बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भेरी–बबई डाइभर्सन आयोजना: बन्दाबन्दीमा पनि लक्ष्य अनुसारको काम

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार ९, २०७८ ०५;४३ बिहान प्रकाशित
भेरी–बबई डाइभर्सन आयोजना: बन्दाबन्दीमा पनि लक्ष्य अनुसारको काम
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माण हुने संरचना।

२०७१ चैतमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्दासम्म पनि भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले अहिलेको गति लिनेमा शंका थियो। चुरे श्रृङ्खलाको कलिलो पहाडमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीवीएम) मार्फत १२.२ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्ने थियो। शिलान्यास कार्यक्रममा प्रधानमन्त्री कोइरालालेनै भनेका थिए, ‘प्रविधिमार्फत नेपालमा सुरुङ निर्माण सफल भए १०–१२ वर्षमै मुलुकले विकासमा नयान्ँ फड्को मार्छ।’

शिलान्यासको झण्डै तीन महिनापछि २०७२ जेठ २१ गते नेपाल सरकारले चाइना ओभरसीज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा टीवीएममार्फत सुरुङ निर्माणको संझौता गर्‍यो। नेपालमा ड्रिलिङ र ब्लास्टिङद्वारा सुरुङ खन्ने प्रचलन थियो। मानवरहित अत्याधुनिक प्रविधियुक्त मेसिन प्रयोग नेपालका सन्दर्भमा नयाँ थियो। २०७४ कात्तिक मसान्तबाट भेरीगंगा नगरपालिका–१ को हात्तीखालबाट सुरुङ खन्न सुरु गरेको टीवीएम २०७७ बैशाख तीन गते चुरे पर्वत छिचोलेर भेरी किनारको चिप्लेमा आइपुग्यो।

कलिलो चुरे पहाड छिचोलेर चिप्लेमा भएको ब्रेक–थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सुनकोशी–मरिन डाइर्भनलगायतका आयोजनाहरु सुरु गर्ने घोषणा मात्रै गरेनन्, नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताए। ‘पूर्णरुपले चुरे पर्वत श्रृङ्खलामा अवस्थित सुरुङ निर्माण कार्य जोखिम भएपनि उक्त जोखिमलाई समयमै पहिचान गर्न सक्दा लक्ष्य अगावै निर्माण सम्पन्न गर्न सफल भयौं,’ आयोजना प्रमुख हरिनारायण यादवले भने, ‘सुरुङ निर्माण मात्रै होइन्, अन्य कामहरुको प्रगति पनि अहिलेसम्म सन्तोषजनक छ।’

मुलुककै पहिलो बहुउद्देश्यीय, एउटा नदी बेसिनबाट अर्को नदी बेसिनमा पानीको स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिन्छ। सुरुङ निर्माण आयोजनाको पहिलो प्याकेज थियो। अहिले भेरी–बबईको दोस्रो प्याकेज अन्र्तगतका संरचना निर्माण भइरहेका छन्। सिभिल संरचना अन्र्तगत बबईमा विद्युतगृह (पावरहाउस), चिप्लेमा बाँध (ड्याम) र सर्ज साफ्ट निर्माणको काम अहिले अघि बढेका छन्। यि संरचना निर्माणका लागि सिंचाई विभागले रमण–ग्वाङ्डोन जेभीसँग २०७६ साउन १५ गते ६ अर्ब १६ करोड ५२ लाख १६ हजारमा संझौता गरेको छ। दोस्रो प्याकेज अन्र्तगतका संरचना २०८० साउन २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ।

आयोजनाको अहिलेको भौतिक प्रगति ४७ प्रतिशत छ। चालू आर्थिक वर्षको अन्त्यसम्म आयोजनाको समग्र प्रगति ५० प्रतिशत पुर्‍याउने लक्ष्य आयोजनाको छ। कोरोना कहरको पहिलो र दोस्रो लहरमा पनि आयोजनामा काम रोकिएन्। ‘राष्ट्रिय गौरवको आयोजना भएकाले बन्दाबन्दीको समयमा पनि हामीले कामलाई निरन्तरता दियौं,’ सिनियर डिभिजनल इन्जिनियर इश्वरीप्रसाद तिवारीले भने, ‘अहिलेकै गतिमा काम भइरहेमा निर्धारित समयमै आयोजना निर्माण सम्पन्न हुन्छ।’ बाँधस्थल निर्माणस्थलमा कामदार र अन्यका लागि क्याम्प, निर्माण सामाग्री उत्पादनका लागि आवश्यक प्लान्ट, क्रसर उद्योग, प्रयोगशालालगायतका संरचनाहरु छन्।

आयोजनाको तेस्रो प्याकेज हाईड्रोमेकानिकल र ईलेक्ट्रोमेकानिकल संरचनाहरुको ठेक्का प्रक्रिया पनि अघि बढेको छ। तेस्रो प्याकेजको ठेक्का प्रक्रिया असार २१ गतेभित्र सम्पन्न भइसक्ने छ। ‘आगामी आर्थिक वर्षको सुरुबाटै तेस्रो प्याकेजको पनि काम सञ्चालन हुन्छ,’ उनले भने, ‘लक्ष्य अनुरुप काम भइराखेकाले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा आयोजना सम्पन्न गछौं।’ २०६८–०६९ बाट सुरु भएको आयोजना निर्माण सम्पन्न हुँदासम्म ३३ अर्ब १९ करोड ६६ लाख ४२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

