बैदेशिक पोष्ट
२०८२ फाल्गुन २७, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यसरी भेटाउन सकिन्छ हराएको मोबाइल, सिक्नुहोस् टिप्स

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
कार्तिक ४, २०७८ १९;४० मध्यान्ह प्रकाशित
यसरी भेटाउन सकिन्छ हराएको मोबाइल, सिक्नुहोस् टिप्स
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

केही परिस्थितीका कारण हामी आफ्ना मोबाइल फोनहरु हराउन पुग्छौं । विविध कारणले आफ्नो फोन हराएको वा चोरिएको घट्ना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ ।

यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग paired गरेको स्मार्टवाचको Find My Phone फिचरबाट पनि फोन कतै लुकेको फोन फेला पार्न सक्नुहुन्छ । त्यस्तै यदि फोन साइलेन्समा छैन भने कसैलाई कल गर्न लगाएर रिङटोन बजेको आधारमा पनि घरभित्रको फोन फेला पार्न सकिन्छ ।

तर यदि तपाईंको फोन घरबाहिर हराएको हो भने फोन फेला पार्न अलिक अतिरिक्त मेहेनत गर्नुपर्ने हुन्छ । यद्यपि तपाईंले बाहिर कतै हराएको फोन कहाँ छ ? भन्ने कुरा घरबाटै पत्ता लगाउन सक्नुहुन्छ र फोनका सबै डाटा मेट्न पनि सक्नुहुन्छ ।

गुगलले एउटा सामान्य प्रक्रिया उपलब्ध गराएको छ जसबाट प्रयोगकर्ताले आफ्नो हराएको एन्ड्रोइड फोन भेट्टाउन, लक गर्न तथा सबै डाटा मेट्न सक्दछन् ।

Find My Phone फिचरबाट एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो हराएको फोन कुन ठाउँमा छ भन्ने लोकेट गर्न, त्यसमा रिमोट्ली नयाँ पिन नम्बर, पासकोड वा प्याटर्न सेट गर्न तथा फोन चोर्ने वा फेला पार्नेहरुलाई आफुलाई फोन गरेर फोन फिर्ता दिनका लागि आग्रह सहितको सन्देश लेखेर उक्त हराएको फोनको स्त्रिmनमा प्रदर्शन गराउन पनि सकिन्छ ।

आफ्नो हराएको वा चोरिएको फोनका रहेका गोप्य तथा महत्वपूर्ण डाटाहरु अरुले प्राप्त गर्न नसकुन् भन्नका लागि फोनमा रहेका सबै डाटाहरु डिलिट गर्न तथा उक्त फोन यसको वास्तविक धनी बाहेक अरुका लागि कामै नलाग्ने पनि बनाउन सकिन्छ ।

हराएको फोनका डाटा मेट्न तथा फेान फेला पार्नका लागि :

आफ्नो हराएको फोन पत्ता लगाउन, लक गर्न तथा फोनमा रहेका डाटा मेट्नका लागि केही पूर्वशर्तहरु आवश्यक पर्दछन् ।

फोन स्विच अन गराइएको हुनु पर्दछ र प्रयोगकर्ताले फोनमा गुगल अकाउन्ट साइनइन गरेको हुनुपर्दछ । त्यस्तै फोनमा मोबाइल डाटा वा वाइफाइ चलेको हुनुपर्दछ, गुगल प्लेमा देखिएको हुनुपर्दछ, लोकेसन सेटिंग्स अन हुनुपर्दछ भने Find My Device सेटिंग्स पनि बन्द रहेको हुनुहुँदैन । यदि उल्लेखित सबै पूर्वशर्तहरु सहितको तपाइँको एन्ड्रोइड फोन हराएको हो भने फोन फेला पर्नका लागि निम्नानुसारको प्रक्रिया पूरा गर्नुहोस् :

कुनैपनि डिभाइसमा android.com/find लगइन गरी फोनमा पनि प्रयोग गरेको आफ्नो गुगल अकाउन्ट साइन इन गर्नुहोस् । साइन इन गरिसकेपछि तपाईंले आफ्नो फोनको विवरण बायाँ किनाराको माथिपटि्ट देख्नहुनेछ । यदि एउटै अकाउन्टबाट धेरै फोनमा लगइन गर्नुभएको हो भने त्यसमध्ये हराएको फोन छान्नुहोस् । त्यसमा फोनको ब्याट्रीलाइफ देखि कुन समयमा हराएको लगायतका सबै विवरण देखिन्छन् ।

गुगलले उक्त फोन अहिले कहाँ छ भन्ने अनुमानित स्थान गुगल म्यापमा देखाइदिन्छ । फोनको हालको लोकेसन पत्ता नलागे पनि अन्तिम पटक कुन लोकेसनमा थियो भन्ने चाहिँ देख्न सकिन्छ ।

यदि फोन भएको स्थान नजिकै देखाएको छ र तपाईं तत्कालै जान सक्नुहुनछ भने त्यहाँ गएर तपाईंले Play Sound अप्सनमा क्लिक गर्नुहोस् । त्यसो गर्दा तपाईंको हराएको फोनमा लगातार पाँच मिनेटसम्म रिङटोन बज्दछ, त्यसो गर्दा तपाईंले फोन फेला पार्न सक्नुहुन्छ । तपाईंको फोन साइलेन्समा भएको भएपनि यो फिचरले फोनमा रिङटोन बजाउन सकिन्छ ।

फोनको लोकेसन कुनै अज्ञात ठाउँको छ भने एन्ड्रोइडले नै प्रयोगकर्तालाई आफै फोन खोज्न जानुको साटो कानून कार्यान्वयन गर्ने निकायसँग सम्पर्क गर्नुहोस् भन्ने सूचना देखाउँदछ । जसले सिरियल नम्बर वा आईएमईआई नम्बर खोज्न सक्दछन् ।

यदि तपाईंले हराएको फोनको स्क्रिन लक गर्न चाहुनुहुन्छ भने माथि उल्लेखित एन्ड्रोइडको वेबसाइट भित्रै रहेको Secure Device अप्सन छान्नुहोस् । यसबाट तपाइँले फोन लक गर्न तथा गुगल साइन आउट गर्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो हराएको फोनको स्क्रिनमा मेसेज पठाउन पनि सक्नुहुन्छ, ता कि फोन चोर्ने वा फेला पार्नेले उक्त सन्देश पढेर तपाईंको फोन फिर्ता दिन सक्दछ ।

त्यस्तै तपाईंले फोनमा रहेका सबै डाटा डिलिट गर्नका लागि Erase Device अप्सन पनि छनोट गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको हराएको फोनका सबै डाटा स्थायी रुपमै डिलिट हुन्छन् । त्यसपछि Find My Device फिचरले पनि काम गर्दैन । यदि तपाईंको फोनको स्वीच अफ गरिएको छ वा फोनमा डाटा वा वाइफाइ कनेक्ट छैन भने चाहिँ तपाईंले यसरी डाटा डिलिट गर्न सक्नुहुन्न ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!