काठमाडौं : मलेसियाकाे भ्रष्टाचारविरूद्ध छानविन गर्ने निकायले बेष्टिनेटकाे क्लालाम्पुरस्थित कार्यालयमा छापा मारेको छ । मलेसियाकाे “दातुक शेरी“ उपाधि लिएका बंगलादेशका नागरिक अमिनले सञ्चालन गरिरहेका बेष्टिनेट कम्पनीले मलेसियामा राेजगारीमा आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण रिपोर्टकाे परीक्षण `स्क्रिनिङ´ गर्दै आइरहेकाे छ ।
गत जुन महिनामा मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्काे बंगलादेश भ्रमणमा मलेसिया कामदार पठाउन २५ वटा मात्र म्यानपावर कम्पनी छनाोट गरी सिण्डिकेट खडा गरेको अमिन र मन्त्री साराभानन् माथि आराेप छ ।
उक्त आराेप लागि रहेको बेला मलेसियाकाे भ्रष्टाचारविरूद्ध छानविन गर्ने निकाय (एसपीआरएम)का अधिकारीहरूले बेष्टिनेट कम्पनीको कार्यालयमा छापा मारी लामाे साेधपुछ गरेको मलेसिया तथा बंगलादेशका छापा तथा विद्युतीय सञ्चार माध्यमहरूले उच्च प्राथमिकताका साथ समाचार छापेका छन् ।
अमिन मिर अब्दुल नुर मलेसियाका पूर्व गृहमन्त्री जहिदीका बहिनी ज्वाइँ हुन् । त्यसकै आडमा उनले “दातुक शेरी”को उपाधि लिएर सिण्डिकेट खडा गरेको आराेप छ । उनलाई मंगलबार र बुधबार पटकपटक बंगलादेशमा २५ वटा म्यानपावर कम्पनी छनोट सम्बन्धमा साेधपुछ गरिएको र कुनैपनि बेला प्रहरीले पक्राउ गर्न कडा निगरानीमा राखिएको बताइएकाे छ। प्रहरीले बेष्टिनेटका केही कर्मचारीलाई बंगलादेशको सिण्डिकेट खडा गरिएको विषयमा छानविनका लागि नियन्त्रणमा लिएको छ ।
बेष्टिनेटका कर्मचारी पक्राउ गरेपछि मलेसियाकाे भ्रष्टाचारविरूद्ध छानविन गर्ने निकायका अधिकारी क्वालालम्पुरमा रहेको बंगलादेशको हाई कमिशनसंग बंगलादेशमा २५ म्यानपावर कम्पनी छनाेटमा उस्काे संम्लग्नता बारेपनि साेधपुछ गरेका छन् । बंगलादेशमा १५ सय म्यानपावर कम्पनी छन् ।मलेसियाकाे भ्रष्टाचार विरूद्ध छानवीन गर्ने निकायले २५ वटा मात्र छनाेट गरिनुपर्ने कारण र त्यसबारेमा आधिकारिक कागजात रहेको बारे पनि साेधेकाे समाचारमा उल्लेख छ।
यता बंगलादेशको एक्सपार्टीज वेयलफेयर एण्ड ओभरसिज एम्लाईम्न्ट मन्त्री ईमरान अहमदले मलेसियाका लागि २५ म्यानपावर कम्पनी छनाैटकाे शुचि नपठाएको बताएका छन् ।
छनाैटमा सूचीमा परेका म्यानपावर कम्पनीले राेजगारीका लागि मलेसिया जान चाहने कामदारको स्वास्थ्य परिक्षण र पासपोर्ट संकलन गर्दै चर्काे शुल्क असुल्न शुरू गरेको बताईएकाे छ । मलेसियाका म्यानपावर कम्पनीले प्रति कामदार सरदर सवा चारलाख टाकासम्म उठाउने गरेकोे चर्चा छ।
प्रतिक्रिया लेख्नुहोस्:-