आयोजनाले विद्युत उत्पादनका साथै सिंचाई सुविधासमेत पुर्‍याउँछ। चिप्लेस्थित भेरी नदीमा ११४ मिटर लामो व्यारेजसहित १५८ मिटर डिसेण्डीङ बेसिन र टनेल इन्ट्री पोर्टलको निर्माण भइरहेको छ। यसमा छ वटा ढोका हुनेछन् भने भेरी वारपार गर्नका लागि पुल पनि बन्ने छ। ४.२ मिटर व्यास र १२.२ किलोमिटर लामो सुरुङमार्फत प्रति सेकेण्ड ४० घनमिटर पानी भेरी नदीबाट बबईमा खसालिने छ। १५२ मिटर लामो हेडको प्रयोग गरेर २४ मेगावाट क्षमताको दुई वटा टर्वाइनमार्फत ४६.८ मेगावाट विद्युत उत्पादनका लागि विद्युत गृहको निर्माण गरेर वार्षिक ३८५ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ।

आयोजना सम्पन्न भएसँगै भेरी नदीबाट बबईमा खसालिएको पानीले लुम्विनी प्रदेशका बर्दिया र  बाँकेका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाई सुविधा उपलब्ध हुनेछ। ‘बहुउद्देश्यीय आयोजना भएकाले यसले सिंचाईका साथै विद्युत उत्पादनको पनि काम गर्छ,’ उनले भने, ‘सिंचाईबाट वार्षिक ३.१० अर्ब र विद्युतबाट वार्षिक चार अर्ब तीन करोडसम्म आम्दानी हुने अपेक्षा हामीले लिएका छौं।’

समयमै काम सक्न निर्देशन

कर्णाली प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री दीनबन्धु श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भएकाले भेरी–बबई डाइभर्सन आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। आयोजनास्थलको निरीक्षणका क्रममा हालसम्मको काम सन्तोषजनक रहेको बताउँदै बाँकी कामहरुलाई पनि समयमै सम्पन्न गर्न निर्देशन दिए।

‘यो कर्णालीको मात्रै नभएर राष्ट्रकै गौरवको आयोजना हो,’ मन्त्री श्रेष्ठले भने, ‘समयमै सम्पन्न गर्नका लागि प्रदेश सरकारकातर्फबाट आवश्यक सहयोग रहन्छ।’ उनले स्थानीयहरुका मागलाई पनि सम्बोधन गरेर अघि बढ्न आयोजना प्रमुखलाई निर्देशन दिए। मन्त्री श्रेष्ठले मुआब्जालगायतका स्थानीयका मागहरुलाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताए। ‘कर्णालीको पानी लुम्विनीमा गएर त्यहाँको जमिनमा सिंचाई सुविधा पुग्छ,’ उनले भने, ‘प्रभावित क्षेत्रका बासिन्दाका मागहरु सम्बोधन नगरेर अघि बढ्दा पछिसम्म समस्या आउन सक्छ, त्यसैले स्थानीयहरुलाई साथमै लिएर अघि बढ्नुहोला।’

आयोजना सम्पन्न भएपछि सिंचाईबाट हुने फाइदा सिंचाइ क्षेत्र कमाण्ड एरिया (हे.) आयोजना नहुँदाको हालको फाईदा

(रु. करोडमा) आयोजना पश्चात हुने फाईदा

(रु. करोडमा) आयोजना पश्चात थप फाईदा

(रु. करोडमा) कैफियत

भाग १ २१००० ८६.६८  १९७.४६ ११०.७७ हालको बबइ आयोजनाको क्षेत्र

भाग २ १५००० ६३.२३  १४१.०४ ७७.८०

भाग ३ ६००० ७.८२ ७४.७१  ६६.८९  नयाँ क्षेत्र

भाग ४ ९००० ८.०६  ६२.६९ ५४.६२ बर्दिया

जम्मा ५१००० १६५.८०  ४७५.९१ ३१०.१०

-आयोजना सम्पन्न भएपछि विद्युतबाट हुने फाइदा

विवरण इकाइ परिणाम कैफियत

कुल बार्षिक उर्जा उत्पादन गि. वा. घण्टा ४०४.७५

विक्री योग्य बार्षिक उर्जा उत्पादन गि. वा. घण्टा ३८४.५०

उर्जा दर (रु. ) प्रति कि. वा. घण्टा ८.४ देखि १०.४   बाह्रै महिना फर्म इनर्जी उत्पादन हुने

बार्षिक आम्दानी करोड ३२२.९८ देखि ४०३.७२

आयोजनाको अनुगमन गर्दै कर्णाली प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री दीनबन्धु श्रेष्ठलगायत।

नागरिक दैनिकले छापेको छ |

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!