बैदेशिक पोष्ट
२०८३ बैशाख १७, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जब म अमेरिका आएँ…!

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ६, २०७८ ०७;५४ बिहान प्रकाशित
जब म अमेरिका आएँ…!
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पीएचडी दोस्रो वर्षमा अध्ययनरत छँदा कलेजले मलाई एउटा अनौठो प्रश्न गर्‍यो। सोधिएको थियो, ‘हरेक दिन एक घण्टा फुर्सदिलो समय पायौ भने तिमी के गर्छौ ?’ खासै सोचविचार नगरी अनायास मैले ‘त्यस्तो समय पाएँ भने म अरू मानिसको सेवामा खर्च गर्नेछु’ भनिदिएँ। तर, पछि त्यही प्रश्नले मलाई बेचैन बनायो।

विद्यावारिधि तहका अधिकांश विद्यार्थीझैं, म अध्ययन, शिक्षण, पढाइका काम र निजी जीवनका प्रयत्नहरूमा दत्तचित्त थिएँ। तथापि, मैले आफैंलाई सोधेँ, ‘अरूको सेवाका लागि के साँच्चै मलाई २५औं घण्टा पनि चाहिने हो वा मैले मसँग भएको २४ घण्टाकै राम्रो सदुपयोग गर्न सक्छु?”

त्यसको केही समयपछि मैले ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई यातायात सुविधा प्रदान गर्ने एउटा संस्थामा स्वयंसेवक भएर काम गर्न थालेँ। आश्चर्यको कुरा, पहिलो पुस्ताको अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा मैले झेल्दै आएको गन्जागोललाई स्थिर बनाउने उपाय त्यही स्वयंसेवा थियो भन्ने अहिले महसूस हुन्छ। 

म सोच्थेँ, ग्राजुएट-स्कूलका चुनौतीहरू झेल्न म तम्तयार छु। तर, जब म पीएचडी गर्न भनी संयुक्त राज्य अमेरिका आएँ, यस्तो लाग्यो, कसैले मलाई खुशी र सम्पन्न भावमा पौडिरहेको मेरो सानो तलाउबाट फुत्त निकालेर रहस्यमयी, विशाल समुद्रमा झ्वाम्मै खसालिदियो। त्यो समुद्रका हरेक माछा मभन्दा द्रुत गतिमा पौडी खेल्थे, लामो छलाङ मार्थे।

सहकार्यका तौरतरिका समेत मेरा लागि यहाँ नौला थिए। म बोलूँ कि चुप लागेर बसूँ, दोधारमा पर्थेँ। प्राध्यापकहरूप्रति आदर देखाउने सही तरिका के हो? सहपाठीहरूसँग कसरी नजिक वा सहज हुने? अलमल हुन्थ्यो। मैले आफूलाई रचनात्मक, आशावादी, बोलीचालीमा फुर्तिलो मान्छेका रूपमा जसरी बुझेको थिएँ, म अचानक र असामान्य तरिकाले लजालु वा संकोची स्वभावको व्यक्तिमा परिणत भएँ।

अझ तनावपूर्ण कुरा त, मैले चिताए अनुसार मेरो रिसर्च (अध्ययन)ले गति लिइरहेको थिएन। बरु उल्टै त्यसले मेरो समय र जाँगर बर्बाद पारिरहेको थियो। कुनै चिजमा प्रतिफल हासिल भइरहेको थिएन।

जसै मैले मेरो पहिलो यात्रु, चर्च हिँडेकी वृद्धा हजुरआमालाई गाडीमा हालेँ, मेरो डर तुरुन्तै साम्य भयो। एक अन्तर्राष्ट्रिय, लक्का जवान केटोलाई चालकका रूपमा पाउँदा उहाँ दंग पर्नुभयो र बाटोभरि मेरो पृष्ठभूमिबारे प्रशस्तै प्रश्न सोधिरहनुभयो।
मलाई आफ्नो पुरानो स्वरूपमा फर्काउन मद्दत गर्ने कुनै चिजको खाँचो थियो। यसबारे एक मित्रसँग कुरा गरेपछि मैले ‘भलुन्टर अपर्चुनिटिज् नियर मी’ (मेरो छेउछाउ उपलब्ध स्वयंसेवाका अवसर) बारे गुगल गरेँ। वृद्ध अवस्थाका मान्छेहरूलाई पसल, धार्मिक समारोह वा मिटिङ आदिमा पुर्‍याइदिन सवारीको सुविधा उपलब्ध गराउने एउटा स्थानीय संस्थाले स्वयंसेवक खोजिरहेको रहेछ।

गाउँभरिका त भइहाले, वल्लो गाउँ, पल्लो गाउँ सबैतिरका मान्छेको सबैसँग एकआपसमा चिनजान हुने समाजमा हुर्किएको र हजुरबा–हजुरआमासँग सधैं नजिक भएको हुनाले मलाई मेरो नयाँ बासस्थानका ज्येष्ठ नागरिकको सेवा गर्नु नै मैले खोजेको चिज हो भन्ने लाग्यो।

