बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘साढे सात लाख ऋण काढेर आइयो, अब ऋणभन्दा कसरी बाँच्ने चिन्ता छ’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
फाल्गुन १६, २०७८ १६;५७ मध्यान्ह प्रकाशित
‘साढे सात लाख ऋण काढेर आइयो, अब ऋणभन्दा कसरी बाँच्ने चिन्ता छ’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जब बम र बन्दुक पड्किएको आवाज सुनिन्छ, युक्रेनको स्टारोबिल्सवासीहरू भयभित हुन्छन्। त्रसित मानिस बंकरमा लुक्न जान्छन्। चर्को आवाज साम्य भएपछि कोही बिस्तारै बाहिर निस्कन्छन्, कोही लामै समय बंकरमै लुकेर बस्छन्। यसरी बम र बन्दुकको आवाज सुन्नासाथ बंकरमा लुक्न जानेहरूको भीडमा एक जना नेपाली पनि छन्। रूसले युक्रेनमाथि सैनिक हमला गरेयता दाङ, तुल्सीपुरका कमल पोखरेलको दैनिकी यसरी नै चलिरहेको छ।

बमबारीको आवाज सुन्नेबित्तिकै उनी बसेको होस्टलले सबैलाई बंकरमा लैजान्छ। उनीहरू केही बेर त्यहीँ लुक्छन् र साम्य भएपछि फेरि होस्टल फर्कन्छन्। ‘अरू बेला पनि बंकरमै बस्न सुझाएका छन् तर धेरै भिडभाड हुने हुँदा हामी हमला भएको बेला मात्र लुक्न जान्छौं,’ पोखरेलले सेतोपाटीसँग भने। कमल यही फेब्रुअरी १० मा युक्रेन पुगेका हुन्। भारतको बाटो हुँदै ७ लाख रूपैयाँ खर्च गरेर विद्यार्थी भिसामा त्यहाँ पुगेको उनी बताउँछन्। दुर्भाग्य कस्तो भने, युक्रेन पुगेको १५ दिन नपुग्दै रूसले सैनिक हमला सुरू गरिहाल्यो।

उनीसँगै दाङ र सुर्खेतका पाँच जना नेपालीहरू राजन केसी, फर्सराम डाँगी, दीपक सुनार, किशोर पोखरेल र अरूण पोखरेल पनि यस्तै नियति भोगिरहेका छन्। कमलले अहिलेसम्म आफू र आफ्नो सम्पर्कमा रहेका नेपालीहरू सुरक्षित रहेको बताए। ‘अहिलेसम्म त सुरक्षित छौं तर अबको दिन कस्तो हुने हो थाहा छैन। यहाँबाट निस्किन पाए हुन्थ्यो भन्ने मनमा छ। तर बिहान सातदेखि बेलुका पाँच बजेसम्म कर्फ्यु लाग्छ। सवारी साधन केही चल्दैन। कसरी निस्किनु?’ उनी आफैंले आफैंलाई प्रश्न गरे।

उनका अनुसार हालसम्म नेपालमा हल्ला भएजस्तो त्रास स्टारोबिल्समा छैन। युक्रेनको राजधानी किभ र खार्किभ लगायत ठाउँमा भने धेरै तनाव छ। त्यहाँ बसोबास गर्दै आएका नेपालीहरू धेरैजसोले युक्रेन छाडिसकेका छन्। उनीहरूले भने स्टारोबिल्स छाड्न सकेका छैनन्।

केही सहज भयो र सवारी पाइयो भने त्यहाँबाट लिभ जाने सोच बनाएको उनले बताए। ‘लिभबाट पोल्यान्ड, हंगेरी र स्लोभाकिया जान सकिन्छ भन्ने सुनेका छौं। त्यता गयो भने हाम्रो उद्धार हुन्छ कि भन्ने हो,’ कमलले भने। उनीहरू अहिले जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। तर सरकारले आफूहरूलाई सहयोग गर्ला भन्ने विश्वास नभएको उनले बताए।

‘हामीलाई केही भइहाल्यो भने सरकारले के सहयोग गर्ला र? आफैं सुरक्षित भएर बस्यो भने कुनै दिन देश फर्कन पाइँदो हो,’ उनले भने, ‘ऋण सम्झिएर पनि ज्यानको बाजी थापेर आइयो। युद्ध केही सहज भइदिए हुन्थ्यो।’ युक्रेनको स्टारोबिल्सबाट लिभ झन्डै १६०० किलोमिटर दुरीमा पर्छ। तर लिभ जान उनीहरूसँग केही विकल्प छैन। रेल लगायत कुनै पनि सार्वजनिक सवारी सञ्चालनमा छैनन्। बुकिङ गाडी पनि नपाइने उनले बताए।

