बैदेशिक पोष्ट
२०८२ फाल्गुन २६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

थाहा पाउनुहोस्, होटल क्वरेण्टीन खर्च विदेशबाट फर्किने कस्ता व्यक्तिले कसरी पाउने हुन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार ९, २०७८ ०६;२१ बिहान प्रकाशित
थाहा पाउनुहोस्, होटल क्वरेण्टीन खर्च विदेशबाट फर्किने कस्ता व्यक्तिले कसरी पाउने हुन्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – अघिल्लो हप्ता कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले विदेशबाट फर्किएर आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्न नसक्ने श्रमिकलाई १० दिनसम्मको होटल क्वरेण्टीन खर्च उपलब्ध गराउने र श्रम गन्तव्य देश साउदी, यूएई, मलेसिया लगायतका देशमा उडान खोल्ने निर्णय गर्‍यो ।

सीसीएमसीको यो निर्णयपछि घर फर्कन ठिक्क परेका श्रमिकहरू अलमलमा परेका छन् । थप गन्तव्य देशमा उडान खोल्ने र नियमित उडान भइरहेको देशबाट उडान सङ्ख्या थप्ने सीसीएमसीले निर्णय गरेको एक हप्ता भयो । तर, उडान कहिलेबाट सुरु हुन्छ यकिन भएको छैन ।

वैदेशिक रोजगारीमा जानेहरूका लागि कोरोना विरुद्धको खोपको व्यवस्था पनि छैन । अहिले प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोप प्रदान गरिरहेको सरकारले वैदेशिक रोजगारीमा जाने यात्रुलाई खोप उपलब्ध गराउने तयारी के छ ? होटल क्वरेण्टीन खर्च कस्ता श्रमिकले कसरी पाउने हुन् ? अनि ५ दिनको खर्च बेहोर्न नसक्नेले के गर्ने ? यी प्रश्न कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्य कृष्णहरि पुष्करसित सोधेका छौँ ।

***

होटल क्वरेण्टीन खर्च विदेशबाट फर्किने कस्ता व्यक्तिले कसरी पाउने हुन् ?

बाहिरबाट आउने यात्रुको सन्दर्भमा संसारभरी जस्तै नेपालमा पनि होटल क्वरेण्टीनको व्यवस्था गरिएको हो । अहिले भइरहेको मापदण्डहरूमा समय सापेक्ष केही कुराहरू परिवर्तन गर्नुपर्‍यो भनेर नेपाल सरकार मन्त्रीपरिषदमा प्रस्ताव लाने गरी छलफल र तयारीहरू भइरहेको छ ।

अहिलेको यो सन्दर्भमा दुई ओटा कुरालाई ध्यानमा राखिएको छ । नेपाली श्रमिक स्वदेश फर्कँदा उहाँहरूको क्वरेण्टीन कसरी वैज्ञानिक, व्यवस्थित र मर्यादित बनाउने भनेर छलफल अघि बढाइएको हो ।

हवाई मार्ग हुँदै यात्रु नेपाल आएपछि स्वास्थ्यको मापदण्ड, होटल क्वरेण्टीन, होम क्वरेण्टीन र अरू संस्थागत क्वरेण्टीनको व्यवस्थापन कसरी गर्ने भनेर पनि थप छलफल अघि बढेको छ ।

तर नेपाल सरकार मन्त्रीपरिषदबाट निर्णय नहुँदासम्म अहिले जुन व्यवस्था कार्यान्वयन भइरहेको छ त्यो नै लागू हुन्छ । नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृति भएपछि मात्रै बल्ल नयाँ व्यवस्था  कार्यान्वयनमा आउने हो ।

अहिलेको नयाँ व्यवस्था अनुसार खाडीका देश र मलेसियाबाट आउनेले पाँच दिन होटल क्वरेण्टीनमा बस्न पर्ने हो । तर अहिले सीसीएमसीले विभिन्न विज्ञ, श्रम मन्त्रालय, पर्यटन मन्त्रालयदेखि सबै सरोकारवाला निकायहरूसँग छलफल गरेर त्यसलाई अझैं वैज्ञानिक रूपमा लैजाने भनेर कुरा भएको हो ।

विदेशबाट आउने नागरिक सबैलाई क्वरेण्टीनमा त अनिवार्य राख्नै पर्ने हुन्छ । तर कतिपय नागरिकहरू जो आफ्नो खर्चमा बस्न सक्दैनन् । जो वैदेशिक रोजगार कानुन अनुसार गएका नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई कसरी सहुलियत र व्यवस्थित रूपमा व्यवस्थापन गर्ने भन्ने हिसाबले छलफल भएको हो ।

जसमा पनि वैदेशिक रोजगार कानुन अनुसार नै उद्धार गर्नु पर्ने, जेल परेर छुटेका वा अलपत्र परेका नागरिकका लागि वैदेशिक रोजगार कल्याणकारी कोष छ । त्यो कोष अनुसार उद्धार र होटल क्वरेण्टीन खर्चको व्यवस्था हुनेछ ।

