनलाई यथार्थपरक बनाउने र जापानको रोजगारी र घरेलु कामदार पठाउन एउटै लाइसेन्स बनाउने जस्ता विषयलाई तत्काल समाधान गर्नुपर्ने व्यवसायीका मागमा विगतमा सहमति नजिक पुगेको तर कार्यान्वयनमा नआउँदा समस्या बढेको विषयमा पनि महानिर्देशक काफ्लेको  ध्यानाकर्षण गरेको अध्यक्ष  ढकालले जानकारी दिए ।

जवाफमा महानिर्देशक काफ्लेले आफू वैदेशिक रोजगार प्रशासनका समस्या समाधानका लागि गम्भीर रहेको भन्दै सकेसम्म छिटो समाधान दिन लागि पर्ने आश्वासन दिएका थिए । एशोसिएसन प्रतिनिधि मण्डलमा कार्यसमितिका पदाधिकारी तथा सदस्य एव सल्लाहकारहरूको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!