बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साउदीमा २५ लाख तिर्न नसक्दा नेपाल फर्किन पाएनन् दामोदर

दस वर्षदेखि साउदीमा अड्किएका दामोदरले त्यहाँ किन तिर्नुपर्‍यो यति धेरै पैसा?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, साउदी अरब
पुस २७, २०७८ ११;०३ बिहान प्रकाशित
साउदीमा २५ लाख तिर्न नसक्दा नेपाल फर्किन पाएनन् दामोदर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सँगै परदेश हिँडेका साथी कमाएर घर फर्किए। कोही फेरि विदेशिए, कोही यतै इलम गर्दैछन्। तर दस वर्षअघि साउदी अरब पुगेका दामोदर क्षेत्री अहिलेसम्म फर्किएका छैनन्। बुटवलका दामोदर २०६८ सालमा यातायात कम्पनीमा सवारी चालक कामका लागि भनेर साउदी पुगेका थिए। विगत दस वर्षदेखि त्यहीँ अड्किएका उनले न कमाएका छन्, न फर्किएर आफ्नो परिवारसँग बस्न पाएका।

परिवारका फोटा हेर्दाहेर्दै दशक बित्यो। ३७ वर्षमा विदेशिएका उनी ४७ वर्ष पुगिसके। सानै छाडेर गएका छोराछोरी हुर्किए। समय कुदिरह्यो, तर उनी फर्किने मौका अहिलेसम्म आएन। ‘म यता आउँदा छोरी सानै थिई। अहिले त बिहे भइसक्यो,’ दामोदरले सेतोपाटीसँग मेसेन्जर कल कुराकानीमा भने, ‘छोरो सात वर्षको थियो, अहिले १२ कक्षाको पढाइ सकिसकेँ भन्छ।’ उनका छोराले फोनमा गुनासो गरिरहेका हुन्छन्, ‘कलेजमा पैसा तिर्न नसकेर सर्टिफिकेट निकाल्न सकिएको छैन।’

हरेक दिन परदेशमा बसेर परिवारको गुनासो सुन्दै चुपचाप बस्नुको विकल्पै छैन उनीसँग। उनी रहरले नफर्केका होइनन्। न कमाइ हुने आशले अडिएका हुन्। उनी त परदेशमा पैसा नभएर अड्किएका हुन्। उनले ७९ हजार साउदी रियाल अर्थात् करिब २५ लाख रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने छ। ‘यत्रो पैसा कहाँबाट जुटाऊँ? पैसा नभएकै कारण म जेलबाट निस्किएको एक वर्ष हुन लाग्दा पनि देश फर्किन पाएको छैन। साथीहरूसँग बसिरहेको छु,’ चार वर्ष जेल जीवन बिताएर निस्किएका दामोदरले भने।

उनी नौ महिनाअघि साउदीस्थित जेलबाट निस्किएका हुन्। तर क्षतिपूर्ति नतिरेसम्म स्वदेश फर्किन पाउने छैनन्। कमाउन साउदी गएका दामोदर कसरी परे त जेल? त्यति धेरै क्षतिपूर्ति कसरी तिर्नुपर्ने भयो? दामोदरका अनुसार उनी सवारी चालक काम गर्ने भनेर साउदी पुगे। उनले म्यानपावरलाई ९० हजार रूपैयाँ थमाएका थिए। म्यानपावरले झुक्याएछ।

‘गाडी चलाउन भनेर आएको, लेबर पो गर्न लगायो,’ उनले सुनाए, ‘मैले यो काम गर्दिनँ भनेँ। कम्पनीले भिसा परिवर्तन गरेर ड्राइभिङ गर्न सकिने बतायो। तर त्यसका लागि २५ सय रियाल (झन्डै ८० हजार रूपैयाँ) लाग्ने भन्यो।’

