बैदेशिक पोष्ट
२०८० अशोज ८, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

झापा। भद्रपुर नगरपालिका–५ का पाँच युवा चिनेजानेका विचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन्। संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्ष अघि ती युवाबाट रु तीन लाख ५० हजार असुलेका थिए। उराउ वैदेशिक रोजगारीमा युवा खोज्ने विचौलिया हुन् ।ठगीको शिकारमा परेका बेचन यादव, रोहित यादव, राजीव सहनी, मनोज मण्डल र सञ्जय चौधरीलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी रकम असुलेपछि विभिन्न बहानामा आलटाल गर्दै आएका पीडक उराउले गतवर्ष वडाध्यक्षको रोहवरमा रकम तिर्ने भाकासहितको कागजमा सही पनि गरेका थिए।

पाँच वर्ष वितिसक्दा पनि पीडित युवा नत वैदेशिक रोजगारीमा जान पाए, नत ऋण काढेर जम्मा गरेको उनीहरुको रकम फिर्ता नै भयो। “गाउँकै चिनेजानेको दाइ भएकाले उहाँले भनेको पत्यायौंँ,” ठगीमा परेका भद्रपुर–५ बेचन भन्छन्–“पैसा पहिल्यै जम्मा गर्न लगाउनुभयो । भनेकै बेला ऋण काढेर भए पनि दियौं तर अहिले विदेश पठाउने कुरै हरायो, पैसा पनि फिर्ता पाउन सकेनौँ ।” पर्ख भन्दै आलटाल गरेको तीन वर्ष बितेपछि पीडितहरुले गत वर्ष नगरपालिकालाई गुहारेका थिए। वडाध्यक्ष बन्धु कार्कीको रोहवरमा २०७८ असार २७ गते चार महिनाको भाका राखी रकम तिर्ने कबुलनामा कागज समेत गरिएको थियो तर कागजमा तोकिएको भाकाभित्र पनि उराउले रकम फिर्ता गरेनन्। आर्थिक रुपमा विपन्न परिवारका ती पाँच युवा आफ्नो पीडा बोकेर वैदेशिक रोजगार विभाग पुगे। विसं २०७८ मङ्सिर २८ गते विभागमा उनीहरुले उजुरी पनि दिए।

तर विभागले पनि अहिलेसम्म पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन।“यस्तो मुद्दा वैदेशिक रोजगार विभागले हेर्छ भनेर सल्लाह पाएपछि हामी पाँचै जना मिलेर संयुक्त निवेदन दियौँ,” अर्का पीडित भद्रपुर–५ का २८ वर्षीय राजीव भन्छन्,“विभागका सरहरुले व्याजसहित रु पाँच लाख ५० हजार तिराइदिन्छौँ भन्नुभएको छ ।”पीडितका अनुसार उक्त विभागले यस मुद्दामा कारबाही प्रक्रिया अघि बढाए तापनि परिणाम भने निस्किएको छैन। विभागले पीडक उराउविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ। पक्राउ पूर्जी जारी भएको सुइँको पाएपछि उनी फरार भएका छन्। अचेल गाउँतिर उनी देखिदैनन्। पीडितहरु प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेकामा निराश छन्।

प्रशासनमा उजुरीको चाङ
वैदेशिक रोजगारीमा भएका ठगीका घटनामा प्रमुख जिल्ला अधिकारीसमक्ष समेत उजुरी दिन सकिने कानुनी व्यवस्था छ। झापामा एक वर्षमा वैदेशिक रोजगारीका ठगी सम्बन्धी ३४ वटा उजुरी दर्ता भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन्। उनी प्रजिअको रुपमा झापा आइसकेपछि नै २० वटा त्यस्ता उजुरी प्रशासनमा परेका छन्। आपसी सहमतिमा रकम फिर्ता हुने रहेछ भने जिल्लामै छलफल चलाउने र नभए आवश्यकता अनुसार वैदेशिक रोजगार विभागमा उजुरी गर्न पठाउने कार्य हुँदै आएको प्रजिअ रिजाल बताउँछन्।

एक वर्षमा पाँच वटा मुद्दामा पीडितहरुको रु २३ लाख ६० हजार फिर्ता गराएको र अरु पाँच वटा मुद्दाको रकम फिर्ता गर्ने सहमति भएको छ भने आठ वटा मुद्दालाई विभागमा पठाइएको उनको भनाइ छ। बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको शिकार बन्ने क्रम बढेको छ। “ठगी गर्नेलाई कानुनी कारबाही गरेर रकम फिर्ता गराउने र पीडकलाई दण्डित गर्ने कुरा त छँदैछ,” प्रजिअ रिजाल भन्छन् –“रोजगारीमा जान लागेको व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना रहँदैन। पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन्।”रोजगारीमा जाने व्यक्ति र उसको अभिभावकलाई पालिकास्तरमै परामर्श दिन हेल्प डेस्क राख्ने हो भने ठगीको समस्या न्यूनीकरण हुने प्रजिअ रिजालको सुझाव छ। – रासस

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
भिजिट भिसामा कडा शर्त: पूर्वस्वीकृति अनिवार्य, फर्किने सुनिश्चितता, अंग्रेजीमा दख्खल
प्रबास

भिजिट भिसामा कडा शर्त: पूर्वस्वीकृति अनिवार्य, फर्किने सुनिश्चितता, अंग्रेजीमा दख्खल

फाल्गुन १९, २०७८ ०९;२५ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!