बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन्दर्भ संगीत दिवसः गीतको कारण जोनले जब ज्यान गुमाए…

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
असार ७, २०७८ १४;३६ मध्यान्ह प्रकाशित
सन्दर्भ संगीत दिवसः गीतको कारण जोनले जब ज्यान गुमाए…
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

केही दिन अगाडि काममा रेडियो सुन्दै गर्दा जोन लेननको इमाजीन.. गीत बज्यो। मैले पनि गुन गुनाउन थालेँ। नजिकै बसेका एक जना गोरा साथीले यहीँ गीतको कारण जोनले  ज्यान गुमाउन परेको भन्यो। मैले आश्चर्य सहित प्रश्न गरे- किन?

‘यो गीत गाएकोले उनलाई सबैले कम्युनिस्ट भन्थे। ८० को दशकमा अमेरिकामा कम्युनिस्ट भनेपछि अतिनै सशंकित हुन्थे।’

त्यो भन्ने बित्तिकै मलाई ओरागनमा ओशोको आश्रमको याद आयो। केही दिनदेखि म यो विषयमा केही लेख्नुपर्छ कि, भनेर सोच्दै थिएँ। तर आज जोनको विषयले मेरो ध्यान बढी खिच्यो।

मलाई अहिलेसम्म पनि राम्रो सम्झना छ जयन्द्र दाइ अमेरिकाबाट फर्किनुहुँदा एउटा  ठूलो स्टेरियो पनि ल्याउनु भएको थियो। गीतका केही सीडी पनि हुने नै भयो। अमेरिकाबाट ल्याएको अङ्ग्रेजी गीतहरू नबुझे पनि सुन्न थालियो। त्यस मध्ये एउटा सिडीको खोलमा गीत पनि लेखिएको थियो। जोन लेननको त्यही गीतले मलाई पहिलो सुनाइमा नै आकृष्ट गर्‍यो। गीतको आशय यस्तो थियो

कल्पना गरौं
हामी माथि  स्वर्ग  वा तल नर्क छैन ,
हामी माथि मात्रै खुला आकाश छ
मानिस सबै आजको लागि बाँचेको छ।
मानौं यहाँ कुनै देशको सीमा छैन
कसैलाई मार्ने र मर्ने कुनै धर्म छैन
कति शान्त हुन्थ्यो होला मानिसको जीवन।
माने लिउँ त मेरो मात्रै  भन्ने नभए
मानवताको नाताले संसार सबैको साझा उपभोग हुने हुँदा
लोभ वा भोक भन्ने हुँदैन थियो।
सबैलाई लाग्ला यस्तो सपना देख्ने म एक्लै हुँला
मलाई विश्वास छ एकदिन सबैले यो स्वीकार गर्ने छ
र सारा संसार एकै हुनेछ।

हामी पनि त्यहीँ भावका गीतहरू गाउँदै हिड्ने राजनीतिमा सक्रिय भएको हुँदा यो गीत सारै मन पर्‍यो। संसारको अर्को कुनामा यस्तो गीत गाउँदा हामी नेपालमा पनि ‘आकाश मिल्छ, धरती मिल्छ सिमाना मिल्दैन! मानिस सबको रगत एउटै मन किन मिल्दैन? लाई संगीतका साथ प्रश्तुत गर्थ्यौं।

अहिले पनि कहिले काही यु ट्यूवमा अंग्रेजी गीत सुन्न मन लाग्यो भने खै किन हो सबैभन्दा पहिला जोन लेनन नै टाइप गर्न पुग्छु। त्यसपछि बब मार्ले तिर लाग्छु।

अमेरिकाबाट ल्याएको गीत गाउने मान्छे अमेरिकन नै होला भन्ने लाग्नु स्वाभाविक नै थियो।  त्यति बेला सेतो छाला हुने सबैलाई अम्रिकन भन्ने चलन थियो नै। हुन् त् हामी त्यतिबेला अखिलको कार्यक्रम हरुमा प्रगतिशील गीत गाउँदा ने बि संघको कार्यक्रममा भने विभिन्न स्थापित कलाकारहरुले त्यति बेला चलेका विभिन्न नेपाली हिन्दी र अंग्रेजी  गीतहरु गाउने गर्थ्यो।