साउदी जान उनले नेपालगन्ज जिरो भन्ने ठाउँको झन्डै दुई कठ्ठा जमिन १८ हजार रूपैयाँमा बेचेका थिए। त्यो पैसा र केही ऋण जोहो गरेर गएका उनले ८० हजार तिरेर कसरी भिसा परिवर्तन गर्न सक्नु? केही सीप चलेन। जसोतसो सोही कम्पनीमा छ महिना मजदुरी गरे। त्यसपछि कम्पनीबाट भागे। भागेपछि दामोदरको त्रासपूर्ण जीवन सुरू भयो। ‘प्रहरीले समातेर जेल कोच्ने हो कि भन्ने डर हुन्थ्यो। केही समयपछि क्याम्पभित्र काम पाइयो,’ दामोदर आफ्नो कथा सुनाउँछन्।

त्यहाँ उनले बालुवा बोक्ने दस चक्के गाडी चलाउने काम पाए। भित्रभित्र निर्माण क्षेत्र वरिपरि पाँचदेखि छ किलोमिटरसम्म बालुवा ओसार्नुपर्थ्यो। गाडी चलाउन गति तोकिएको थियो, बीस किलोमिटर प्रतिघन्टाभन्दा बढी नपाइने। त्यसो हुँदा सहजैसँग उनले काम गरिरहेका थिए। कामकै क्रममा मुख्य सडकमा निस्किनु पर्दा भने डर हुन्थ्यो। जाने र फर्किने बेला प्रहरीको फन्दामा परिने हो कि भन्ने चिन्ता सधैं।

त्यहाँ उनले अवैध रूपमा काम गरे पनि राम्रै कमाउँथे। खानासहित दुई हजार साउदी रियाल अर्थात् ६० हजार रूपैयाँ भन्दा बढी। दामोदरले जोगिँदै-बच्दै झन्डै साढे दुई वर्ष अवैध हैसियतमै रहेर काम गरे। त्यसपछि त्यहाँका साहुले उनीहरूलाई अवैध रूपमा काम नगर्न सुझाए। ‘बरू कम्पनीमा कफला प्रणाली अन्तर्गत काम गर। यसपछि डर हुँदैन, ढुक्कले गर्न पाइन्छ भनेपछि म राजी भएँ,’ दामोदरले भने।

कफला भनेको खाडी मुलुकमा आप्रवासी श्रमिकहरू रोजगारदाताको मातहतमा रहेर काम गर्ने प्रणाली हो। यो प्रणालीमा रहेर काम गर्दा श्रमिकको कागजात रोजगारदाताको नियन्त्रणमा रहन्छ। रोजगारदाताले एक्जिट भिसा उपलब्ध गराएपछि मात्रै स्वदेश फर्कन सक्छन्।

दामोदरले पनि यसै गरे। साउदी जुबेलस्थित हमदसाउद हलहाजिरी कम्पनीमा कफलामा काम गर्न थालेपछि खानाबाहेक दुई हजार रियाल तलब दियो। उनले कमाएर श्रीमतीलाई बेलाबेला पैसा पठाइरहेका थिए। ‘आफ्नो घरबारी केही छैन। बुटवलमा डेरा बस्ने हो। छोराछोरी पढाउन पर्‍यो, खर्च धेरै थियो। तर पुगिरहेकै थियो,’ उनले सम्झिए।

साहुले उनलाई कफला गराएको केही समयपछि नेपाल फर्काइदिन्छु भनेका थिए। त्यसो हुँदा दामोदर ढुक्कले काम गरिरहे। उनका एक जना साथी छुट्टिमा नेपाल आएका थिए। उनी फर्किएपछि दामोदर नेपाल आउने पालो थियो। उनको मन खुसीले नाचिरहेको थियो। श्रीमती, छोराछोरी र आफन्तसँग भेट हुने दिन गन्दै काम गरिरहेका थिए। तर उनको खुसी धेरै दिन टिकेन। अचानक एकदिन दामोदर दुर्घटनामा परे। कुन दिन हो, उनलाई ठ्याक्कै मिति थाहा छैन।

