बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेशिया लगायत खाडीमा कामदार लिने मापदण्डमा सुधार, वैदेशिक रोजगारीमा जानेले अब क्वारेन्टाइन बस्न नपर्ने।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज २९, २०७८ १०;१२ बिहान प्रकाशित
कात्तिक १० गते ५० जना कामदार कोरिया जाँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपालीहरूका लागि मुख्य रोजगारदाता देशले विदेशी कामदार भित्र्याउने प्रक्रिया सरल र सहज बनाउन थालेका छन् । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि मागअनुसार श्रमिक आपूर्ति गर्ने मलेसिया र खाडीका देशले विदेशी कामदार भित्र्याउन नीतिगत प्रक्रिया सहज बनाउन थालेका हुन् ।

कतिपय खाडीका देशले कोभिड खोप लगाएका विदेशी कामदार क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था नै हटाएका छन् । कतार, साउदी, यूएई, ओमान, कुवेत र बहराइनले आफ्नो देशले मान्यता दिएको खोप लगाएका विदेशी कामदारले क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएका छन् ।

यो भन्दा अगाडि खाडीका देश जाने कामदारले दुईतिर गरी करिब २८ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था थियो । रोजगारदाता देशमा पुगेपछि १४ दिन र नेपालमै १४ दिन अनिवार्य क्वारेन्टाइन बसेपछि मात्र खाडीका देशले प्रवेश अनुमति दिने गरेका थिए ।

खाडीका देशले सिनोभ्याक, एस्ट्राजेनेका, फाइजर, सिनोफर्म, मोडेर्ना, स्पुत्निक भी र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएका छन् । यी खोप लगाएका विदेशी कामदारले कोरोना परीक्षण गराएको एक साताभित्र प्रवेश गर्न पाउने सुविधा समेत खाडीका देशले दिन थालेका छन् ।

योभन्दा अगाडि खाडीका देश जाने नेपाली कामदारहरूले ७२ घण्टाअघि कोभिड परीक्षण गराई नेगेटिभ रिपोर्ट आएपछि मात्र प्रवेश अनुमति पाउने गरेका थिए ।

खाडीका देशले कोभिड खोपका लगाएका विदेशी कामदारले सम्बन्धित देश प्रवेश गर्नुअघि कोरोना परीक्षण गर्ने प्रक्रियालाई समेत खुकुलो बनाएका छन् । खाडीका देशको यो निर्णयले नेपाली कामदारलाई रोजगारीमा जान सहज मात्रै भएकाे छैन खर्चसमेत कम भएकाे छ ।

भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोप मात्र नेपालमा लगाइन्छ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भने सरकारले जोन्सन एण्ड जोन्सन खोप लगाउने भने पनि सहजै उपलब्ध गराउन सकेको छैन । जसका कारण वैदेशिक रोजगारीमा जान चाहने कामदारले खोप समयमा नपाउने समस्या भोगिरहेका छन् ।

खाडीका देश र मलेसियाले जस्तै युरोपका देशले समेत विदेशी कामदारका हकमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएका छन् ।

यूएई
कोभिड खोप लगाएका विदेशी कामदारले यूएई प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । तर कोभिड खोप भने अनिवार्य लगाएको हुनुपर्ने यूएईको आपतकालीन, विपद तथा संकट व्यवस्थापन समितिले जनाएको छ । यसअघि यूएई सरकारले विदेशी नागरिकका हकमा अनिवार्य क्वारेन्टाइन र कोभिड परीक्षण दुई पटक गर्नुपर्ने व्यवस्था गरेको थियो ।

कोभिड खोप लगाएका विदेशी कामदारका हकमा कोरोना परीक्षणको रिपोर्ट पनि आवश्यक नपर्ने समितिले जानकारी गराएको छ । यूएईमा फाइजर, भेरोसेल, सिनोभ्याक, मोडेर्ना, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सन खोपलाई सरकारले मान्यता दिएको छ ।

अहिले यूएई रोजगारीका लागि मासिक ५ हजारभन्दा धेरै नेपाली कामदार जाने गरेको वैदेशिक रोजगार विभागले जनाएकाे छ । यूएई रोजगारीमा जाने कामदारका हकमा यो नियम आगामी महिनादेखि लागू हुने बताइएको छ । हाल यूएईमा ४ लाख नेपालीहरू कार्यरत रहेको यूएईस्थित नेपाली दूतावासको अनुमान छ ।

