काठमाण्डाै – गएको आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) ९ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गएकाे वर्ष नौ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
कोरोना महामारीका कारण विदेशमा धेरै नेपालीको रोजगारी गुम्ने र उनीहरूले पठाउने रेमिट्यान्स घट्ने अनुमानका बीच पनि नौ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ८ दशमलव २ प्रतिशतले बढेर आठ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६२ दशमलव ८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि गएकाे वर्ष ४६ दशमलव ८ प्रतिशतले घटेको छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-