बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारी, प्रभावकारी भएन निःशुल्क भिसा

९८ प्रतिशतभन्दा बढीले तिर्छन् बढी रकम

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस ६, २०७८ ०९;२३ बिहान प्रकाशित
‘फ्री भिसा फ्री टिकट’ को विकल्प खोज्न बहस सुरु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, पुस ६ गते । एक लाख ७७ हजार रुपियाँ तिरेर साउदी अरबमा जानुभएका म्याग्दीका विमल थापाले न यहाँ भनिएको तलब पाउनुभयो न ज्याला नै । हेभी ड्राइभिङ कामका लागि भनेर जानुभएका थापा अहिले लेबरको काम गरिरहनुभएको छ ।

गाउँकै साथीले पठाएको भिसामा एक वर्ष पहिले मासिक ५२ हजार रुपियाँ तलब हुने, ओभरटाइम काम गरेमा तलबको दोब्बरसम्म कमाउन सकिने आश्वासन उहाँले पाउनुभएको थियो । “उहाँले साउदी अरबमा न भनेको काम पाउनुभयो न दाम नै । अहिले उहाँ स्वदेश फर्कन्छुभन्दा पनि पाउनुभएको छैन,” उहाँका भाइ विकास थापाले भन्नुभयो ।

वैदेशिक रोजगार विभागमा भेटिनुभएका विकास अहिले दाइलाई स्वदेश फर्काउने प्रयासमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “दाइलाई साउदीबाट फिर्ता ल्याउन विभागमा उजुरी गरेको छु । महिना भइसक्यो, सुनुवाइ नै भएन । दाइलाई झुक्काएर साउदीबाट भिसा पठाउने व्यक्ति फरार छन् । ”

विमल थापा मात्रै होइन, अहिले यसरी ठगिएका धेरै नेपाली युवा विदेशमा छन् । हीरा ओभरसिज नामक म्यानपावर कम्पनीबाट तीन महिनाअघि कल्याण खड्का पनि एक लाख ६५ हजार रुपियाँ तिरेर साउदी अरब जानुभयो तर रसिद चाहिँ १० हजार रुपियाँको मात्रै पाउनुभयो ।

सरकारले आठ वर्षअघि मलेसियासहित साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइनलगायतका खाडी देशमा जाँदा सेवा शुल्कबापतको १० हजारबाहेक भिसा र टिकट निःशुल्क हुने भनेको छ । थापा र खड्का त प्रतिनिधिमूलक पात्र मात्रै हुनुहुन्छ । अन्तर्राष्ट्रिय टे«ड युनियन महासङ्घ (आईटीयूसी)सँगको साझेदारीमा रिक्रुटमेन्ट एडभाइजरले गरेको अध्ययनले शून्य लागतको सट्टा भर्ना शुल्क औसतमा एक लाख रुपियाँभन्दा बढी उठाउने गरेको देखाएको छ ।

अध्ययनअनुसार मलेसिया र खाडीका देशमा २०७२ सालमै निःशुल्क भिसा र टिकट कार्यान्वयन आए पनि ती देशमा जाने वा गएका ९८ प्रतिशत श्रमिकले न्यूनतम एक लाख रुपियाँसम्म तिरेको पाइएको छ भने केबल २ प्रतिशत श्रमिकमा मात्र लागू भएको देखाएको छ ।

एक हजार ५९३ श्रमिकमा गरिएको सो अध्ययनमा ९८ प्रतिशतभन्दा बढी श्रमिकले कानुनविपरीत आफूले शुल्क तिर्न बाध्य भएको बताएका छन् ।
वैदेशिक रोजगारीविज्ञ डा. गणेश गुरुङले सरकारले लागू गरेको निःशुल्क भिसा र टिकट कार्यान्वयन हुन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिम्मेवार व्यक्तिलाई निःशुुल्क भिसा र टिकट कार्यान्वयन भएको छैन भन्ने स्पष्ट थाहा छ, किन कारबाही हुन सकेको छैन कुन्नि ?”

रोजगारदाता कम्पनीले पनि निःशुल्क भिसा र टिकटका नाममा श्रमिक अझै बढी ठगिएकाले दक्षिण एसियाली मुलुकले जस्तै न्यूनतम शुल्क लिन पाउने व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् । नेपाल वैदेशिक रोजगार सङ्घका महासचिव सुजित श्रेष्ठले अहिलेको यो महँगीमा १० हजार रुपियाँ सेवा शुल्क लिएर श्रमिक विदेश पठाउन नसकिने भएकाले अहिलेको शुुल्क बढाउन सरकारलाई आग्रह गरिरहेको तर सुनुवाइ नभएको बताउनुभयो । सरकारको निःशुल्क भिसा र टिकटको व्यवस्थाले विदेश जाने श्रमिक झनै ठगीमा परेकाले निश्चित शुल्क तोकिनुपर्ने उहाँको भनाइ छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले निःशुल्क भिसा र टिकट कार्यान्वयन भएको र कार्यान्वयन नगर्नेलाई कारबाही भएको बताउनुभयो । उहाँले कानुनले तोकेभन्दा बढी पैसा लिएको प्रमाणित भएकालाई कारबाही गरिरहेको पनि बताउनुभयो । “बिनाप्रमाण यति पैसा दिएको भनेकै भरमा कसरी कारबाही गर्नु ? त्यो त विदेश जाने श्रमिकको पनि कमजोरी भयो नि, १० हजारको मात्रै रसिद लिएर एक लाखभन्दा बढी पैसा किन तिर्नु ? प्रमाण त माग्न सक्नुप¥यो नि,” उहाँले थप्नुभयो । यो समाचार गोरखापत्रमा प्रकाशित छ

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!