बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाडीबाट फर्किएर जनचेतना फैलाउँदै, देशमै रमाउँदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
असार ७, २०७८ १२;२६ मध्यान्ह प्रकाशित
खाडीबाट फर्किएर जनचेतना फैलाउँदै, देशमै रमाउँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest
unn.prixa.net

इलाम – कुरा २०६० सालको हो । जति बेला माओवादी सशस्त्र द्वन्द्व थियो । यो समयमा मृत्यु, घाइते, पक्राउ अनि बेपत्ता जस्ता खबर मिडियाको मुख्य खुराक बन्थेँ ।

गाउँघरका हुने खानेलाई चन्दा आतङ्कले बसी खान दिएको थिएन । सामान्य जीवनयापन गर्नेलाई पनि कहाँ सजिलो थियो र बस्न ?

कति बेला कहाँ भिडन्त हुन्छ ? भन्ने पिरलो परिरहन्थ्यो । बिहान विद्यालय गएको बच्चा फर्किन्छ/फर्किन्न टुङ्गो हुन्न थ्यो । प्रत्यक्ष मारमा युवाहरू परे । जसमध्येका एक हुन्, फाकफोकथुम गाउँपालिकाका युद्धबहादुर बोहोरा । उहाँ पटक–पटक माओवादीको निसानामा पर्नुभयो । केही गराैँ, भन्ने उमेरमा पटक–पटक झमेला आइपरेपछि युद्धबहादुरले शिक्षकको जागिर छाडेर वैदेशिक रोजगारी रोज्नुभयो ।

गाउँमै सानोतिनो जागिर, परिवार, थोरै भए पनि जमिन छाडेर सात समुद्र पारी जान युद्धबहादुरलाई मन त थिएन । तर, समयले यस्तै गरायो । आफूसँग भएको र खोजखाज गरेको एकमुस्ट ५० हजार रुपैयाँ रकम बुझाएर युद्धबहादुर दुःख गर्न  उहाँ २०६० सालमा खाडीको देश यूएई पुग्नुभयो ।

वैदेशिक रोजगारीलाई ‘भाग्य’ सम्झँदै बोहोरा काममा खटिन थाल्नुभयो । तर युद्धबहादुरको बाध्यात्मक वैदेशिक रोजगारी नै आर्थिक छलाङ मार्ने माध्यम बन्यो । दुई पटक गरी २० लाख रुपैयाँ लिएर स्वदेश फर्किनुभयो ।

पहिलो चोटि जाँदा चार वर्ष विदेश बिताउनु भएका उहाँले छुट्टीमा घर फर्किएर विवाह गर्नुभयो । विवाह पश्चात् पनि पुनः कमाउन बिदेसिनु पर्ने भयो । दोस्रो पटक बिदेसिएको तीन वर्षमा  भने विदेश बसाइलाई पूर्णविराम लगाउँदै युद्धबहादुर नेपाल फर्किनुभयो ।

सात वर्ष यूएईको बसाई पछि २०६७ मा नेपाल फर्कनु भयो । यति बेला यहाँ पनि स्थिति पहिले जस्तो थिएन । माओवादी द्वन्द्वको अन्त्य भइसकेको थियो । नेपाल फर्किएपछि उहाँ नयाँ सोचका साथ अघि बढ्नुभयो । पहिलेको ठाउँ छाडेर इलाम–पाँचथरको सीमावर्ती क्षेत्र पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित घुर्विसे पञ्चकर्मीमा घर किन्नुभयो । घरसँगै रहेको एउटा कोठामा २०६७ देखि लत्ताकपडाको व्यवसाय सुरु गर्नुभयो ।

विदेशमै सिकेको सीपलाई स्वदेशमा खन्याउने प्रयत्नमा लाग्नुभयो । यूएईमा उहाँले सेफ्टी इन्जिनियरिङको काम गर्नुहुन्थ्यो । त्यस बेला सेफ्टी बुलेटिनको काम गर्नुपर्थ्यो । बुलेटिन मतलब पत्रपत्रिकाको काम । यसमा उहाँ मात्रै दखल राख्नुहुन्थ्यो । उहाँले एकातिर सीप प्रयोग हुने र अर्कातिर नाम पनि हुने बुझ्नुभयो । अनि त उहाँ यतै लम्किनु भयो । यूएईको सीप र ज्ञानलाई नेपालमा समेत निरन्तरता दिइरहनु भएको छ । यसैले आज उहाँलाई सन्तुष्टिको सास फेर्ने मौका मिलेको छ ।

अहिले युद्धबहादुर इलामको अनलाइन मिडिया नयाँ बुलन्द अनलाइन र झापाको पूर्वाञ्चल दैनिकको इलाम–पाँचथर संवाददाता हुनुहुन्छ । मिडियाले आफ्नो काम र मेहनतको मूल्याङ्कनसमेत गरेको छ भन्ने लाग्छ उहाँलाई । इलामबाट सञ्चालित अनलाइन र झापाको पूर्वाञ्चलले सम्मानसमेत गरिसकेको छ ।