उनले भने, ‘सन् २०१४ को अन्तिमतिर हुनुपर्छ। म सडकमा बालुवा ओसारिरहेको थिएँ। मैले चलाउने गाडीको अगाडिको टायर पड्कियो र विपरीत सडकमा तेर्सियो।’ गाडी अनियन्त्रित त भयो नै, सँगै उनकैजस्तो बालुवा बोक्ने अर्को गाडीसँग ठोक्कियो। एकैखाले दुइटा गाडीमा एकैछिनमा ह्वारह्वार आगो बल्न थाल्यो। दामोदर गाडीको सिटबाट हामफाले। ‘अर्का चालकको गाडीमै जलेर मृत्यु भयो, पाकिस्तानी नागरिक थिए,’ उनले मलीन स्वरमा भने।

दुर्घटनाबाट बाँचेका दामोदरको देब्रे हातको जोर्नी खुस्कियो। ठीक हुन ६ महिना लाग्यो। साथी साउदी पुगेपछि नेपाल फर्किने सोचेका उनका दिन अस्पतालमै बिते। ब्यान्डेज खोलेपछि दामोदरलाई साहुले फेरि गाडी चलाउन भने। त्यति बेला उनको लाइसेन्स, आइडी कार्ड, अस्पतालको बीमा लगायत सबैको मिति सकिएको थियो।

‘त्यसैले मैले अब चलाउँदिनँ, नेपाल जान्छु भनेँ। तर साहुले नचलाउने भए क्षतिपूर्ति तैंले बेहोर्नुपर्छ, केस नमिलाउँदासम्म जान पाउँदैनस्, तलब पनि दिन सक्दिनँ भने,’ दामोदरले त्यो बेलाको अवस्था सम्झिए, ‘त्यसपछि फेरि गाडी चलाएँ।’ हात भर्खरै मात्रै ठीक भएका उनी जसोतसो गाडी चलाउँदै थिए। तर घर फर्किन नपाएको चिन्ताले मन खाइरहेको थियो।

दामोदरकी छोरी कहिलेकाहीँ उनका साहुसँग अंग्रेजीमा कुराकानी गर्थिन्। छोरीले सोध्थिन्- बुवा कहिले आउने? दामोदरका साहुले आश्वासन दिने रहेछन्- तिम्रो बुबालाई तीन महिनाभित्र पठाउँछु। घरबाट पनि ‘साहुले पठाउँदा पनि किन नआउनुभएको’ भनेर बारम्बार सोध्न थाले। त्यसपछि दामोदरलाई साह्रै छटपट भयो। साहुलाई आफूलाई घर पठाइदिन आग्रह गरे।

साहुको मन पग्लेन, उल्टै किचकिच गरेको भन्दै दामोदरलाई पक्राए। दुर्घटनाको झन्डै दुई वर्षपछि दामोदर प्रहरीको फन्दामा परे। बयानपछि प्रहरीले उनको जिम्मा लिने मान्छे खोज्यो। साहुले जिम्मा नलिने भए। ‘यहाँको कानुनी प्रक्रिया पूरा गर्न तीन महिना चौकीमा बस्नुपर्छ, त्यसपछि म लिन आउँछु,’ साहुले उनलाई यसै भनेर प्रहरीको जिम्मा लाइदिए। सोझा दामोदरले पत्याए र साहु लिन आउँछन् भन्ने आशमा दिन गन्दै बसे। तीन महिना बित्यो। उनलाई प्रहरीकहाँ पुर्‍याउने साहु आएनन्।

‘त्यसपछि त मलाई ठूलो जेलमा पो थुनिदियो। साहु आएको भए चौकीबाट छुट्ने रहेछु। जिम्मा लिने कोही नभएपछि थुनेको रहेछ,’ दामोदरले भने। उनलाई कहिले प्रहरी चौकी त कहिले जेल लाने र ल्याउने क्रम चलिरह्यो। एक वर्ष जेल बसेपछि त्यहाँको अदालतले फैसला सुनायो- दामोदरले आफ्नो गाडीसँग ठोक्किएको गाडीको क्षतिपूर्तिवापत् गाडी साहुलाई ७९ हजार रियाल तिर्नुपर्ने।

