बैदेशिक पोष्ट
२०८३ बैशाख १७, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चौध घण्टाको यात्रा ३५ मिनेटमै गराउन पहल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन १७, २०७८ १०;५४ बिहान प्रकाशित
चौध घण्टाको यात्रा ३५ मिनेटमै गराउन पहल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

गण्डकी, साउन १७ गते । पोखराबाट नेपालगञ्जसम्म सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान भर्न थालेको छ । हवाई उडानबाट ३५ मिनेटमै गन्तव्यमा पुग्न सकिन्छ ।

पहिलो चरणमा हप्तामा तीन दिन आइतबार, बुधबार र शुक्रबार तीनवटा उडान भर्ने योजनाका साथ आजदेखि उडान शुरु गरिएको उक्त संस्थाका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।

गत वैशाख १८ देखि नै पोखरा–नेपालगञ्ज सिधा उडान थाल्ने योजना बनाइए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को असरले उक्त योजना सञ्चानमा ल्याउन कठिन भएकामा हाल हप्ताका निर्धारित तीन दिन बिहान ९।१० बजे नेपालगञ्जका लागि उडान हुनेछ । त्यस्तै नेपालगञ्जबाट १०।०० बजेको उडानबाट यात्रुहरू पोखरा आउन पाउनेछन् ।
प्रत्येक उडानका लागि टिकटदर सस्तोमा चार हजार ९३५ रुपैयाँ छ भने अधिकतम रू. सात हजार ६३५ छ । त्यस्तै मध्यमदरको टिकट पाँच हजार ५३५ रुपैयाँको छ ।

हाल १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पोखरा–नेपालगञ्ज उडान थालिएको जानकारी दिँदै उहाँले यात्रुको चापअनुसार उडान सङ्ख्याका साथै ठूला जहाजसमेत थप्न सकिने बताउनुभयो । पर्यटकीय नगरी पोखराबाट हवाई उडानमार्फत ३५ मिनेटमा नेपालगञ्ज पुग्ने पर्यटक त्यहाँबाट नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज,कर्णाली चिसापानी, रारालगायत स्थान पनि जानसक्ने भएकाले पर्यटन विकासमा समेत योगदान पुग्ने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

साविकको धवलागिरिका पर्वतलगायत स्थानबाट ठूलै सङ्ख्यामा नेपालगञ्जसहित बाँके, बर्दीयामा मानिस बसाइँ सरेका छन् । कास्कीकै तारकाङ, तप्राङलगायत स्थानबाट पनि उक्त क्षेत्रमा बसाइँ सर्नेको सङ्ख्या ठूलो छ । बसाइँ सरेर जानेहरूका साथै पर्यटकको रुपमा आवतजावत गर्न चाहनेहरूका कारण पोखरा–नेपालगञ्ज हवाई उडान गर्नेको सङ्ख्या बढ्ने विश्वास लिइएको स्टेशन म्यानेजर बरालले बताउनुभयो ।
पोखरालाई आधार बनाएर नयाँ गन्तव्यमा उडान भर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै टेवा पुग्ने विश्वास लिइएको छ ।
प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग गरिरहेकामा काठमाडौँपछिको दास्रो पर्यटन केन्द्र बनाउने प्रयासमा यहाँका पर्यटन व्यवसायी लागिपरेका छन् ।

यसअघि अघिल्लो वर्ष फागुनमा नाट्टा गण्डकी प्रदेश र नेपालगञ्ज बाँके च्याप्टरको संयोजनमा सीता एयरको जहाज चाटर्ड गरी हप्तामा तीनवटासम्म उडान थालिएको थियो । लगभग दुई महिना चाटर्ड गरी उडान गरिए पनि पुनः कोरोनाको दोस्रो लहरका कारण उक्त योजनामा असर परेको नाट्टा गण्डकी प्रदेशका सदस्य एवं हवाई उपसमिति संयोजक सन्दिप श्रेष्ठले जानकारी दिनुभयो ।

बुद्धले नेपालगञ्जका साथै चाँडै नै विराटनगर र सिमरामा पनि उडान भर्ने तयारी गरेको छ । हाल पोखरा–काठमाडौँ दैनिक आठवटा उडान भरिरहेकामा पोखरा–भैरहवा दैनिक दुई र पोखरा–भरतपुर दैनिक एउटा उडान भरिरहेको छ ।

पोखरा र नेपालगञ्जबीचको उडानसँगै बर्दीया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारासम्मको यात्रा गर्न भारतको लखनउ, कानपुर, दिल्लीसम्मका पर्यटकको चाप पोखरामा बढ्ने विश्वास लिइएको छ । यहाँका धार्मिक तथा पर्यटकीयस्थल विन्ध्यवासिनी, तालबाराही, नेपालगञ्जको बागेश्वरीलगायत तीर्थस्थल पुग्न चाहनेका लागि पनि यो उडान फलदायी बन्ने विश्वास लिइएको छ ।

कोरोनाका कारण भारतीय बोर्डर नखुल्दा आवतजावत रोकिए पनि अवस्था केही सहज भएसँगै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन पनि यो उडान बहुउपयोगी बन्ने नाट्टा प्रदेश अध्यक्ष सिग्देलको भनाइ छ ।

पोखरालाई आधार बनाएर काठमाडौंँसहित विभिन्न शहरबाट हाल दैनिक एक हजार ५०० यात्रु हवाई उडानबाट आवतजावत गरिरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख विक्रम गौतमले बताउनुभयो । कोरोना कहरअघि पोखराबाट दैनिक ३० नियमित उडान हुने गरेकामा अहिले भने १० उडान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । यात्रुको स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिएको उल्लेख गर्दै उहाँले कोरोना कहर अघि पोखरालाई आधार बनाएर दैनिक पाँच हजारसम्म यात्रु हवाई उडानमार्फत आवतजावत गरिरहेको बताउनुभयो । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!