मोफसलमा रहेर मिडियाकर्मी बन्न कम्ता सकस छैन । यो जटिलतालाई सम्मानले मलमपट्टि लगाउने काम गरेको छ । गाउँमा रहेर अभावै अभावकाबीच पत्रकारिता गरिरहँदा कुनै समय मन नआत्तिएको होइन ।

तर ज्ञान र सीपलाई मर्न नदिने अठोटले यी सबै समस्या सहज रूपमा लिन सक्नु युद्धबहादुरका सबल पक्ष हुन् । जसले अभावकाबीचमा पनि आफ्नो कर्तव्यबाट टाढा भाग्न दिदैन् ।

यसले उहाँलाई सबैभन्दा ठूलो आत्मसन्तुष्टि प्राप्त भएको छ । उहाँ मिडियामा प्राय: आफूले भोगेका विषयलाई उठान गर्नुहुन्छ । उहाँको प्रयत्न वैदेशिक रोजगारीका लागि युवा बिदेसिनु हुँदैन भन्ने हो ।

देश नै बेस ठान्ने गोपाल

इलाम नगरपालिकास्थित बरबोटेका गोपाल निरौलालाई पनि स्वदेशमै बसेर केही हुन्न भन्ने लाग्यो । तर आजकाल देश नै बेस ठानेर जनचेतना फैलाउने काममा निरन्तर लागिरहनुभएको छ । शिक्षा सङ्कायबाट स्नातक तहको चौथो वर्षमा अध्ययन गर्दागर्दै पढाई छोडेर कतार हानिनुभयो ।

घरको कमजोर आर्थिक अवस्था र आफूसँगका दौँतरी पनि लगालग भिसा लगाएर विदेश पुग्न थालेपछि गोपाललाई पनि विदेश नै उत्तम विकल्प लाग्न थाल्यो । कमाउँछु । रकम भएपछि केही न केही गर्छु भन्ने आटले उहाँ २०६६ सालमा कतार उड्नु भयो ।

कतारमा काम सजिलो थियो । तर पनि गोपालको मन परदेशी भूमिमा भिजेन ।

कारण एउटै थियो, नेपालीहरूप्रति सोचिने विदेशीहरूको सोच । उहाँ भन्नुहुन्छ, ‘काहाँ कत्तिलाई त नेपाल नामको देश छ भन्ने ज्ञानसम्म छैन, नेपालीहरूलाई खानै नपाएर यहाँ काममा आएका हुन् भन्ने सोच्छन्, हामी श्रम गर्न जाने देशका मानिसलाई नेपालमा पनि राम्रो कुराहरू छन् भन्ने थाहै छैन ।’

जिन्दगीमा कहिल्यै परदेशिने छैन भन्ने दृढ अठोटका साथ भइरहेको काम र कमाइ छाडेर उहाँ २०७१ सालमा नेपाल आउनुभयो । पाँच वर्षको बसाइँले केही ठोस उपलब्धि भएन । तर आर्थिक स्थिति भने केही माथि उठ्यो । स्वदेश फर्किएपछि उहाँको मन मिडिया क्षेत्रमा लाग्यो ।

उहाँ इलाम सदरमुकामकै चियाबारी एफएममा २०७२ सालमा आबद्ध हुनुभयो । २०७५ सालपछि भने सदरमुकामकै रेडियो नेपाल वाणी एफएममा कार्यरत हुनुहुन्छ । दैनिक विज्ञापन पढ्ने र समाचार वाचन गर्ने उहाँको जिम्मेवारी हो । केही कार्यक्रम उत्पादन गर्नुहुन्छ ।

विदेशको कमाई कहाँ पुगे पुगे हिसाबै भएन । तर विदेश पुगेपछि मिडियासँग भएको मनको मिलन भने अहिलेसम्म कायमै छ ।

गोपाललाई भने युद्धबहादुरलाई झैँ जटिल चुनौती भने छैन । फिल्ड रिपोर्टिङमा कम खटिनु परेकोले कोरोना महामारीका समयमा पनि काममा भने सहज छ । घर खर्च व्यवस्थापनमा भने मिडियाले मात्र नपुग्ने भएकाले उहाँले गाउँमै मिश्रित कृषि पेसालाई समेत अँगाल्नु भएको छ ।

जसमा व्यावसायिक तरकारी खेती, माछा पालन, फलफूल लगायतका काम पनि गर्नुहुन्छ । आफूले गरिरहेको काममा उहाँ सन्तुष्ट हुनुहुन्छ । उज्यालो अनलाईनले छापेको छ l

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!