काठमाडौं । खडेरीले आक्रान्त मध्य पूर्वमा जलवायु संकटविरुद्ध साउदी अरबले मरुभूमिको बीचौँबीच २ लाख ५० हजार रुख रोपेको छ । यसमा खडेरीबाट प्रभावित नहुने प्रजातिको ‘स्याक्सुअल’ रुख रोपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो रुखलाई धेरै पानी चाहिँदैन भने अति उच्च तापमानमा पनि बाँच्न सक्छ । यसैकारण यो रुखलाई खडेरी प्रतिरोधक विरुवा पनि भनिएको छ । यसका साथै यो बिरुवाको जराले बालुवालाई एकसाथ बाँध्ने हुँदा बालुको आँधी पनि नियन्त्रित गर्न मद्दत गर्ने बताइएको छ । का बीउहरु पानी नपर्दा मात्र फैलने गर्दछन् । त्यसैले यो टाढाटाढसम्म पुगेर आफैँ उम्रिन सक्षम हुन्छ ।
स्याकसोल प्रजातिको रुख वास्तवमा उनेज क्षेत्रको हो जहाँका पूर्वजहरुले १५० वर्षसम्म त्यसलाई जोगाएर कायम राखेको बताइएको छ । प्राचीन समयमा मानिसहरुले यसलाई आगो बाल्न र जीवजन्तुलाई आहारका रुपमा प्रयोग गर्ने गर्दथे । तर अहिले मानिसहरु अझ सचेत बन्दै जाँदा यसलाई जोगाइराख्नमा पर्याप्त प्रयास जारी छ भने आगामी पीढीसम्म पनि पुग्ने अपेक्षा गरिएको छ ।
उेनेजा पार्कलाई विश्वकै सबैभन्दा ठूलो स्याकसोल बोटनिक गार्डेनका रुपमा गिनिज विश्व रेकर्डले पनि पहिचान गरेको छ । सो क्षेत्र १७० वर्ग किलोमिटरसम्म फैलिएको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-