बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दोस्रो बिमस्टेक संयुक्त सैनिक अभ्यासमा नेपालको पनि सहभागिता

अघिल्लोपल्ट सत्ताधारी पार्टीभित्रै विरोध भएपछि ओलीले नेपाली सेना अभ्यासमा सहभागी नहुने निर्णय गरेका थिए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, राजनीति
पुस ५, २०७८ २१;५४ मध्यान्ह प्रकाशित
दोस्रो बिमस्टेक संयुक्त सैनिक अभ्यासमा नेपालको पनि सहभागिता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — भारतको पुनेमा सोमबार सुरु भएको तीन दिने दोस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) संयुक्त सैनिक अभ्यासमा नेपालबाट पनि सहभागिता भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार उक्त अभ्यासमा नेपालबाट सैनिक पर्यवेक्षकको हैसियतमा एक जना महासेनानीले प्रतिनिधित्व गरिरहेका छन् । साथै, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा रहेका सैनिक सहचारी रामचन्द्र खत्री कार्यक्रममा सहभागी हुन पुनेमा गएका छन् ।

प्रवक्ता पौडेलले उक्त अभ्यास विपद् व्यवस्थापन प्रतिकार्यमा रहेको र त्यहाँ अनुभवको आदान–प्रदान हुने बताए । उक्त अभ्यासमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका सुरक्षाकर्मीले सहभागिता जनाएका छन् । संयुक्त सैनिक अभ्यासमा महामारीको पृष्ठभूमिमा प्राकृतिक प्रकोपसँग जुध्न संयुक्त प्रतिक्रिया संयन्त्र विकास गर्ने उद्देश्यले बिमस्टेक मुलुकहरुको बहुराष्ट्रिय मानवीय सहायता र विपद् राहत अभ्यास भएको सेनाले जनाएको छ ।

सन् २०१८ को सेप्टेम्बरमा पुनेमा हुन लागेको पहिलो संयुक्त सैनिक अभ्यासमा नेपालले सहभागिता जनाएको थिएन । त्यस बेला ६ दिनको संयुक्त अभ्यास आयोजना गरिएको थियो । उक्त अभ्यास सेप्टेम्बर १० देखि १५ सम्म थियो । नेपालका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त अभ्यासको समापन कार्यक्रममा जाने तय भएको थियो । तर अभ्यासका बारेमा नेपालमा विरोध हुन थालेपछि तत्कालिन केपी शर्मा ओली सरकारले उक्त अभ्यासमा नेपालको तर्फबाट सहभागिता नजनाउने निर्णय गरेका थिए ।

ओलीले तत्कालिन नेकपा भित्रैबाट उक्त अभ्यासमा सहभागिता जनाउने सम्बन्धमा विरोध भएपछि नेपाली सेनालाई जानबाट रोक्ने निर्णय गरेका थिए । नेपालले सुरुआतमा सहभागिता जनाउने वचन दिए पनि अभ्यासका लागि नजाने भएपछि भारत रिसाएको थियो । उक्त अभ्यासमा भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका सुरक्षाकर्मीले सहभागिता जनाएका थिए ।

यस पटक विपद् व्यवस्थापनको क्षेत्रमा मात्र अनुभवहरु साटासाट गर्नको लागि नेपाली सेनाका अधिकारी पर्यवेक्षकको रुपमा पुने गएको सैनिक प्रवक्ता पौडेलले बताए । उनले पहिलो सैनिक अभ्यासका दौरान नेपालबाट पहिलो सहभागिता जनाउने भनिए पनि पछि सहभागिता नजनाएको प्रष्ट पारे । ‘नेपालमा हामीले अन्य सैनिकहरुसँग जसरी संयुक्त सैनिक अभ्यास गर्दा विपद् व्यवस्थापनका सम्बन्धमा अभ्यास गर्दै आइरहेका छौं । बिमस्टेकको संयुक्त सैनिक अभ्यासमा पनि त्यहि विषयमा अनुभवहरु आदान–प्रदान गरिनेछ,’ उनले भने ।

पहिलो बिमस्टेक सैनिक अभ्यासमा संयुक्त अभ्यासको एजेन्डा स्पष्ट नहुँदा भारतले सुरक्षा रणनीति अघि सारेको र नेपाल अन्य मुलुकसँगको सुरक्षा सहकार्यमा हुन नहुने भन्दै विरोध गएपछि सहभागिता रोकिएको थियो । यस पटक भने विपद् व्यवस्थापनको सम्बन्धमा संयुक्त सैनिक अभ्यास भएपछि नेपालले सहभागिता जनाएको सेनाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!