बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

५ अर्ब लगानीको पाँचतारे होटल हायात प्लेस आजदेखि सञ्चालनमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
कार्तिक २९, २०७८ २०;३३ मध्यान्ह प्रकाशित
५ अर्ब लगानीको पाँचतारे होटल हायात प्लेस आजदेखि सञ्चालनमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

व्यापारिक घराना गोल्यान समूहको पाँचतारे होटल ‘हायात प्लेस’ आज (सोमबार) देखि सञ्चालनमा आउने भएको छ। हायात ब्रान्डमा बनिरहेको यो होटल अन्तर्राष्ट्रिय चेनको पाँचतारे स्तरको हो।

हायात अमेरिकी कम्पनी हो। नेपालमा हायात प्लेस दोस्रो ब्रान्च हो। यसअघि हायात रिजेन्सी सञ्चालनमा छ। हायात रिजेन्सी र हायात प्लेसका लगानीकर्ता फरक हुन् तर यसको अन्तर्राष्ट्रिय चेन ब्रान्ड एउटै हो।

समूहका अनुसार होटलको भौतिक संरचना बनाउन सक्ने भए पनि व्यवस्थापन तथा सञ्चालनको अनुभव तथा विज्ञता नभएकाले व्यवस्थापनको काम हायातलाई दिएको हो।

हायातले विश्व बजारमा सफलता पाएकाले यहाँ होटल राम्रो चल्नेमा ग्रुपका अध्यक्ष पवन गोल्यान विश्वस्त छन्। ‘विश्व बजारमै हायातले सफलता पाएको छ। हामी हाम्रो कर्मचारीलाई परिवार जस्तै सोच्छौं,’ उनले भने, ‘त्यसले गर्दा राम्रो चल्छ भन्नेमा शंका छैन।’ १४ तले भवनमा एक सय ५३ वटा कोठा छन्। लक्जरी तथा बिजनेसमा वर्गीकरण गरी सबैलाई मिल्नेगरी कोठाहरूको इन्टेरियर डिजाइन गरिएको छ।

पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट छ। होटलमा क्यासिनोबाहेक सबै स्तरीय सुविधा हुने पनि समूहको दावी छ। पछि नजिकै जग्गा पाए ठूलो क्यासिनो खोल्ने योजना समूहको छ।

यहाँ स्विमिङ पुल, स्पा, जिम, ब्यांकेट हल, सात सय क्षमताका मिटिङ रूम हुनेछन्। होटलले एक सय ५० जनालाई रोजगारी दिएको गोल्यानले बताए।

साढे दस रोपनी क्षेत्रफलमा काठमाडौंको सोल्टीमोडमा रहेको होटल २०७६ साल पुसभित्रै सञ्चालनमा ल्याउने समूहको योजना थियो। तर विश्वव्यापी रूपमा फैलिएको कोराना महामारीले सफल हुन सकेन। होटल सञ्चालन अवधि डेढ वर्ष पर धकेलिएको ग्रुपका अध्यक्ष गोल्यानले बताए।

‘गत पुसमै होटल सञ्चालनमा ल्याउने योजना थियो, तर कोभिडका कारण सकिएन,’ उनले भने। गोल्यानका अनुसार कोरोनाले सामान आउन नसकेपछि निर्माण काम रोकिएको थियो।

‘चीन र इट्लीबाट केही सामान आउनुपर्ने थियो। चीनमै पहिला कोरोना देखिएपछि आउन सकेन, काम रोकियो,’ उनले भने, ‘कामदारको पनि बीचमा अभाव नै भयो।’ फिटिङ गर्ने कामदार सबै भारत (घर) गएकाले समयमै होटल निर्माण गर्न नसकिएको गोल्यानले बताए।

योजनाअनुसार होटल सञ्चालनमा नआउँदा निर्माण लागत बढेको उनी बताउँछन्। समूहलाई डेढ वर्षको अवधिमा एक अर्ब घाटा भएको उनले जानकारी दिए।

यो होटल निर्माण सन् २०१६ मा सुरू गरिएको हो। निर्माण चार वर्षमा सकिँदा बढीमा चार अर्ब रूपैयाँ लागत लाग्ने अनुमान थियो। अहिले कोरोनाका कारण होटलको लागत पाँच अर्ब पुगेको गोल्यानले बताए।

‘उद्योगी भएपछि घाटा–नाफा बेहोर्नै पर्‍यो। तर यो कोरोनाले हामीले सीमाभन्दा बढी घाटा बेहोरेका छौं। मौद्रिक नीतिले ब्याजमा केही राहत दिएको छ,’ उनले भने।

कोरोना महामारीले दुई/तीन वर्ष होटल घाटामै चल्ने तर पछि पर्यटन व्यवसाय फस्टाउनेमा उनी विश्वस्त छन्। होटलको मुख्य लक्षित ग्राहक भनेका अमेरिका, भारत, चीन लगायत युरोपियन देशका पर्यटक हुन्।

‘अहिले हामीलाई मान्छे कहीँ घुम्नै जाँदैनन् भन्ने लागेको छ। तर मानिसलाई उकुसमुकुस भइसकेको छ,’ उनले भने, ‘पछि त पर्यटन व्यवसाय फस्टाउँछ नै।’ यो परिस्थितिमा मान्छेले लामो यात्रा नगर्ने हुनाले एसियाका पर्यटन व्यवसाय फस्टाउने उनले देखेका छन्।

‘नेपालमा आठदेखि नौ महिना राम्रो मौसम हुन्छ। गर्मी महिना भने पनि जुन–जुलाइमा त्यति गर्मी हुँदैन। र जाडोमा पनि युरोपतिरको जस्तो जाडो हुँदैन। मान्छे युरोप र अमेरिका जाँदैनन्। घुम्ने भनेको एसियामै हो,’ उनले भने, ‘कोरोनाले अब होटल चल्दैन भन्ने लाग्दैन।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!