मलाई अहिले पनि सम्झना छ त्यतिबेला एउटा अंग्रेजी गीत मात्रै गाउने समूह थियो।  कपाल लामो लामो पालेका विभिन्न प्रकारका पोशाक र चश्मा लगाएका आठ दश जना युवाहरुको समूह नै थियो।  अरूको कार्यक्रम सकेपछि स्तेज्भारी ड्रमशेट सहितका बाजागाजासहित एक डेढ घण्टा अंग्रेजी गीत गाउँथे। शायद त्यतिबेला उत्कर्षमा रहेको पप सगीत संगीतको परिणाम थियो त्यो। जोन लेनन विटल्सका एक सदस्य हुन् भन्ने अलि पछि मात्रै  थाहा भयो।  मैले पहिलो पटक हिजै चर्चा चलेपछि मात्रै उनको बारे केही थप जानकारी लिन पुगे। बेलायतमा जन्मे हुर्केका चालीस वर्षकै छोटो उमेरमा अमेरिकामा बसोबास गर्ने संसार प्रख्यात गायक गोली प्रहारका कारण ज्यान गुमाउन पुगेका रहेछन्।

जोन लेननका हत्यारा मार्क च्यापम्यानका बावु यु एस एयर फोर्समा सर्जेन्ट थिए। आमा र बाबुबीच राम्रो सम्बन्ध थिएन। उनको आमा घरेलु हिंशाबाट अति नै पीडित थिइन्। उनकै अगाडि आमालाई  बाबुले  कुटपिट गर्दा उनले केही गर्न न सकेकोमा सधैं आत्मग्लानि हुन्थे। सानो उमेरदेखि नै यी सबै घटनाले उनको मानसिकतामा नकारात्मक प्रभाव पार्नु स्वाभाविक नै थियो।

त्यतिबेला नै अमेरिकी समाजमा प्ले व्वाई म्यागेजिनले युवामा ठूलो छाप पारेको थियो। उनी पनि यसबाट अछुतो हुने प्रश्नै भएन। करीब १६ वर्षको उमेरमा उनले जेडी सालिंगेरले लेखेको पुस्तक द क्याचर इन द राइले उनको जीवन नै परिवर्तन गरिदियो।

उनी त्यसपछि कट्टर क्रिश्चियन बन्न पुग्यो। गीत संगीतमा पनि उनको राम्रो शौख थियो। विटल्स विशेष गरी जोन लेननलाई उनले साह्रै मन पराउँथे। साथीसँग बेला बखत आफू पनि जोन लेनन जस्तै ठूलो गाएक बन्ने सपना सुनाउँथे। आफू जसरी भए पनि प्रख्यात बन्ने उनको भित्री मनमा खेलिरहन्थ्यो। यही विषयमा विचार गर्दा गर्दै उनी एक दिन गजबको निर्णयमा पुगे। आफैं प्रख्यात बन्न धेरै मेहेनत गर्नुपर्ने त्यो पनि सफल हुने हो कि हैन थाहा नहुने हुँदा बरु कुनै ख्याती प्राप्त मानिसलाई मार्न पाए आफ्नो नाम पनि प्रचार प्रसार हुने सजिलो उपाए समात्ने निर्णयमा पुगे।

कसलाई मार्दा बढी प्रख्यात भइन्छ भन्नेबारे उनले निकै दिमाग घुमायो। त्यति बेला नाम चलेका रोनाल्ड रेगन, पोल म्याकर्थि, ज्याकी केनेडी, एलिजाबेथ टेलर र जोन लेनन उनको सूचीमा समावेश गरेका थिए। त्यतिबेला जोन लेननले दिएको एउटा अन्तरर्वार्ताले मार्कको निकै ध्यान आकर्षण गर्‍यो। लेनिनले संसारमा  विटल्स  जिससभन्दा पनि बढी नाम चलेको छ एक दिन क्रीश्चियानीतिलाई पप संगीतले पछाडि पार्नेछ समेत भनेका थिए।

उनले विश्वास गरेको  धर्म माथिको यो कठोर टिप्पणीले मार्कलाई ठूलो आघात पुर्‍याएको थियो। लेनिनले गाउने गरेको गीतहरू र उनको जीवन यापनका शैली आकाश जमिनको फरक हुनु पनि उनी मार्कको निशानामा परेका थिए। भनाइ र गराइमा एक रूपमा नभएको मानिसलाई मार्कले खासै राम्रो नमान्ने रहेछ। लेननले गाएका धेरै गीतमा धनी  गरिबका खाडलहरू, उचनीचताका पर्खालहरू, निरिह र शक्तिशाली बीचका असमानताहरु  बारे प्रश्न उठाएका छन्। तर उनको आफ्नै जीवन भने अति नै शौखिन पाराको थियो। आर्थिक भौतिक रूपमा उनको जीवन अति नै कुलिन खालको थियो। यी सबै कारणले मार्क ले जोन लेनन लाई नै आफ्नो निशानको अन्तिम सूचीमा पारे।

