बैदेशिक पोष्ट
२०८२ माघ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यूएईमा आत्महत्या गर्ने नेपालीको संख्या बढ्दो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, युएई
माघ २८, २०७८ ०७;३२ बिहान प्रकाशित
यूएईमा आत्महत्या गर्ने नेपालीको संख्या बढ्दो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पछिल्ला वर्षहरुमा युनाइटेड अरब ईमिरेट्स (यूएई) मा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्न थालेको छ । भिजिट भिसामा यूएई आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । भोजपुरका सागर राईले गत वर्ष मार्चको २३ तारिखमा दुबईको मरिना जुमेराबाट समुद्रमा हाम फालेर आत्महत्या गरे । दलाललाई ३ लाख रुपैयाँ तिरेर राम्रो कामको आशामा यूएई आएका राईले दलालले भने जस्तो काम नपाएपछि आत्महत्याको बाटो रोजेका थिए । श्रम स्वीकृति नलिइकन भिजिट भिसामा आएकोले उनले नेपाल सरकारबाट पाउने कुनै पनि क्षतिपूर्ति समेत पाएनन् ।

धादिङकी रेणु थापाले सन् २०२० डिसेम्बर २६ तारिखका दिन दुबईमा आत्महत्या गरिन् । दलालमार्फत अध्यागमन सेटिङ गरेर भिजिट (पर्यटक) भिसामा यूएई आएकी थापाले के कारणले आत्महत्या गरिन् अहिलेसम्म खुल्न सकेको छैन । परिवारको सहमतिमा उनको शव यूएईमै दाहसंस्कार भयो । उनकी २ जना छोरीहरू छन् । थापाले भिजिट भिसामा यूएई आउनको लागि दलाललाई १ लाख ३० हजार रुपैयाँ तिरेकी थिइन् ।

त्यसैगरी, स्याङ्जाका राजकुमार श्रेष्ठ र नवलपरासीका बिबेक थापाले पनि यूएईमै आएर आत्महत्या गरे। उनीहरु दुवैजना अध्यागमन सेटिङ मार्फत भिजिट भिसामा यूएई आइपुगेका थिए । राजकुमार र बिबेकले पनि अरु झै दुईदेखि तीन लाख रुपैयाँ दलाललाई बुझाएका थिए ।

काभ्रेपलान्चोक चौरी देउरालीका लक्षुराम तामाङको शव ३ महिना सम्म अलपत्र पर्यो । भिजिट भिसामा गत साल असोज २२ गते यूएई आएका उनी यूएई पुगे लगत्तै बेपत्ता भएका थिए । यूएईको स्थानीय प्रहरीले तामाङको बारेमा नेपाली दूतावासलाई जानकारी गराएपछि मात्र सवारी दुर्घटनामा उनको मृत्यु भएको परिवारले थाहा पाए ।

त्यसैगरी सिन्धुपाल्चोक घर भएका बिकास भुजेल यूएई आउने बित्तिकै बेपत्ता भए । उनको पनि मृत्यु भईसकेको थियो । मृत्यु भएको महिनौ दिन सम्म पनि उनको आफन्त सम्पर्कमा नआए पछि स्थानीय प्रहरीले नेपाली दूतावासलाई खबर गर्‍यो । भिजिट भिसामै आएका उनी को हुन्, कहिले र कसरी मृत्यु भयो भन्ने बारे पत्ता लगाउन दूतावासलाई निकै कठिन पर्यो । ऋण गरेर दलाललाई ३ लाख रुपैयाँ बुझाएर यूएई आएका भुजेलको शब नेपाल फर्काउन परिवारले सार्वजनिक रुपमै हार गुहार गर्नु पर्यो ।

