बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

घर बनाउँदै हुनुहुन्छ, हेर्नुहोस् कुन निर्माण सामग्रीको मूल्य कति पुग्यो?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
कार्तिक १४, २०७८ २०;१३ मध्यान्ह प्रकाशित
घर बनाउँदै हुनुहुन्छ, हेर्नुहोस् कुन निर्माण सामग्रीको मूल्य कति पुग्यो?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दसैं सकिएसँगै इँटा, गिटी, बालुवा, डन्डी र सिमेन्टलगायत केही निर्माण सामग्रीको मूल्य हेरेफेर भएको छ। यीमध्ये डन्डीको मूल्य सबभन्दा धेरै वृद्धि भएको छ भने सिमेन्टको भाउ पनि केही बढेको देखिन्छ। इँटा, गिटी र बालुवामा भने थोरै मात्र हेरफेर भएको छ।

हेरौं कुन निर्माण सामग्रीको मूल्य कति पुग्यो-

इँटाः
गत महिना तराईको एक नम्बर इँटा प्रतिगोटा १७ रूपैयाँ थियो। धादिङको लोकल इँटा र काठमाडौंको इँटा साढे १५ रूपैयाँमा उपभोक्ताले पाइरहेका थिए।

त्यसैगरी भक्तपुरको इँटा १६ रूपैयाँ थियो। अहिले तराईको इँटामा प्रतिगोटा ५० पैसा बढेको छ भने धादिङकोमा ५० पैसादेखि एक रूपैयाँसम्म कम भएको छ। भक्तपुरको भने हेरफेर भएको छैन।

गोल्डेन निर्माण सप्लायर्स, बल्खुका सञ्चालक ऋषि खतिवडाका अनुसार अहिले तराईको एक नम्बर इँटा साढे १७ रूपैयाँ प्रतिगोटा छ। त्यसैगरी धादिङको लोकल इँटा साढे १४ देखि १५ रूपैयाँ छ भने भक्तपुरको अघिल्लो महिनाकै मूल्य (१६ रूपैयाँ) छ।

गिटी-बालुवाः
खतिवडाका अनुसार गिटीको भाउमा पनि हेरफेर भएको छैन। धादिङको कालो गिटी गत महिनाकै भाउ, प्रतिटिपर २८ हजार रूपैयाँमा पाइन्छ। त्यस्तै मेलम्चीको सेतो गिटी पनि अघिल्लो महिनाकै मूल्य, १९ हजार प्रतिटिपरमा उपभोक्ताले पाइरहेका छन्।

बालुवामा भने मूल्य थोरै हेरफेर भएको छ। असोज महिनामा धादिङको डबल वास बालुवा प्रतिटिपर साढे २७ हजार थियो। अहिले पाँच सय रूपैयाँ कम भएर २७ हजारमा पाइन्छ।

त्यस्तै असोजमा २४ हजार रूपैयाँ प्रतिटिपरमा पाइएको खोलाको बालुवा, मेलम्चीको क्रसर बालुवा र प्लाष्टर गर्ने बालुवाको मूल्य यो महिना पनि उस्तै छ। अहिले मूल्यमा घटबढ नभए पनि विस्तारै बालुवा, गिटी र इँटाको मूल्य अझै एक हजार जति सस्तो पर्नसक्ने खतिवडाले जानकारी दिए।

उनका अनुसार हिउँदमा सबै खानीतिर गाडी जानसक्छ। पहिला धादिङको राम्रो रोडाका लागि खोलै खोला जानुपर्थ्यो। बर्खामा गाह्रो हुन्थ्यो, अहिले ती ठाउँबाट पनि सजिलै गिटी आउन थालिसकेको छ। त्यस्तै हिउँदमा निर्माण सामग्रीको माग धेरै भएकाले उत्पादन उच्च नै हुन्छ। उत्पादनले बजार पाइरहने हुँदा मूल्यमा असर नपरिहाल्ने उनी बताउँछन्।

