बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पक्ष र विपक्षमा विश्व धु्रवीकृत भएको छ । युक्रेनको पक्षमा अमेरिकासँगको रणनीतिक साझेदार मुलुकहरू छन् भने विपक्षमा चीन बेलारुसलगायतका ठूला राष्ट्र विभाजित छन् ।

युक्रेनमाथि रुसी हमलालाई लिएर विश्व नै ध्रुवीकृत भइरहेका बेला नेपालले भने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को आपतकालीन बैठक गर्ने पक्षमा मतदान गरिसकेको छ । युक्रेनकै विषयसँग सम्बन्धित रहेर मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनबीच संवाद भएको छ । सो संवाद’bout सुरुमा ब्लिंकनले ट्वीटरमार्फत् जानकारी गराएका छन् ।

उनको ट्वीटमा नेपालका प्रधानमन्त्रीसँगको कुराकानीका क्रममा रुसले अकारण आक्रमण गरेको, तथा युक्रेनको सम्प्रभुता र भौगोलिक अखण्डताप्रति आफूहरूको समर्थनलगायतका विषयमा कुराकानी भएको उल्लेख गरिएको छ । ट्वीटमा ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीसम्बन्धी विविध मामिलामा सहकार्य जारी राख्नेछौं’ भनिएको छ । यता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ट्वीटमार्फत आफूले युक्रेनविरुद्ध रुसी आक्रमण र सम्प्रभुताप्रति आफूहरूको समर्थन रहेको जनाएका छन् । त्यसो त एक साताअघि मात्रै युक्रेन आक्रमणको विषयलाई लिएर नेपालले विज्ञप्तिमार्फत आफूहरूले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको थियो ।

यसरी नेपालसहित २९ राष्ट्रले युक्रेनको पक्षमा मत दिइरहँदा चीन विपक्षमा उभिएको छ भने भारत सो प्रक्रियामा भाग नै नलिई तटस्थ बसेको छ । दुई ठूला राष्ट्र भारत र चीनले रुसलाई अहिले चिढ्याउने पक्षमा देखिँदैनन् । तर, नेपालले भने एक कदमअगाडि बढेर अमेरिकासँगै युक्रेनको पक्ष लिनु र अमेरिकी विदेशमन्त्री र नेपालको प्रधानमन्त्री देउवाबीच भएको संवादलाई चासोका साथ हेरिएको छ ।

अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपालको संसद्बाट अनुमोदन भएको ताजा अवस्थामा अमेरिकाले स्वागत गरेको छ भने चीनले सो विषयलाई नजिकबाट हेरिरहेको बताएको छ । नेपालमा एमसीसी अनुमोदन भएलगतै चीनले आफूले सो विषयलाई नोट गरेको जनाइरहँदा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्रीसँगको संवादले अमेरिका नेपालसँग सकारात्मक भएको सन्देश दिन खोजिरहेको जानकार बताउँछन् ।

यसैबीच नेपालले युक्रेनको पक्ष लिएर मतदान गरेसँगै धेरैले नेपालको विदेश नीतिको विषयलाई लिएर चर्चा पनि गरेका छन् । नेपालको परराष्ट्रनीति २०७७ मा ‘संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताको आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्रनीति सञ्चालन गर्ने र विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धिसम्झौता गर्न संविधानले नीतिगत मार्गदर्शन गरेको’ उल्लेख छ ।

विदेश नीतिको विषयमा चर्चा भइरहँदा विज्ञहरू भने यसलाई स्वाभाविक मान्छन् । यसअघि पनि नेपालले कुनै देशमा भएको घटनाको विषयमा विरोध जनाएको उदाहरण भएको हुँदा अहिलेको यो अवस्थामा आफ्नो मत राख्नुलाई स्वाभाविक मान्नुपर्ने विज्ञको मत छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई नेपालले कुनै पनि मुलुकको पक्ष लिन नुहुने तर कुनै अर्को मुलुकमाथि कुनै पक्षले सैन्य आक्रमण गर्छ भने समर्थन गर्न नहुने भनाइ छ । नेपालले मान्दै आएको असंलग्नता र पञ्चशीलका सिद्धान्तबाट भने विचलित हुन नहुनेको उनको जोड छ ।

युक्रेनको अवस्थालाई लिएर विश्व अहिले विभाजित छ । रुससँगको निकट सम्बन्धका कारण भारतलगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन् । अमेरिकासँग रणनीतिक साझेदार मुलुक र अन्य पश्चिमा मुलुक भने युक्रेनको पक्षमा उभिएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
आक्रमण गर्न गएका रुसी सैनिक युक्रेनी महिलाहरुसँग यस्तो हर्कत किन गर्दैछन् ?
अन्तरास्ट्रिय

आक्रमण गर्न गएका रुसी सैनिक युक्रेनी महिलाहरुसँग यस्तो हर्कत किन गर्दैछन् ?

फाल्गुन १५, २०७८ १४;३४ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!