बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वातावरण संरक्षणमा अग्रणी विश्वका आठ देश

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार ८, २०७८ ०६;४० बिहान प्रकाशित
वातावरण संरक्षणमा अग्रणी विश्वका आठ देश
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा अन्तर्राष्ट्रिय विश्व पृथ्वी सम्मेलन भएको थियो । यो सम्मेलनको मुख्य एजेन्डा नै पर्यावरण संरक्षण थियो । सम्मेलनमा सहभागीहरूले समयमै पर्यावरणसम्बन्धी योजना नबनाए विश्वबाट हरियाली समाप्त हुने धारणा राखेका थिए ।

तीन दशकअघि ब्राजिलमा भएको यस सम्मेलनमा वातावरण रक्षा गर्नेसम्बन्धी धेरै ऐतिहासिक सम्झौता भएका थिए । यसमध्ये जलवायु परिवर्तन (क्लाइमेन्ट चेन्ज)को विषय प्रमुख थियो । यसपछि सन् २०१५ मा फ्रान्स क्लाइमेट चेन्ज सम्बन्धमा क्योटो प्रोटोकल सम्झौता भयो ।

यसलाई पेरिस सम्झौता भनिन्छ । पेरिस सम्झौताअनुसार जलवायु परिवर्तनसम्बन्धी नियम कडा रूपमा पालना गर्नुपर्ने उल्लेख छ । पेरिस सम्झौताअनुरूप विश्वमा जलवायु परिवर्तन स्थिर बनाइराख्न तापक्रम २ डिग्री सेल्सियसभन्दा कम राख्नुपर्छ । यदि धेरै गर्मी भए तापक्रम १.५ डिग्रीसम्म राख्ने हो । सन् २०१५ को पेरिस सम्झौताअनुसार विश्वका निम्न आठ देशले मात्रै वातावरण संरक्षणसम्बन्धी योजनाअनुरूप काम गरेका छन् ।

१. बेलायत : सुरुमै वातावरण संरक्षण कानुन निर्माण
बेलायत र फ्रान्स विश्वका यस्ता देशमा पर्छन्, जसले ग्रिन हाउस नीति लागू गर्ने कानुन सबैभन्दा पहिला बनाएका थिए । सन् २०१९ मा बेलायतले यससम्बन्धी कानुन बनाएको हो । बेलायतले सन् २०५० सम्म देशभरि नै हरियाली बनाउने लक्ष्य राखेको छ । यस्तो नीति लिने बेलायत जी–७ को पहिलो देश हो । फ्रान्सले पनि सन् २०५० सम्म ग्रिन हाउस ग्यास उत्पादन नीतिअनुरूप सन् २०५० सम्म पूरा गर्ने लक्ष्य राखेको छ ।

२. स्विडेन : ९९ प्रतिशत फोहोर पुनः प्रयोग
सिंगो युरोप नै फोहोर कम उत्सर्जन गर्ने क्षेत्रमा पर्छ । सन् १९९० पछि यहाँ उत्सर्जनमा २० प्रतिशत ह्रास आएको छ । स्विडिस सरकारले सन् २००३ मा एउटा नीति निर्माण गर्‍यो, यो नीतिअनुसार पूरै देशमा एक प्रतिशत मात्र फोहोर राख्ने र बाँकी ९९ प्रतिशत फोहोर रिसाइकल (पुनः प्रयोग) गरिन्छ । रिसाइकलबाट बायो ग्यास उत्पादन हुन्छ । यसलाई पर्यावरण संरक्षणको राष्ट्रिय जिम्मेवारीका रूपमा स्विडिस नागरिकले लिएका छन् ।

