बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आम्दानीको स्रोत नै बाख्रा पालन : खसीबाेका बेचरै लाखाैँ कमाइ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
कार्तिक १३, २०७८ १६;२१ मध्यान्ह प्रकाशित
अष्ट्रेलिया छाेडेर बाख्रा पालन, वार्षिक १२ लाख आम्दानी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दाङ – देउखुरीको अमेलियाकी देवीमाया थापा उमेरले असी वर्षकाे हुनै लाग्नु भयो । तर उहाँको काम गराइ हेर्दा कुनै युवाको भन्दा कम छैन । उहाँले आफैँ पनि बाख्रा पाल्नु भएको छ । अमेलिया र छेउछाउका बस्तीमा बस्ने प्राय सबैले धेरै थोरै बाख्रा पाल्ने उनीहरुको पुर्ख्यौली पेसा जस्तै थियो ।

नजिक चरण र घाँसपातका लागि अभाव छैन । घरका मान्छे व्यस्त पनि हुने र केही कमाइ पनि भइहाल्ने भएकाले यहाँका धेरैले बाख्रा पाल्छन् । तर पछिल्लो ५ वर्षयता उनीहरुले बाख्रा पालनलाई व्यावसायिक रुपमै अघि बढाएका छन् । प्राय सबैका गोठमा दश पन्ध्रदेखि एक सय वटासम्म बाख्रा छन्।

व्यवस्थित ढङ्गले बाख्रा पाल्दा किसानलाई सहयोग पनि भएको छ । अहिले त्यहाँका महिलाहरुको मुख्य आम्दानीको स्रोत नै बाख्रा पालन व्यवसाय भएको छ । ‘बाख्रा पालन व्यवसाय महिलाहरुको जीविकोपार्जनको आधार बनेको छ’, थापाले भन्नुभयो, ‘खसीबोका बेचेरै ​सामान्यता एक लाखदेखि वर्षमा तीन लाख रुपैयाँसम्म आम्दानी गर्दछन् ।’

अमेलियाका बाख्रा पालक किसानले कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था नै गठन गरेका छन् । त्यही संस्थामार्फत खसीबोका किनबेच हुन्छ । सहकारी संस्थामा १ हजार १ सय ६५ जना सदस्य छन् । कर्मठ जस्तै देउखुरीमा बाख्रा पालक किसानहरुका अरु तीन वटा महिला सहकारी संस्था छन् । जसमा प्रत्येकमा एक हजार बढी सदस्य आबद्ध छन् । सहकारीका अधिकांश सदस्य व्यावसायिक बाख्रा पालनमा लागेका छन् ।

रोजीरोटी जुटाउनका लागि अधिकांश पुरुषहरु बाहिर जाने चलन पनि बाख्रा पालन व्यवसाय राम्रो भएपछि कम हुँदै गएको छ । श्रीमती सहकारीमा आबद्ध भएको सुन्दा शङ्का गर्ने विदेश गएका श्रीमानहरु पनि अहिले श्रीमतीसँगै बाख्रा पालन व्यवसायमा लागेका छन् ।

देउखुरीका स्थानीयलाई समूह बनाएर बाख्रा पालन व्यवसायमा लाग्न उत्प्रेरित गर्ने काम हेफर इन्टरनेशनलको सहयोगमा स्थानीय ग्रामीण महिला र पुनर्स्थापना केन्द्रले गरेको हो । सुरुमा महिलाहरुलाई समूह बनाएर व्यावसायिकताबारे बुझाउने र सानोसानो बचत गर्न समेत सिकायो ।

यस संस्थाले बिउ पूँजीका रुपमा दुई वटा बाख्रा किसानलाई दिने र त्यसबाट बच्चा जन्मिएपछि फेरि दुई वटा अरु किसानलाई ती दुई पाठापाठी दिनुपर्ने व्यवस्था अनुसार अभियान थालियो । उन्नत जातको बाख्रा दिने, आवश्यक प्राविधिक सहयोग गर्ने, खोर सुधारदेखि किसानको उत्पादनलाई तौलेर सहकारीले खरिद गर्ने र सहकारी बाहिरी जिल्लामा वा ग्राहकलाई बेच्ने काम गरिरहेको छ । जसले गर्दा किसानहरु आफूले बजार नपाउने र सस्तोमा बेच्नुपर्ने बाध्यता अब नरहेको बताउँछन् ।

आफ्नो घरखर्चका लागि बाख्रा पाले पनि समूह बनाएपछि मात्रै व्यवस्थित रुपमा अघि पाल्ने काम भएको स्थानीयले बताएका छन् । सुरुसुरुमा गाउँमा समूह बनाउँदा महिलाहरुलाई कहाँ जान्छे किन जान्छे भनेर शङ्का गर्ने पुरुषहरु पनि अहिले बाख्रा पालन व्यवसायमा लागेका छन् ।