त्यही योजना मुताविक २७ अक्टोबर १९८० मा उनले आफू बसोबास  गर्दै आएको हवाई राज्यमा एउटा रिभलबर खरिद गरेका थिए। ६ डिसेम्बरमा उनी हवाईबाट न्युयोर्क गए। जहाजमा अहिले जस्तो कडा जाँच पड्ताल त्यति बेला हुँदैन थियो। शुटकेशमा स्क्यानसम्म पनि गर्दैन थियो। शंका लागेको खण्डमा मात्रै अलि बढी जाँच गर्ने हुँदा उनले सजिलै हतियार सहितको झोला लान सफल भए।

८ डिसेम्बरका दिन दिउँसो एउटा कार्यक्रममा पुगेर जोनसँग उनले एउटा अटोग्राफ पनि हस्ताक्षर गराए छोटो कुराकानी पनि भयो। राती जोनको डकोटास्थित बासस्थान अगाडि कुरेर बसे। रातको करीब १०:५० बजे तिर जोन आफ्नो श्रीमतीसँगै लिमोजिनमा आउँछन्। दिउँसो आफैसँग भेटेका फ्यान राती आफ्नै घर अगाडि पनि भेटियो भन्ने लागेर अन्यथा सोचेनन्। यसो हात उठाएर अगाडि बढेका थिए पछाडिबाट पाँच फायर चल्यो र जोन ढल्यो। तुरून्तै एम्बुलेन्स आई पुग्यो। मार्कले भने झोला बाट त्यही १६ वर्षको उमेर मा पढेको किताब निकालेर पढन थाल्यो। पुलिस आएर पक्राउ नगरेसम्म उनी त्यही बसिरह्यो उता हस्पिटल पुगेको क्षण भरमै जोनलाई मृत घोषणा गर्‍यो।

त्यति बेला जोन लेननले युद्वको खिलापमा धेरै गीत गाएका थिए। वार इएज ओभर, इन्ड द वार इन भियतनाम, फर लाइफ, मेक लभ नट वार, गिभ पिस अ चान्स’ जस्ता गीतका कारण धेरै  अमेरिकी अधिकारी तथा राजनीतिज्ञ हरु उनी माथि निगरानी राख्नुपर्ने पक्षमा थिए।

उनका विचारहरू अमेरिकाले अंगिकार गरेको नीतिभन्दा अलग भएको हुँदा उनलाई कम्युनिस्ट नजिक भएको अन्दाज लगाउनु स्वाभाविक थियो। उनको हत्या भएको खबर डढेलोझै संसारभरि फैलियो। अमेरिकी सरकारलेनै हत्या गरेको हो भन्ने अनुमान पनि धेरैको थियो। उनको घर अगाडि धेरै समयसम्म उनका अनुयायी शुभचिन्तकले शोक मनाएका थिए।

त्यतिबेला मात्रै २५ वर्षका मार्क अहिलेसम्म पनि आजीवन कारावासको सजाय भोगिरहेका छन्। ६५ वर्षिय मार्क अहिले न्यूयोर्कको वेन्ड करेक्सनल फ्यासिलिटीमा आफ्नो बाँकी जीवन गुजारीरहेकाले त्यो हत्यामा उनको मात्रै सहभागिता भएको हुन पर्छ।

यदि अमेरिकी सरकारको नै संलग्नता भएको भए आजसम्म पनि उनले जेल जीवन बिताउन नपर्ने थियो कि, भन्ने मेरो अनुमान छ। उनले बीस वर्ष कैद सजाय भुक्तानी गरे पछि कारावास मुक्त हुन निवेदन दिन पाइने कानूनी व्यवस्था भए अनुसार अहिलेसम्म एघार पटक निवेदन अस्वीकार भइसकेको छ।

तीन सदस्यीय विशेष समितिमा जोनका श्रीमती योकोले मार्कको बाँकी जीवन  कैदमा नै बिताउन परोस् भनेर याचना गर्दै आएकी छिन्। सेतोपाटिले छापेको छ l

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!