बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चार्टर उडान अनियमितता छानबिन गर्न फेरि समिति बनाइयो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
असार ७, २०७८ १५;५७ मध्यान्ह प्रकाशित
चार्टर उडान अनियमितता छानबिन गर्न फेरि समिति बनाइयो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — गत वर्षको पहिलो लकडाउनमा झैं यसपटक पनि अन्तर्राष्ट्रिय चार्टर उडानमा वायुसेवा कम्पनी र ट्राभल एजेन्टबाट यात्रु ठगिने क्रम नरोकिएपछि पर्यटन मन्त्री उमाशंकर अरगरियाले सोमबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सहसचिव समेत रहेका अधिकारीका अनुसार, समितिमा प्राधिकरणका महानिर्देशक पोखरेलबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्ण, मन्त्रालयका उपसचिव नरहरी घिमिरे, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र पर्यटन विभागबाट पर्यटक प्रहरी निरीक्षक सदस्य छन् ।

स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय चार्टर उडान अनुमती दिने पर्यटन मन्त्रालयले चार्टर उडानको भाडामा विस्तृत छानबिन गर्न र आवश्यक कारबाहीका लागि प्रहरी लगायत सरकारी निकायमा कारबाहीका लागि सिफारिस पनि गर्न महानिर्देशक पोखरेलको समितिलाई अधिकार दिएको छ । सरकारले दोस्रो चरणको कोरोना संक्रमण रोकथाम गर्न लगाएको निषेधाज्ञापछि (वैशाख १९ यता) का अन्तर्राष्ट्रिय चार्टर उडान गर्दै आएका स्वदेशी विदेशी वायुसेवा कम्पनी र तीनका लागि टिकट बिक्री गर्ने ट्राभल एजेन्सीमाथि समितिले छानबिन गर्नुपर्ने भनिएको छ ।

निवर्तमान पर्यटन मन्त्री भानुभक्त ढकाललाई मौखिक जानकारी दिँदा पनि कारबाहीका लागि पहल नभएपछि जहाजको टिकट तथा टुर प्याकेज बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन ‘नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेट्स’(नाट्टा)ले जेठ २५ गते आफ्ना केही सदस्य ट्राभल एजेन्सीहरुले कतार र टर्किस एयरलायन्ससँग भइरहेका चार्टर उडानमा मिलोमतो गरी अनियमितता गरेकाले तत्काल कारबाही गर्न नयाँ पर्यटन मन्त्री अरगरियालाई मौखिक तथा नागरिक उड्डयन प्राधिकरणलाई लिखित पत्रै पठाएको थियो ।

प्राधिकरणका एक अधिकारीका अनुसार पछिल्लोपटक नेपालबाट चार्टर उडान गर्दै आएका विदेशी वायुसेवा कतार एयर र टर्किस एयरलायन्स तथा काठमाडौं हब भएको अन्तर्राष्ट्रय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका चार्टर उडानमा यात्रुले एकतर्फी हवाइ टिकटको मूल्य तेब्बरसम्म तिर्न बाध्य हुनु परेको उजुरी परेको छ । प्राधिकरणले आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई जेठ ३१ गते हिमालय एयरलायन्सको काठमाडौं–दमाम उडानमा नेपाली कामदारबाट एकतर्फी हवाइ भाडा २ लाख बढी असुल भएको भन्दै छानबिन गर्न पत्राचार गरेको छ । त्यसैगरी चार्टर उडानमा संलग्न नेपाली ट्राभल एजेन्सीहरुमा दरबारमार्गमा रहेको प्रेसिडेन्ट ट्राभल र नागपोखरीमा रहेको मेगाबाइट ट्राभल एण्ड टुरबाट बिक्री हुने चार्टर उडानका टिकटमा अत्याधिक मूल्य असुल हुने गरेको यात्रुहरुले गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

यसअघि ०७७ जेठमा पनि चार्टर उडानमा एजेन्टहरुले वायुसेवा कम्पनीसँग मिलोमतोमा एकतर्फी हवाइ भाडा तेब्बरसम्म असुलेको गुनासो सार्वजनिक भएपछि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । तर, उक्त समितिले पर्यटन मन्त्रालयमा तीनवटा मन्त्री फेरिसक्दा पनि प्रतिवेदन नै सार्वजनिक गरेन । छानबिनको नेतृत्व गर्ने आचार्यको बढुवा–सरुवा भइसकेको छ । मन्त्रालयका अधिकारीहरुले उक्त प्रतिवेदनबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच नाट्टाका एक पदाधिकारीले हालका समितिबाट पनि कुनै अपेक्षा नरहेको प्रतिक्रिया दिए । ‘सरकारले छानबिन समिति गठन नै गर्नुपर्दैन । अहिलेको लुटमा पनि पुरानै दुई विदेशी वायुसेवा र दुई नेपाली ट्राभाल एजेन्ट संलग्न छन,’ ती पदाधिकारीले भने, ‘हामीले सरकारलाई सूचना दिँदा पनि कारबाही नै हुँदैन ।’ कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!