‘त्यत्रो दुरी हिँडेर जान सम्भव छैन। त्यसमाथि युक्रेन सरकारले कर्फ्यु जारी गरेपछि निस्कन सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘गाडी पाइयो भने लिभ जाने सोच छ। नत्र त सुरक्षित भएर यहीँ बस्नुपर्ला।’ युक्रेनमा रहेका धेरै नेपाली विद्यार्थी पढ्नकै लागि मात्र त्यहाँ गएका होइनन्। उनीहरू भाषा र मेडिकल शिक्षासँगै रोजगारको उद्देश्यले युक्रेन पुगेका हुन्। केही समय पढ्ने र त्यसपछि कमाउनतिर लाग्ने धेरैको सोच थियो।

कमललाई युक्रेन जान सहयोग गर्ने ‘एजेन्ट’ ले पनि तीन महिना अध्ययनपछि बिस्तारै काममा फर्कन सकिने सुनाएका थिए। तर एजेन्टले भनेजस्तो हुन्छ कि हुँदैन अनुभव गर्न नपाएको उनले बताए। ‘आफ्नो देशको हालत त्यस्तै हो। यहाँ पनि सुनेको र सोचेको जस्तो भएन। त्यत्रो ऋणको भारी बोकेर आएँ। अहिले यहाँ यसरी फसेको छु,’ कमलले गुनासो पोखे।

युक्रेन छिर्दा उनीहरू आपसी चिनजानका आधारमा एक-एक गर्दै छिरेका थिए। देश निकाला (डिपोर्ट) हुने डरले पनि नेपालीहरू एकैचोटि समूहमा नआएर पालैपालो छिर्ने गरेको उनले बताए। ‘हुल गरेर आउँदा डिपोर्टमा परियो भने साढे सात लाख रकम दलालले फिर्ता दिँदैन। रित्तै फर्किनुपर्ने रहेछ। सयकडा तीन प्रतिशत व्याजमा लिएको ऋण फेरि कसरी तिर्नु?’ उनले भने, ‘अलि समय बसेर कमाउन पाएको भए तैबिसेक केही हुन्थ्यो होला। अहिले त ऋणभन्दा कसरी बाँच्ने भन्ने चिन्ता छ।’

कमलको घरमा सानी छोरी र श्रीमती छन्। युक्रेनमा युद्ध सुरू भएको थाहा पाएपछि श्रीमती चिन्ता गरिरहन्छिन्। के छ, कस्तो छ भनेर सोधिरहन्छिन्। ‘परिवार छ, ऋण छ। तर यो बेला कसरी बाँच्ने भन्ने नै चिन्ता हुँदो रहेछ,’ उनले भने।

कमल यसअघि पनि कामको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए। उनी त्यहाँ ‘आर्टिफिसियल ग्रास’ भन्ने कम्पनीमा काम गर्थे। काम राम्रो चलिरहेको थियो। कमाइ पनि ठिकै थियो। त्यही बेला उनकी आमा सिकिस्त बिरामी परिन्। आमा बिरामी परेपछि उनी फर्किए। ‘त्यसपछि यता केही हुन्छ कि भनेर आएको, यता पनि त्यस्तै भयो,’ उनले भने।

रूस र युक्रेनको द्वन्द्वले प्रभावित दुई सयभन्दा बढी नेपाली अहिलेसम्म सुरक्षित गन्तव्यमा पुगिसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ। नेपालीहरूको सहयोग एवं उद्धार गर्न गठित उच्चस्तरीय समितिका अनुसार युक्रेन छाडेर ६० जना नेपाली पोल्यान्ड पुगेका छन् भने १२३ जना स्लोभाकिया पुगेका छन्। त्यस्तै, हंगेरीमा ४ जना, रोमानियामा १२ र माल्डावामा २ जना नेपाली सकुशल पुगेका छन्।

यसबाहेक युक्रेनबाट अर्को गन्तव्य जाने क्रममा पोल्यान्डको सीमामा १ सय ३० जना पुगेका छन्। स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा दुई जना नेपाली रोकिएका छन्। सोमबार साँझसम्म उनीहरूले सीमा पार गर्ने अनुमान गरिएको एनआरएनएले बताएको छ। केही नेपाली भने उद्धारको पर्खाइमा युक्रेनकै विभिन्न स्थानमा छन्।

एनआरएनए युक्रेनका अनुसार ४० परिवार स्थायी रूपमै त्यहाँ बसोबास गर्दै आएका छन्। उच्चस्तरीय समितिका अध्यक्ष तथा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरूलाई सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ।

बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए। उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले नेपालीहरूको उद्धारका लागि संघका अध्यक्ष कुमार पन्त पोल्यान्डको सीमा क्षेत्रमा आफैं परिचालित भएको जानकारी दिए।

गैरआवासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमबारदेखि सीमाक्षेत्र केही खुकुलो बनाइएकाले नेपालीहरूलाई बाहिर निस्कन सहज भएको बताए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!