कतार
कतार सरकारले पनि विदेशी कामदारका हकमा कोरोना नियन्त्रण गर्न लागू गरेका नियम खुकुलो बनाउन थालेको छ । कतार सरकारले मान्यता दिएको कोभिड खोप लगाएका विदेशी कामदारले क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएको छ । तर, रोजगारदाता कम्पनी पुगेपछि भने एक सातापछि स्वास्थ्य परीक्षण गरेर मात्र काम गर्न पाइन्छ ।

साथै, कोभिड खोप लगाएका कतार प्रवेश गर्ने विदेशी कामदारका हकमा कोरोना परीक्षण समेत कडाइ गर्न छाडिएको छ । कतार सरकारले सिनोभ्याक, एस्ट्राजेनेका, फाइजर, सिनोफर्म, मोडेर्ना, स्पुत्निक भी र जोन्सन एण्ड जोन्सन खाेपलाई मान्यता दिएको छ । यसमध्ये जोन्सन एण्ड जोन्सन बाहेक अन्य खोपको मात्रा दुवै डोज लगाएको हुनुपर्ने जनाइएको छ ।

खोपको मात्रा पूरा गरेको १४ दिनपछि मात्र यात्रा गर्न सकिने र सशर्त स्वीकृत गरिएका सिनोभ्याक, सिनोफर्म र स्पुतनिक भीको मात्रा पूरा गरेका यात्रुको सेरोलोजी एण्टिबडी रिजल्टको पोजेटिभ रिपोर्ट अनिवार्य चाहिने बताइएको छ ।

कतारमा नेपालबाट मासिक ७ हजार कामदार रोजगारीका लागि जाने गरेका छन् । हाल कतारमा ५ लाख नेपाली रोजगारीमा कार्यरत रहेको कतारस्थित नेपाली दूतावासको अनुमान छ ।

साउदी
साउदी सरकारले समेत रोजगारीका लागि आउने विदेशी कामदारका हकमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएको छ । साउदी रोजगारीमा जाने कामदारले १४ दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था थियो ।

साउदी सरकारले मान्यता दिएको कोभिड खोप लगाएका विदेशी कामदारलाई कोरोना परीक्षणसमेत कडाई नगरिने साउदी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ । साउदीले सिनोभ्याक, एस्ट्राजेनेका, फाइजर, सिनोफर्म, मोडेर्ना, स्पुतनिक भी र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएको छ ।

विगतमा साउदी रोजगारीमा जाने कामदारले नेपालमा दुई पटक र साउदी पुगेपछि दुई पटक कोरोना परीक्षण गर्नुपर्ने हुन्थ्याे । साउदीले रोजगारीका लागि भित्रिने विदेशी कामदारलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था यही महिनादेखि हटाएको हो ।

साउदीमा रोजगारीका लागि मासिक ५ हजार नेपाली जाने गरेका छन् । हाल साउदीमा ४ लाख नेपाली कामदार कार्यरत रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसिया
मलेसिया सरकारले पनि डिसेम्बरदेखि विदेशी कामदार रोजगारीमा लिने तयारी थालेको छ । मलेसियाले तत्काल ३२ हजार विदेशी कामदार लिने घोषणा गत महिना गरेको थियो ।

मलेसियाले ३२ हजार कामदार लिने स्रोत देशभित्र नेपाललाई समेत राखेको छ । जसका आधारमा मलेसियाले विदेशी कामदार भित्र्याउँदा राख्ने क्वारेन्टाइनसमेत बनाइरहेको बताइएको छ । मलेसियाले फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन र चिनियाँ भेरोसेल खोपलाई मान्यता दिएको छ ।

मलेसियामा करिब साढे ३ लाख नेपालीहरू रोजगारत छन् । कुवेत, बहराइन, ओमान र जोर्डनले समेत मान्यताप्राप्त खोप लगाएर आएका विदेशी कामदारले क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएको त्यहाँ रहेका नेपाली नियोगहरूले जानकारी दिएका छन् ।

युरोपका देशले समेत रोजगारीका लागि भित्रिने विदेशी कामदारका हकमा सिनोभ्याक, एस्ट्राजेनेका, फाइजर, सिनोफर्म, मोडेर्ना, स्पुत्निक भी र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएका छन् । यी खोप लगाएका कामदारले क्वारेन्टाइन बस्नु पर्दैन । हाल वैदेशिक रोजगारीमा दैनिक ३ सयभन्दा धेरै नेपाली जाने गरेको वैदेशिक राेजगार विभागले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!