बैदेशिक पोष्ट
२०८२ फाल्गुन २७, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘सीप सिकेर विदेश जाँदा समस्या हुँदैन भन्ने विश्वास छ’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २८, २०७८ १२;१३ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जानेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सानो छँदा कसैले ठुलो भएपछि के बन्छौ भनेर सोधे बाँकेकी तुल्सी बुढा भन्नुहुन्थ्यो, टिचर बन्छु । पढि लेखी ठुलो भएर अरूलाई शिक्षा दिने सपना तुल्सीको सानै देखिको थियो । तर सपना न हो । कति बेला बद्लिन्छ पत्तै हुँदैन । फरक यति हो कतिले सपनाहरु खुसीले बदल्छन् त कतिपयको सपना बाध्यताले मोडिदिन्छ ।

तुल्सीको शिक्षिका बन्ने सपना अहिले वैदेशिक रोजगारीतिर मोडिएको छ । पढाइलाई बिट मार्दै तुल्सी अहिले वैदेशिक रोजगारीमा जोर्डन जान गार्मेन्टको सीप सिक्न थाल्नुभएको छ ।

उमेरले २१ वर्ष मात्रै लाग्नुभयो तुल्सी । उहाँको जन्म जाजरकोटमा भयो । तुल्सी सानै छँदा परिवार जाजरकोटबाट बाँकेको कोहलपुर झर्‍यो । जाजरकोटबाट बसाइँ सर्दा जाजरकोटमा भोगेको दुःख र गरिबी उतै छुट्ला भन्ने तुल्सीको परिवारको विश्वास थियो । तर हुनेलाई जहीँ त्यहीँ नहुनेलाई कही न कही भन्ने उठानजस्तै भयो उहाँको परिवारको हकमा पनि ।

जाजरकोटबाट तुल्सीको परिवारसँगै दुःख पनि कोहलपुर झर्‍यो । पाँच सन्तानलाई बुवा एक जनाको कमाइले खान लगाउने खर्च पुर्‍याउनै धौं धौं हुन थाल्यो । स्कुल शुल्क पुर्‍याउन त झनै मुस्किल । त्यसमाथि सानो भाइ लगातार बिरामी पर्न थाल्यो । त्यसपछि तुल्सीको ध्यान पढाइमा भन्दा पनि बिरामी भाइतिर बढी भयो ।

‘पढ्ने रहर त थियो नि, हाम्रो भाग्य नै त्यस्तै होला, आर्थिक कमजोरीले गर्दा सोचेजस्तो गर्न नसकिने रहेछ,’तुल्सी ती दिन सम्झँदै भन्नुहुन्छ,‘झन् भाइ बिरामी भएपछि त मैले पढ्नै सकिनँ ।’

१० कक्षामा भर्ना भए पनि स्कुल निरन्तर जान पाउनुभएन तुल्सी । पढाइ रोकिएपछि उहाँले घर चलाउनका लागि कमाउने बाटो खोज्न थाल्नुभयो । आफ्नो ठाउँमा सिलाइको काम सिक्दै गर्दै पनि गर्नुभयो । तर त्यहाँबाट भएको कमाइ घरको अभावको अघि निकै कम थियो ।

जोर्डनमा काम गरिरहेकी गाउँकै दिदीसँग तुल्सी र परिवारको कुरा भयो । तुल्सीले आफ्नो समस्या सुनाउनुभयो । ‘दिदीसँग कुरा हुँदा उहाँले विदेश आउन त, कमाइ पनि हुन्छ, सुरक्षित पनि छ, तर सीप सिकेर मात्र आऊ भन्नुभयो,’ तुल्सी भन्नुहुन्छ,‘यसो सोच्दा उहाँको कुरा ठिकै लाग्यो र उहाँले नै सीप सिकेको ठाउँमा आएको हुँ सीप सिक्न ।’

तुल्सी अहिले बाँकेबाट आएर ललितपुरको एकान्तकुनामा रहेको सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरमा गार्मेन्टको सीप सिकिरहनुभएको छ । सुरक्षित आप्रवासन परियोजना सामीद्धारा निःशुल्क सञ्चालित सीप तालिम भएकाले उहाँले खाने बस्ने व्यवस्थासहित एक महिने गार्मेन्टको सीप सिकिरहनुभएको छ ।

सीप सिक्न थालेपछि तुल्सीलाई आँट पनि बढेको छ । बुढा हुँदै गएका बुवा आमालाई कमाएर सघाउन सक्छु भन्ने हिम्मत बटुलेको छु भन्नुहुन्छ उहाँ । ‘विदेश जाँदा एजेण्टहरुले कति ठगेका कुरा सुनेको छु, तर यहाँ सीप सिकेर जाँदा सुरक्षित भइन्छ, मेरो विदेश बसाई राम्रो हुन्छ भन्ने लागेको छ,’तुल्सी भन्नुहुन्छ ।

उहाँका गाउँका आफन्त कतिपयलाई एजेण्टले गैर कानुनी बाटो हुँदै विदेश लगेर अलपत्र परेको देख्नुभएको छ तुल्सीले । तर तुल्सी भने सीप सिकेर वैधानिक हिसाबले मात्र जाने सोचमा हुनुहुन्छ ।

हातमा सीप भए सीप अनुसारको पैसा पनि कमाइ होला भन्ने उहाँको विश्वास छ । हातमा सीप भए विदेश नै जान पर्छ भन्ने पनि छैन । सीप लिएर गएमा विदेशको अनुभव र त्यहाँको कमाइलाई नेपालमा लगाउन सकिन्छ ।

तुल्सीको योजना अब विदेश जाने, करार अवधि भरी बसेर कमाउने र फर्किएपछि यही सिलाई सम्बन्धी काम गर्न मन छ । हातको सीप आफू जहाँ गए पनि जान्छ र त्यो सीपले सधैँ साथ दिन्छ भन्ने लाग्छ उहाँलाई । भन्नुहुन्छ,‘मेरो हातमा सीप छ भने भोलिका दिनमा म बिहे गरेर अरूको घरमा गएपछि पनि खालि हात बस्न पर्दैन, मेरो सीपलाई कसैले पनि रोक्न सक्दैन, आफैँ कमाउने भएपछि कसैले दबाएर पनि राख्न सक्दैन ।’

विदेशमा कमाएर पूरा गर्न साँचेका सपना पनि ठुला छैनन् तुल्सीका । गरिबीको चपेटामा परेका बुवा आमालाई खुसी खुसी राख्न मन छ तुल्सीलाई । बुवा आमाका लागि एउटा सुन्दर घर बनाइदिन मन । अनि, त्यसपछि आफ्नो भविष्यका लागि पनि अलिअलि बचत गर्ने योजना बनाउनुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!