काठमाडौं। आज साउन एक गते अर्थात आर्थिक वर्षको पहिलो दिन हो। केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू हुँदैछ। ओली नेतृत्वको सरकारले ल्याएको यस आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता बढाएर ४ हजार रुपैयाँ पुर्याइएको थियो। यस्तै
सरकारी कर्मचारीको तलब पनि २ हजार रुपैयाँ बढेको छ। अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। सरकारले ३ हजारको भत्तालाई ४ हजार पु¥याएको थियो।
सरकारी कर्मचारीको यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो।
२ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको छ।-डिसी नेपाल



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-