‘त्यो बेला पैसा र मलाई जिम्मा लिने साउदी नागरिक भएको भए म जेलमुक्त हुन्थेँ,’ उनी भन्छन्, ‘मैले दूतावासलाई पनि हारगुहार गरेँ। तर दूतावासले जिम्मा लिन साउदी नागरिक नै चाहिन्छ, हामीले हुँदैन भन्यो। साउदी नागरिकलाई पनि भनिदिएको भए पनि मिल्थ्यो कि, तर त्यति वास्तै पनि गरेन।’ अनि उनी चार वर्ष जेल परे।

दामोदरलाई जेलमा साउदी नागरिक भएकै ठाउँमा राखियो। कोचाकोच। उकुसमुकुस। अरू कैदीबन्दीहरू झगडा गर्थे। दामोदर चुपचाप बसेर हेरिरहन्थे। यसैगरी उनले दुई वर्ष बिताए। पछि भने साउदी नागरिक र आप्रवासी कैदीबन्दीलाई अलग राखियो। त्यसपछि अलि सहज भएको उनी बताउँछन्।

‘त्यसपछि त एउटा कोठामा आठ जना भयौं,’ उनी भन्छन्, ‘बिहान एउटा रोटी, दिउँसो भात, साँझ एउटा रोटी खान दिन्थ्यो। पेट त के भरिनु!’

नेपाल भएका परिवारसँग पनि उनको खासै कुरा हुन पाएन। जेलले कहिलेकाहीँ फोन गर्न दिन्थ्यो, पाँच मिनेटका लागि। तर कहिले फोनै लाग्थेन, लागेका बेला राम्रोसँग कुरा हुन नपाउँदै काट्नुपर्थ्यो। त्यसरी नै दामोदरले चार वर्ष जेलमा कटाए। अहिले जेलबाहिर भए पनि क्षतिपूर्ति रकम तिर्न नसक्दा स्वदेश फर्किन पाएका छैनन्।

हाल उनी साउदीमै साथीहरूसँग कोठामा बस्छन्। कहिलेकाहीँ लुकिछिपी जारको पानी ओसारेर हातमुख जोर्ने पैसा जोहो गर्छन्। काम पाउँदा १५० रियाल कमाइ हुन्छ। तर प्रहरीले समातेर कुन बेला फेरि थुन्ला भन्ने डरैडरमा काम गर्नुपर्छ।

दामोदरले दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा विभिन्न सामाजिक संघसंस्थालाई जानकारी गराइ उद्धारका लागि आग्रह गरेका छन्। उनकी पत्नी भगवती क्षेत्री पनि श्रीमानलाई फर्काउन हारगुहार गर्दै कहिले परराष्ट्र मन्त्रालय त कहिले श्रम मन्त्रालय धाइरहेकी छन्।

दामोदरले गुनासो गरे, ‘ज्यामी काम गरेर खर्च जुटाएर मेरी श्रीमती कहिलेकाहीँ सिंहदरबार पुग्छिन्। उनलाई आश्वासन मात्र दिएर पठाइँदो रहेछ। सहयोग कतैबाट जुटेको छैन। कसैले उद्धार गरिदिए म नेपाल जान पाउँथेँ।’ फर्किन पाए नेपालमै केही गर्ने सोच भएको उनी बताउँछन्।

नेपाल हुँदा पनि सवारी चलाउने दामोदर बुटवलमा जन्मिए पनि दाङको लमहीमा हुर्के-बढेका हुन्। उनी १२ वर्षका हुँदा आमाबुवाको निधन भयो। घरजग्गा थिएन। ज्याला-मजदुरी गरेर पालिए। पछि बुटवलै सरे अनि यात्रुवाहक बस चलाउन थाले।

‘त्यति बेला माओवादी द्वन्द्वकाल र देशको राजनीतिक अवस्था अस्थिर थियो। बस चलाउँदा कमाइ भए पनि लगातारको बन्द र हड्तालले घरखर्च धान्न गाह्रो भयो। परिवार पाल्ने चिन्ताले आत्तिएर म विदेशिएँ,’ उनी भन्छन्, ‘दस वर्षमा एकपटक नेपाल जान पाइनँ। अब कहिले फर्किन पाउँछु, थाहा छैन।’ सेतोपाटी बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!