३. फिनल्यान्ड : व्यक्तिगत कार नराख्ने
प्रदूषण कम गर्न फिनल्यान्डले राम्रो नीति अपनाएको छ । राजधानी हेलसिन्कीलगायतका सहरमा गरी २४ सय किलोमिटर साइकल लेन छ । फिनल्यान्डले सन् २०२५ सम्म मात्रै व्यक्तिगत कार राख्न पाउने नियम लागू गरेको छ । सरकारले व्यक्तिगत कारको स्थानमा सार्वजनिक यातायातलाई प्राथमिकतामा राख्न भनेको छ । यो नीतिअनुसार एक हजार लोकल बस स्टेसन हुनेछन् । ट्याक्सीहरूले जस्तै बसले पनि पिकअप एन्ड ड्रप सुविधा दिनेछन् ।

४. डेनमार्क : ४१ प्रतिशत साइकलयात्री
डेनमार्कका ४१ प्रतिशत नागरिक आवतजावतमा साइकल प्रयोग गर्छन् । डेनिस सरकारले सन् २०२५ सम्म ५० प्रतिशत नागरिकलाई साइकल प्रयोग गराउने नीति राखेको छ । सन् २०१६ पछि डेनमार्कमा साइकल चलाउने संख्या बढेको हो । डेनमार्कमा ग्रिन परिवाहन प्रणालीको विकास भइरहेको छ ।

५. नर्वे : इलेक्ट्रोनिक कार रोजाइ
नर्वेले सन् २०१७ देखि वातावरण रक्षा गर्न पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन प्रयोग कम गर्ने रणनीति अपनाएको छ । र, सकेसम्म बिजुलीबाट चल्ने सवारीसाधनलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । सन् २०१९ सम्म नर्वेमा ६० प्रतिशत जनताले बिजुलीबाट चल्ने यातायात प्रयोग गर्न थालेको तथ्यांक छ । अब नर्वेजियन सरकारको लक्ष्य सन् २०२५ सम्ममा सबै जनतालाई बिजुलीबाट चल्ने कार प्रयोग गराउने हो ।

६. सिंगापुर : हरेक घरको छतमा हरियाली 
एसियन देश सिंगापुर विश्वकै स्वच्छ र सफा सहरमध्येमा पर्छ । यहाँको सरकारले सन् २००८ मा वायु प्रदूषण कम गर्न र हरियाली कायम गर्न एउटा नियम बनाएको थियो । जसअनुसार ठूला वा सानो घरमा अनिवार्य रूपमा हरियाली हुनुपर्नेछ । सन् २०३० सम्म सिंगापुरका ८० प्रतिशत घर हरियाली भइसक्नेछन् ।

७. फ्रान्स : प्रदूषण गर्नेलाई दोहोरो जरिवाना
जलवायु परिवर्तनको मुद्दा उठाउने र यसलाई नियन्त्रणमा राख्ने अभियानमा फ्रान्स पनि पछि छैन । यहाँको सरकारले वातावरण बिगार्ने र नियमविपरीत काम गर्नेहरूलाई दण्डित गर्छ । सरकारले धेरै धुवाँ फ्याँक्ने सवारीसाधन वा अन्य यातायातका साधनमाथि दुई गुणासम्म ट्याक्स लगाउने गरेको छ । पहिला वार्षिक १४ हजार डलर तिरे पुग्ने गाडीले अब २२ हजार दुई सय ४० डलरसम्म तिर्नुपर्छ ।

८. पेरु : छुट्टै अदालत 
दक्षिण अमेरिकी राष्ट्र पेरुले सन् २०१८ मा पर्यावरणसम्बन्धी मुद्दा हेर्ने गरी अलग्गै अदालत बनाएको थियो । यस अदालतमा केवल पर्यावरणविरुद्ध काम गर्नेहरूको मात्रै मुद्दा हेरिन्छ । अदालतमा अवैध खानी, वनफँडानी, वातावरणीय गिरावट र वन्यजन्तु व्यापारको सुनवाइ हुँदै आएको छ । अदालत स्थापना भएको पहिलो वर्षमै तीन हजार मुद्दा परेका थिए ।
–एजेन्सीहरूको सहयोगमा 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!