‘श्रीमती समूह/ सहकारी जाँदा कहाँ गइस्, किन गइस् भनेर शङ्का गर्नेहरु पनि अहिले विदेशबाट फर्केर श्रीमतीसँगै बाख्रा पालनमा लागेका छन्’, अध्यक्ष थापाले भन्नुभयो, ‘हाम्रो गाउँमा दिदीबहिनीको मात्रै होइन दाजुभाइको पनि आम्दानी बढेको छ ।’

माओवादी पूर्व लडाकु गंगा घर्तीले पनि बाख्रा पालन व्यवसाय गरिरहनु भएको छ । ९ वर्षसम्म युद्धमा हिँडेर फर्की मजदुरी गरिरहेका श्रीमान र घरायसी काममै सीमित गंगाले २ वटा बाख्राबाट व्यवसाय थाल्नुभएको थियो।

‘हामी त्यसबाट निस्किसकेपछि हाम्रो पारिवारिक अवस्था त्यस्तै थियो, मैले घरायसी काम गर्ने र श्रीमानले ज्याला मजदुरी गर्नुहुन्थ्यो, जे जस्तो भए पनि आफ्नै खुट्टामा उभिनुपर्छ भनेर दुई वटा बाख्राबाट व्यवसाय थालेको हुँ’, गंगाले भन्नुभयो, ‘एक वर्षमा तीन चार लाख रुपैयाँको त खसीबोका बेच्छौँ’।

बाख्रा पालन सुरु गर्नुअघि उहाँका श्रीमानले अरुको मजदुरी गर्नुहुन्थ्यो । अहिले उहाँले मजदुरी छोडेर दुवै जनाले बाख्रा पालिरहनु भएको छ । गंगाका खोरमा अहिले अहिले ८० वटा बाख्रा र खसीबोका छन । दुवै जना बाख्रा पालन व्यवसायमा रमाउनु भएको छ ।

उत्पादनसँगै बिचौलियाको चलखेल हुन नदिन बाख्रा पाल्ने किसानहरु मिलेरै सहकारी संस्था खोलेर ती सहकारीमार्फत नै खसीबोका बिक्री गरिरहेका छन् । पहिला पहिला किसानले खसीबोका पाले पनि बिचौलियाका कारण उचित मूल्य पाउँदैनथे । किसानका घरघरमा व्यापारी डुल्थे, आफैँ मूल्य ताेक्थे । यसरी हुने व्यापारमा किसानले कम मूल्य पाउँथे । अहिले किसानहरुले बनाएका सहकारीमार्फत जिउँदो खसीबोकाको तौल गरेर मूल्य निर्धारण गरिन्छ । बाख्रा पालक व्यवसायी वसन्त अधिकारी सहकारीमार्फत कारोबार हुन थालेपछि सजिलो भएको बताउनुहुन्छ ।

‘किसानहरुलाई पनि राम्रो रेट प्राप्त भइरहेको छ, सुविधा पनि भइरहेको छ । किन्ने उपभोक्ताहरुलाई पनि सहकारीमा आएर किन्दा निकै सजिलो भएको छ’, अधिकारीले भन्नुभयो, ‘सहकारीमार्फत व्यवसाय गर्दा हाम्रो आत्मबल पनि बढेको छ ।’

किसानहरुको चाहना अनुसार लमही नगरपालिकाले वडा नम्बर ७, ८ र ९ लाई बाख्रा पकेट क्षेत्र बनाएर किसानहरुलाई आवश्यक सहयोग गर्दै आइरहेको छ । लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले किसानहरुलाई व्यावसायिक बनाउन आफूहरुले काम गरिरहेको बताउनुभयो ।

‘किसानहरुलाई बाख्रा पालन सम्बन्धी तालिम दिने, आधुनिक गोठ गराउने, डालेघाँस लगाउन सहयोग गर्ने, प्राविधिकको व्यवस्था गर्ने लगायतका काम गरेका छौँ’, नगरप्रमुख केसीले भन्नुभयो, ‘ हामीले सहयोग गर्न थालेपछि देउखुरीका किसानहरु बाख्रा पालन व्यवसायतर्फ उन्मुख भइरहेका छन्।’

देउखुरीमा रहेका चार वटा सहकारी संस्थाबाट चार सय खसीबोका यसपटकको दशैँमा काठमाण्डौ पठाइएका थिए । देउखुरीका चार वटा सहकारी संस्थाले वार्षिक ५ हजार खसीबोका बिक्री गर्दै आएका छन् । यो समाचार उज्यालो अनलाईनमा प्रकाशित छ

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!