तर यी सबै कुरा अझैं पनि नेपाल सरकार मन्त्रीपरिषदबाट पास नभइकन कार्यान्वयनमा आउने भन्ने हुँदैन ।

सीसीएमसीले अझैं पनि सरोकारवाला निकायहरूसँग छलफल अघि बढाइरहेको अवस्था छ । सीसीएमसीले नेपाल सरकारलाई पेस गर्ने र मन्त्रीपरिषदबाट पास भएपछि मात्रै कार्यान्वयनमा आउँछ ।

त्यसो भए अब क्वरेण्टीन कति दिन बस्नु पर्ने, कसले कसरी होटल क्वरेण्टीन खर्च पाउने भन्ने मापदण्डसहित नयाँ निर्णय हुन्छ ?

विदेशबाट फर्किएका सबैलाई क्वरेण्टीनमा राख्नै पर्ने हुन्छ । तर क्वरेण्टीनमा राख्दाखेरि जुन खर्चको भारको कुरा छ त्यसलाई चाहिँ सही र व्यवस्थित ढङ्गले कसरी अघि लैजाने भन्ने कुरा हो ।

वैदेशिक रोजगार ऐनले उपलब्ध गराउने राहत सहुलियतको उदार गर्नुपर्ने, आपत् विपदमा परेका नागरिकका समस्या दूतावास हुँदै परराष्ट्र मन्त्रालयमार्फत आएमा तत्काल सम्बोधन गर्नुपर्ने कुराहरू छदै छ ।

अर्को कुरा नेपाल सरकार मन्त्रीपरिषदबाट निर्णय भएपछि नेपाल आउने श्रमिकलाई कति दिन क्वरेण्टीनमा राख्ने, सकेसम्म कम आर्थिक भार हुने गरी त्यो खालको  मोडालिटीमा काम भइरहेको छ । अहिले पहिले जुन व्यवस्था हो त्यही कार्यान्वयन भइरहेको छ । अब मन्त्रीपरिषद्ले पास गरेपछि मात्रै नयाँ व्यवस्था कार्यान्वयनमा आउँछ ।

श्रम गन्तव्य देशहरूमा उडान सहज गर्दै लैजाने भन्ने निर्णय पनि सीसीएमसीले गरेको छ । अब उडान कहिलेबाट सुरु हुन्छ  ?

विभिन्न गन्तव्य देशमा भएको उडानलाई बिस्तारै फेरि जोड्दै लैजाने भन्ने हो । स्वास्थ्य सुरक्षाका मापदण्डहरूलाई पालना गर्दै उडानहरू बढाउने निर्णय भइसकेको छ ।

त्यही क्रममा श्रमिकका मुख्य श्रम गन्तव्य देश र जापान कोरिया लगायतका देशहरूमा पनि उडानहरू खोल्दै जाने र बिस्तारै नियमित रूपमा पहिलेकै अवस्थामा लैजाने भन्ने हो । कन्ट्री अफ ओरिजन र कन्ट्री अफ डेस्टिनेसनमा विभिन्न प्रक्रियाहरू हुन्छ त्यो पूरा हुने क्रममा छ । मलाई लाग्छ अबको ८ १० दिनमै उडानको सङ्ख्याहरू बढ्दै जाने छ । यो सन्दर्भमा नेपाल सरकारले पनि निर्णय गरिसकेको अवस्था छ ।

साउदी, कतार मलेसिया लगायतका ठाउँमा पनि उडानहरू अब क्रमशः सुरु हुँदै जान्छ । र अर्को कुरा कतार लगायतका देश जहाँ अहिले उडान भइरहेको छ त्यहाँ पनि अब बिस्तारै उडान सङ्ख्या थपिँदै जानेछ ।

वैदेशिक रोजगारीमा जानुपर्ने कतिपय श्रमिकहरू खोपको कारण अड्किएका छन् । खोप नलगाई गन्तव्य देश र कम्पनीले आउन नदिने र यदि आएमा आफ्नै खर्चमा होटल क्वरेण्टीन बस्न पर्ने भनेका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकले खोप पाउलान् कि नपाउलान् ?

कोरोना विरुद्धको खोपको विषयमा नेपाल सरकार र राज्यका उच्च तहबाट एकदमै पहल भइरहेको छ । यो कुरा सबैलाई जानकारी भएकै कुरा हो ।

अब खोप आउनासाथ त्यसको न्यायिक वितरण र व्यवस्थापनमा छलफल भइरहेको छ । सबै नेपाली नागरिकलाई प्राथमिकताको आधारमा खोप दिइने छ । जसरी अहिले पनि सरकारले प्राथमिकताको आधारमा नै खोप वितरण गरिरहेको छ ।

अब वैदेशिक रोजगारीमा जानै पर्ने नागरिकलाई जाने दिने, कसरी सहजीकरण गरेर अघि बढाउने भनेर पनि छलफल भइरहेका छ । छलफल सकारात्मक तरिकाले अघि बढिरहेको छ । उज्यालो अनलाईन बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!