नेपाली दूतावास अबुधाबीका अनुसार सन् २०२१ मा भिजिट (पर्यटक) भिसामा यूएई आएर मृत्यु भएका नेपालीहरुको संख्या १२ जना रहेको छ । रुकुमका मिलन घर्ती मगर, उदयपूरका स्वस्ती विश्वकर्मा, सुनसरीका भोजराज सन्जेल, काठमाडौँकी पूर्ण शोभा मानन्धर, नुवाकोटका अम्बर बहादुर गुरुङ, दाङका बिबस केसी र सर्लाहीका बुद्द सिंह वाइबाको बिभिन्न कारणले यूएईमा मृत्यु भएको हो । उनीहरु सबै जनालाई दलालले अध्यागमन सेटिङ मार्फत भिजिट भिसामा यूएई ल्याएका थिए । भिजिट भिसामा आएर मृत्यु हुनेहरु मध्ये ५ जनाको मृत्यु कोभिड–१९ को कारण भएको थियो । उनीहरुको शवलाई यूएईमै ब्यवस्थापन गरिएको छ । भिजिट भिसामै आएका अन्य ३ जनाको मृत्यु भने हृदयघातका कारण भएको दूतावासले जनाएको छ ।

नेपाली दूतावास अबुधाबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा यूएईमा १३८ जना नेपालीहरुको मृत्यु भएको छ । जसमध्ये २८ जनाले आत्महत्या गरेका थिए । सन् २०१८ मा यूएई आएर आत्महत्या गर्नेको संख्या ३३ जना रहेको थियो । त्यसैगरी २०१९ मा १७ र सन् २०२० मा ४४ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्ने मध्ये ४३ प्रतिशत भिजिट भिसामा यूएई आएका नै छन् ।

गत बर्ष कोभिड–१९ को कारण मानसिक तनावले गर्दा पनि धेरै नेपालीहरुले आत्महत्या गरेको बताइन्छ । सन् २०२० मा कोरोनाको कारण यूएईमा ३२ जना नेपालीहरुको मृत्यु भयो । सन् २०२२ को दोश्रो हप्ता सम्म १५ जना नेपालीहरुको मृत्यु भईसकेको छ । यसमा पनि आत्महत्या गर्नेहरुको संख्या ३ जना रहेको छ । उनीहरु भिजिट भिसामा काम खोज्न यूएई आएका थिए ।

राम्रो कमाई हुने आशामा दलालमार्फत अध्यागमन सेटिङ गरेर भिजिट भिसामा यूएई आएकाहरु पछिल्लो समय मृत्यु हुने क्रम पनि निकै बढेको छ। भिजिट (पर्यटक) भिसामा यूएई आउनेहरु काम खोज्नेको लागि आफ्नो देश छोडेका हुन्छन् । ठुलो धनराशि खर्चेर धेरै पैसा कमाउने सपना बोकेर भिजिटमा आउने अनि भनेजस्तो नभएपछि निराश भएर आत्महत्या गर्नेहरु धेरै छन् । भने, कतिपयले पारिवारिक तनावका कारण पनि आत्महत्या गर्ने गरेको पाइन्छ । दलालहरूको प्रलोभनमा परेर परिवारलाई समेत जानकारी नदिई यूएई आउने भएकाले कुनै पनि कारणले मृत्यु भएमा उनीहरुको पहिचान गर्न कठिन हुने गरेको पाइन्छ ।

कोरोना महामारीको पछिल्लो अवस्थामा पनि गत एक बर्षमा ८० हजारको हाराहारीमा नेपालीहरु भिजिट भिसामा काम खोज्न यूएई आएका छन् । कोभिडका कारण पूर्ववत् अवस्थामा नफर्किएको यूएईको श्रम बजारले यति धेरै नेपालीलाई रोजगारी दिन नसकेपछि अलपत्रका केसहरू हरेक दिन सार्वजनिक हुन थालेका छन् । कोरोना महामारी भन्दा अगाडि बर्षेनी २ लाख नेपालीहरु भिजिट (पर्यटक) भिसामा यूएई आउने गरेको देखिन्छ । उनीहरुमध्ये अधिकाँश बैदेशिक रोजगारीको खोजीको लागि आएका हुन् । यूएई आउने भिजिट भिसाको सालाखाला खर्च प्रति ब्यक्ति २ लाख रुपैयाँ मात्र आधार मान्ने हो भने पनि बर्षेनी अर्बौँ रुपैयाँ खर्च हुने गरेको देखिन्छ ।

