बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यूएईमा कार्यरत नेपालीले उठाए ४७ लाख, ५९ हजार पीसीआर कीट नेपाल पठाउने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
असार ७, २०७८ १२;०० मध्यान्ह प्रकाशित
यूएईमा कार्यरत नेपालीले उठाए ४७ लाख, ५९ हजार पीसीआर कीट नेपाल पठाउने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

यूएई – नेपाललाई कोरोना विरुद्धको लडाइमा सहयोग गर्न यूएईमा कार्यरत नेपालीले झण्डै ४७ लाख रुपैयाँ सङ्कलन गरेका छन् ।

यहाँ कार्यरत नेपालीहरूले सम्पूर्ण संघसंस्थाको सहभागिता तथा यूएईमा रहेको नेपाली दूतावासको संरक्षणमा ‘मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर नेपाललाई सहयोग गर्न रकम सङ्कलन गरेका हुन् ।

जेठ ३ गतेबाट सुरु गरी असार ५ गतेसम्म सञ्चालन गरेको अभियानमा ४७ लाख रुपैयाँ सङ्कलन भएको र अहिले सहयोग सङ्कलन अभियान बन्द गरिएको संयुक्त राहत सङ्कलन समितिका प्रवक्ता तथा नेपाली समाज यूएईका महासचिव बेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

सङ्कलन भएको रकमबाट नेपालमा कोरोना परीक्षणका लागि ‘पीसीआर टेस्ट किट’ पठाउने तयारी गरिएको संयुक्त राहत सङ्कलन समितिले जनाएको छ ।

अभियानले यस अघि नेपालमा भ्याक्सिन पठाउने गरी सहयोग अभियान सुरु गरेको थियो । तर भ्याक्सिन खरिद तथा नेपालसम्म लैजाने ढुवानीका लागि दुई देशबीच सम्झौता हुनुपर्ने लगायत अन्य मापदण्ड पूरा गर्नुपर्ने भएकाले थप समय लाग्न सक्ने भन्दै आवश्यकताका आधारमा परीक्षण कीटका लागि प्रक्रिया अगाडि बढाएको हो ।

समितिले पीसीआर किट पठाउन यूएईको स्वास्थ्य बजारमा मूल्य (कोटेसन) मागेको थियो । समितिले यूएईका बहु प्रतिष्ठित ६ वटा कम्पनीबाट कोटेसन जम्मा गरी आस्तर ग्रुपको आस्तर फार्मेसीमार्फत खरिद गरी किट पठाउन लागेको हो । कम्पनीले प्रति किट २.४५ यूएई दिर्हाममा  पीसीआर परीक्षण किट उपलब्ध गराएको छ । समितिले यूएईको आल सार्क अस्पताल फुजेराह, थम्बे अस्पताल दुबई, एनएमसी अस्पताल यूएई, मिना मेडिकल सप्लाई, चाइनिज कम्पनी बायो टेक कर्पोरेसन  लगायत कम्पनीबाट पनि कोटेसन लिएको थियो ।

नेपाली समुदायसँग यस अघि पनि सहकार्य गर्दै आएको आस्तरले नेपालको महामारीमा सहयोग गर्ने भन्दै अन्य कम्पनीको तुलनामा उपयुक्त मुल्यमा स्तरीय पीसीआर किट दुबई विमानस्थलसम्म पुराइदिने गरी उपलब्ध गराउने भएपछि ५९ हजार थान पीसीआर किट खरिद प्रकृया अगाडि बढाएको हो । ५९ हजार थान पीसीआर किटको झण्डै ११ सय किलो सामाग्रीको ढुवानीको जिम्मा सरकारले लिने भएको छ ।

खरिद गरिएको किट नेपालसम्म पु¥याउन ढुवानीका लागि नेपाल सरकारले जिम्मा लिने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । दूतावासले परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा नेपाल एयरलाइन्ससँग समन्वय गरेर आउँदो बुधवार २३ जुन वा दोस्रो विशेष उडानमार्फत आउँदा जुन ३० सम्म किट नेपाल पठाउने गरी काम गरिरहेको राजदूत ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

राजदूत ढकालले यूएईमा कार्यरत नेपालीले आफ्नो गाँस कटाएर सङ्कलन गरेको रकमले पीसीआर किट खरिद गरेर महामारीमा राज्यलाई सहयोग गर्नु उच्च प्रशंसनीय कार्य भएको बताउनुभएको छ ।

राहत संकलन अभियानमा यूएईमा प्रक्रिया वैचारिक सङ्गठन, नेपाल एसोसिएसन, नेपालीज बिजनेस काउन्सिल, एनआरएनए, नेपाली समाज यूएई तथा यसमा आबद्ध सम्पूर्ण जिल्ला, गाउँ, नगर, सङ्घसंस्था, आदिवासी जनजाति महासङ्घ लगायत सयभन्दा बढी नेपाली संघसंस्थाहरूले सहयोग गरेका छन् ।

यूएईबाट पठाइने ५९ हजार पीसीआर किट हरेक प्रदेशमा समान रूपमा वितरण गरिने भएको छ । यूएईबाट नेपाल पु¥याएर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशमा समान ८ हजार ४ सय २८ थान कीटका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको राहत समितिले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!