सोमबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको हो । गत आइतबार बजारमा सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज यता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ । गत आइतबार एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार १६० रुपैयाँ पुगेको हो ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-