साताको पहिलो दिन आइतबार सेयर बजारमा थोरै सुधार देखिएको छ। सेयर बजारमा २७ अंक वृद्धिसँगै परिसूचक २५८४ अंक कायम भएको छ।
आज कारोबार रकममा भने खास सुधार भएको छैन। आइतबार २२५ कम्पनीको २ अर्ब ७७ करोड ३४ लाख रूपैयाँको सेयर किनबेच भएको छ।
कारोबार भएका कम्पनीमध्ये १५० वटाको मूल्य बढेको छ भने ३१ वटाको घटेको छ। छ वटा कम्पनीको मूल्य भने स्थिर छ।
आज रिडी हाइड्रोपावर र बेस्ट फाइनान्स, दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। मेरो माइक्रो-फाइनान्सको मूल्य सबभन्दा धेरै १० प्रतिशत घटेको छ।
आइतबार व्यापारबाहेक सबै उपसमूह बढेका छन्।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-