स्कूलबाहिरका मान्छेसँग त्यसअघि खासै अन्तर्क्रिया नगरेको हुनाले पहिलो दिनको यात्रामा म अलि डराएको थिएँ। तर, जसै मैले मेरो पहिलो यात्रु, चर्च हिँडेकी वृद्धा हजुरआमालाई गाडीमा हालेँ, मेरो डर तुरुन्तै साम्य भयो। एक अन्तर्राष्ट्रिय, लक्का जवान केटोलाई चालकका रूपमा पाउँदा उहाँ दंग पर्नुभयो र बाटोभरि मेरो पृष्ठभूमिबारे प्रशस्तै प्रश्न सोधिरहनुभयो।

चर्चको कीर्तनमा सहभागी हुन र बाहिरको स्वच्छ हावा ग्रहण गर्न पाएकोमा आफू धन्य भएको उहाँले बताउनुभयो। मेरा आफ्नै हजुरबा–हजुरआमाले झैं उहाँले मलाई आशीर्वाद दिनुभयो। यस्ता सम्बन्ध अनि मेरा यात्रुको अनुहारको मुस्कानले मलाई यो कामलाई निरन्तरता दिन सधैं हौस्याइरह्यो।

म प्रत्येक सप्ताहान्तमा दिनको तीन घण्टा स्वयंसेवाको काममा खटिन थालेँ। यो नगरेको भए म लम्पसार सुतेर वा सामाजिक सञ्जाल चलाएर त्यो समय व्यर्थै खेर फाल्थेँ। त्यसको सट्टा यात्रुसँग आफ्ना कथाव्यथा साट्नु बढी उत्पादनमूलक रह्यो। उनीहरूका जिन्दगीका अनुभव सुनेपछि मलाई के आभास भयो भने, विश्वको जुनसुकै कुनाका मानिस भावनाको भाषाले एक–अर्कासँग जोडिएका छन्।

उनले यो पनि भने कि मेरो दक्षता, माइक्रोबायोलोजीको ज्ञान, संक्रामक रोगको उच्च जोखिम रहेको ठाउँमा काम गर्दाको मेरो अनुभव पछि गएर सबैका लागि अमूल्य हुनेछ। 
स–साना रमाइला गतिविधिहरूमा समय खर्चिन आतुर मेरा पाका यात्रु देख्दा मलाई फुत्तै चिप्ली जाने आफ्नो समय कुन हिसाबले व्यतीत गरूँ भनेर सोच्न कर लाग्छ। मेरो पहिलाको अस्तव्यस्त तालिका समेत अहिले क्रमशः व्यवस्थित हुँदै आएको छ। 

एक दिन मैले मेरा एकजना यात्रुलाई ‘ठूल्ठूला रिसर्च संस्थामा काम गरेको अनुभव भएका मेरा सहकर्मीहरूमाझ म आफूलाई मामुली ठान्छु’ भनेर बताउँदा उनले मलाई विदेशमा काम गर्दाको उनको अनुभवले पछि कसरी उनलाई सहयोग गर्‍यो भन्नेबारे विस्तारमा बताए। उनले यो पनि भने कि मेरो दक्षता, माइक्रोबायोलोजीको ज्ञान, संक्रामक रोगको उच्च जोखिम रहेको ठाउँमा काम गर्दाको मेरो अनुभव पछि गएर सबैका लागि अमूल्य हुनेछ। 

त्यसउप्रान्त मैले आफूमा रहेको खिन्नता वा असन्तोष भावप्रति पुनः विचार गर्न थालेँ। जब मेरो आत्मविश्वास बढ्दै गयो, म कक्षाका साथीहरूसँग खुलेर बोल्न थालेँ र रिसर्चमा भइरहेका उतारचढावबारे बताउन थालेँ। कस्तो अचम्म! मलाई जस्तो समस्या उनीहरूलाई पनि पर्दो रहेछ। मैले हरेक थोकमा अब्बल ठान्ने गरेका मेरा अमेरिकी साथीहरूलाई समेत मलाई जस्तै अध्ययनमा अड्चन हुँदो रहेछ। उनीहरूसँग सम्बन्ध स्थापित भएपछि मेरो वास्तविक व्यक्तित्व फर्केर आउन थालेको छ।  

अब त मेरो डिग्री समाप्त हुने बेला भइसक्यो, तर अझै पनि केही चुनौती झेलिरहेकै छु। मेरा परामर्शदाता हालै अर्को विश्वविद्यालयतिर गए र हाल मैले नयाँ मेन्टर खोज्नुपरेको छ। रिसर्च प्रकाशनका लागि पनि म कसरत गर्दै छु। साथै, जागीरका लागि केही ठाउँमा अप्लाई गरेको छु। मेरा सामु विद्यमान यी सबै व्यवधान पार लगाउन सक्ने आत्मविश्वास ममा पलाएको छ। 

म आज जे छु, त्यसका लागि गर्व महसूस गर्छु। जिन्दगीको सबैभन्दा मूल्यवान् चिजलाई कसरी सदुपयोग गर्ने भन्नेबारे पनि सधैं हेक्का राख्नेछु। त्यो चिज के हो भन्नुहोला। त्यो त्यही त हाे– समय। 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!