‘अहिले पेट्रोलियम पदार्थको मूल्य धेरै बढेको छ। यस अनुपातमा निर्माण सामग्रीको मूल्य भयंकर बढ्नुपर्ने हो। तर प्रतिस्पर्धा धेरै भएकाले बढेको छैन। फेरि गाडी चलाउनु त पर्‍यो। त्यसैले घाटा खाएर भए पनि ओसारपसार र आपूर्ति गर्नैपर्ने बाध्यता छ,’ उनले भने।

सिमेन्टः
दसैंलगत्तै उद्योगीले सिमेन्टको भाउ पनि बढाएका छन्। हाल कोइलाको मूल्य आकासिएका कारण सिमेन्टको भाउ बढेको उद्योगीहरू बताउँछन्। उनीहरूका अनुसार सिमेन्टका लागि क्लिंकर बनाउनुपर्छ। यसका लागि कोइला अत्यन्तै आवश्यक कच्चा पदार्थ हो। हाल कोइलाको मूल्य छ गुणासम्म बढेको अर्घाखाँची सिमेन्टका बजार प्रमुख रमेश थापा बताउँछन्।

‘कोइलाको आपूर्ति कम भएको छ, अभाव छ। यसकारण कोइलाको लागत बढ्यो र सिमेन्टको भाउमा असर पर्‍यो,’ थापाले प्रस्ट्याए, ‘सिमेन्टको मूल्य अझै बढाउने कुरा छ।’

दसैंअघि अर्घाखाँचीले ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट/छिटो सुक्ने) को भाउ अघिल्लो वर्षको यही समयमाभन्दा बोरामा एक सय रूपैयाँ घटाएर कारोबार गरिरहेको जानकारी दिएको थियो। त्यो बेला अर्घाखाँची ओपिसीको कारखाना मूल्य प्रतिबोरा ६ सय २० रूपैयाँ थियो।

भ्याट, ढुवानी खर्च लगायत जोडेर वितरकसम्म पुग्दा ७ सय ६६ रूपैयाँ २५ पैसा हुन्थ्यो। यसमा वितरकले दसदेखि बीस रूपैयाँसम्म नाफा राखेर बिक्री गर्छन्। त्यसैले उपभोक्ताले सात सय ७० देखि सात सय ९० रूपैयाँसम्ममा सिमेन्ट पाइरहेका थिए।

अहिले उद्योगले बोरामा २० रूपैयाँ बढाएको छ। हाल अर्घाखाँची ओपिसीको कारखाना मूल्य नै प्रतिबोरा ६ सय ४० रूपैयाँ पुगेको थापाले जानकारी दिए। उपभोक्तासम्म आइपुग्दा सात सय ९० देखि आठ सय २० रूपैयाँसम्म पर्छ।

यसैगरी शिवम् सिमेन्टको मूल्य पनि गत महिनाको तुलनामा ३० देखि ३५ रूपैयाँ बढेको देखिन्छ। गत असोजमा शिवम् सिमेन्टको उपभोक्ता मूल्य सात सय ६५ देखि सात सय ८० रूपैयाँ थियो। हाल बढेर सात सय ९५ देखि आठ सय १५ रूपैयाँ प्रतिबोरा पुगेको कम्पनीले जानकारी दिएको छ।

डन्डीः
व्यवसायीहरूका अनुसार दसैंअघिको तुलनामा डन्डीमा किलोको १२ देखि १५ रूपैयाँ बढेको छ। पसल र कम्पनीअनुसार भाउ अलिकति फरक पर्छ। अम्बे, जगदम्बा र पञ्चकन्या स्टिलका आधिकारिक विक्रेता विकास श्रेष्ठका अनुसार सबैजसो छडको मूल्य अहिले बढेको छ।

हाल अम्बे किलोको एक सय ५ रूपैयाँ छ। त्यसैगरी जगदम्बा उपभोक्ताले एक सय ८ रूपैयाँमा पाउँछन्। पञ्चकन्या पनि दसैंअघिभन्दा ५ रूपैयाँ बढेर एक सय १७ रूपैयाँ पुगेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!