बर्षेनी यतिधेरै नेपालीहरुले एउटै मुलुकमा गएर आत्महत्या गर्दा पनि सरकारले यसबारे कुनै चासो देखाएको छैन । नेपाली दूतावास अबुधाबीका राजदूत कृष्ण प्रसाद ढकालले बैदेशिक रोजगारीको लागि पर्यटक भिसामा बिदेश गएर आत्महत्या गर्नु दुःखद भएको बताए । नेपालीहरुले यूएईमा आएर आत्महत्या गर्नुको पछाडि दलालले भने जस्तो काम नपाउनु र आए पछि मात्र आफू ठगिएको थाहा पाउनु, जसको कारण मानसिक तनाबले आत्महत्या रोजेको हुनसक्ने उनको भनाई छ। यद्दपि, यसबारे ठोस् अध्ययन हुन जरुरी रहेको उनले बताए ।

नेपाल सरकारले अबैध रुपमा भिजिट भिसाको कारोबार गर्ने मानब तस्करहरुलाई कानूनी कारबाहीको दायारामा ल्याउन हालसम्म कुनै पहल गरेको छैन । भिजिट भिसाका दलालहरु खुलेआम गाउँगाउँ पुगेर भिजिटको विज्ञापन गरिरहेका छन् । अहिले पनि यूएईका गल्ली गल्लीहरुमा भिजिट भिसाका दलालहरु भेटिन्छन् । यूएई हुँदै अवैध बाटोबाट तेस्रो मुलुकहरुमा जाने नेपालीहरुको संख्या पनि उत्तिकै भेटिन्छन् । न त दलालमाथि कारबाही नै भएको छ । न पीडितहरू रोजगारी नपाएर अलपत्र भई फर्केर उजुरी गर्दा पनि गृह र श्रम प्रशासनबाट उचित न्याय पाएका छन् । झनै सरकारले रोजगारीकै लागि भिजिट भिसामा जानुपर्ने बाध्यकारी अवस्थालाई सम्बोधन गर्नुको सट्टा बन्द गर्ने अव्यावहारिक नीति लियो । यो नीतिले नेपाली नागरिक अन्तर्राष्ट्रिय बजारमा भिजिट भिसामा जान अझै योग्य छैनन् भन्ने सन्देश दिएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालीको पहुँच सहज बनाउन भिसा फ्री दिनुपर्ने सरकारले उल्टो नेपालीलाई भिजिट भिसा नदिने निर्णय गलत छ।

भिजिटमा गएका नेपालीहरुको तथ्यांक नेपाल सरकारसँग नहुने र उनीहरु श्रम नगरिकनै बिदेश जाने हुनाले बिदेशमा बिरामी भएमा, दुर्घटना भई अङ्गभङ्ग भएमा वा कुनै कारणले मृत्यु भएमा कुनै पनि किसिमको सहयोग पाइदैन । यूएईको कानूनले आत्महत्या गर्नेहरुको हकमा जीवन बिमाको रकम समेत दाबी गर्न पाइन्न । श्रम नगरी बैदेशिक रोजगारीको लागि आएकाहरुको कुनै कारणबस मृत्यु भएमा उनीहरुका परिवारले नेपाल सरकारबाट प्राप्त गर्ने क्षतिपूर्तिबाट समेत बन्चित हुनु पर्नेछ । यदि श्रम गरेर कानूनी प्रकृया पुरा गरेकाको हकमा भने सरकारले आवश्यक सहयोग गर्छ ।

तसर्थ, भिजिट भिसामा जानेहरुको बीमा अनिवार्य गरिनुपर्छ । विदेशमा केही कारण दुर्घटना भएर घाइते भए वा मृत्यु भएमा बीमाले खर्च धान्ने ब्यवस्था गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!