बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सरकारलाई रेमिटेन्सकै चिन्ता : बिनासीप विदेशिन्छन् ७५ प्रतिशत नेपाली, काम नजान्दा कार्यस्थलमै मर्छन् काेही

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज २२, २०७८ ०८;३२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा रहेका ७० प्रतिशत श्रमिक भन्छन्– फेरि त्यही मेनपावरबाट विदेश जान्नँ !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सरकारले वैदेशिक रोजगारीमा अदक्ष कामदार पठाउन थालेको चार दशक भयो । नेपालबाट रोजगारीको खोजीमा विदेशिनेहरूकाे संख्या बढ्न थालेपछि सरकारले वैदेशिक रोजगार ऐन बनाएर नियमन गर्न थालेको थियो । चार दशकमा करिब ६३ लाख नेपाली कामदार रोजगारीको खोजीमा विश्वका १ सय ७२ देशमा पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ ।

वैदेशिक रोजगारीमा जाने युवामध्ये ७५ प्रतिशत अदक्ष हुने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकै विभिन्न अध्ययनमा औँल्याएको छ । आर्थिक वर्ष २०७७/७८ मा १ लाख ६६ हजार ३ सय ६ जना युवा संस्थागत र व्यक्तिगत गरी कामको सिलसिलामा विदेशिएका थिए । त्योभन्दा अघिल्लो आर्थिक वर्ष यस्ताे संख्या ३ लाख ६८ हजार ४ सय ३३ रहेकाे विभागको तथ्याङ्कले देखाउँछ ।

कोरोना महामारीमा पनि रोजगारीको खोजीमा करिब ५ लाख मानिस विदेशिएका छन् । यसरी विदेश गएका अधिकांश कामदार अदक्ष छन् । स्वदेशमा रोजगारी नपाउँदा भारतबाहेकका देशमा वार्षिक ६ लाखभन्दा बढी युवा जाने गरेका विभागको तथ्यांकमा छ ।

सरकारले रोजगारदाता देशसँग श्रम सम्झौता गरेर र दक्ष कामदार पठाउने योजनाका साथ काम गर्दै आएको श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम बताउँछन् ।

‘सीपमूलक तालिम दिएर विदेशिनबाट रोक्नुपर्छ भन्ने सरकारी मान्यता हो’, उनले भने, ‘दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा अपेक्षित वृद्धि गर्न नक्दा सरकारले ठूलो क्षति व्योहिरिरहेको छ । यो विषयमा सरकारले गम्भीर भएर काम गरिरहेको छ । साथै दक्ष कामदार उत्पादन गरी देश–विदेशमा रोजगारीमा लगाउने योजना श्रम मन्त्रालयको छ ।’

श्रम मन्त्रालयका सचिव गौतमले यसाे भनिरहँदा दक्ष कामदार उत्पादन गर्न नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त तालिम केन्द्र छैन । जसका कारण नेपालमा दक्ष कामदार उत्पादन गर्न समस्या हुने पक्का छ ।

दक्ष कामदार उत्पादन तालिम केन्द्र खोल्नतिर सरकारले चासो दिएको देखिँदैन । श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिम सञ्चालन गर्न वार्षिक २० करोडसम्म खर्चिँदै आएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिम नै दिएर मात्र पठाउन भन्दै श्रम मन्त्रालयले एक दशकयता योजना र वार्षिक रूपमा बजेट छुट्याउँदै आएको छ । तर, सरकारी तालिम कस्ताे हुन्छ, विदेशिने कामदारलाई थाहा छैन ।

७५ प्रतिशत अदक्ष कामदार विदेशिन्छन्
सरकारले ४ दशकदेखि अदक्ष श्रमिक वैदेशिक रोजगारीमा आपूर्ति गर्दै आएको श्रम मन्त्रालयकै विभिन्न अध्ययनमा भनिएको छ । चार दशकमा औपचारिक तथा अनौपचारिक माध्यमबाट विदेशिने करिब साढे ६३ लाख जनशक्तिमध्ये दक्ष २.५ प्रतिशत, अर्धदक्ष २१.५ प्रतिशत र अदक्ष ७५ प्रतिशत रहेको श्रम मन्त्रालयको अध्ययनमा उल्लेख गरिएको छ । ७५ प्रतिशत अदक्ष कामदार लेवर भिसामा जाने गरेका छन् ।

गत वर्ष १ लाख ६६ हजार ६ सय ९८ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएकोमा ८० हजार ३ सय ८२ जना अदक्ष कामदार विदेशिएको विभागले जनाएकाे छ ।

विभागका अनुसार उच्च दक्षको वर्गमा पर्ने जम्मा ६१ जना, व्यावसायिक क्षमता भएका २ सय ४६ जना, अर्धदक्ष १५ हजार ५ सय ८३ जना र कामको आवश्यक सीप भएका ७० हजार ४ जना २६ जनाले श्रम स्वीकृति लिएका छन् ।

देशभित्र रोजगारीको अवसर नपाएपछि अदक्ष कामदार विदेशिनुपर्ने बाध्यता रहेको वैदेशिक रोजगारविज्ञ मधुविशाल पण्डित बताउँछन् ।

नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदार प्राय अदक्ष नै हुने गरेको पण्डितकाे भनाइ छ । यति धेरै अदक्ष कामदार विदेश गइरहँदा सरकार कानमा तेल हालेर बसेकाे छ’, उनले भने, ‘विदेशबाट फर्केर पुनः श्रम स्वीकृति लिएर जाने कामदार पनि अदक्ष भिसामा नै जाने गरेका छन् । सरकारले उनीहरूलाई पनि दक्ष कामदारको प्रमाणपत्र दिन सकेको छैन ।’

वैदेशिक रोजगारीका क्रममा गत वर्ष १ हजार २ सय ४२ जनाको ज्यान गएको थियाे । वैदेशिक रोजगारीमा जाँदा मृत्युकाे मुख्य कारण काममा अदक्ष हुनु नै रहेकाे छ ।

१२ वर्षको अवधिमा कामका लागि विभिन्न देश पुगेका ९ हजार भन्दा धेरै कामदारले उतै ज्यान गुमाएका छन् । तीमध्ये अधिकांश अदक्ष कामदार रहेको विज्ञहरू बताउँछन् ।

नेपालीले विदेशमा गएर काम गरिदिएकाले वाार्षिक करिब ८ खर्ब रेमिट्यान्स भित्रिने गरेको छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीबाट करिब ३५ लाख घरपरिवार पालिएकाे छ ।

अहिले नेपालबाट ५९ प्रतिशत घरधुरीका परिवार वैदेशिक रोजगारीमा संलग्न भएको श्रम मन्त्रालयकाे आप्रवाससम्बन्धी अध्ययनले देखाएकाे छ । मन्त्रालयका अनुसार एक घरका ३ जनासम्म विदेशिएका छन् । इजरायल, कोरिया, मलेसिया, कतार, युएई, साउदी, युरोपेली र अफ्रिकी मुलुक नेपालको रोजगार गन्तव्य देशभित्र पर्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!