बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने गन्तव्य देशको निर्णय, बिदामा आएका श्रमिकलाई रोजगारी गुम्ने चिन्ता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार ९, २०७८ १२;१३ मध्यान्ह प्रकाशित
खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने गन्तव्य देशको निर्णय, बिदामा आएका श्रमिकलाई रोजगारी गुम्ने चिन्ता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो ।

६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था सामान्य  हुन्थ्यो भने यूएई फर्किसक्नुहुन्थ्यो । तर अहिले उहाँलाई काममा फर्कन समस्या भएको छ । रमेश घर आइपुग्नासाथ नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भयो । सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि वैशाख २३ गते मध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगायो ।

सरकारले नेपाली आकाश खुलाउँदै केही सहज बनाउँदै लगेको छ । तर यूएई सरकारले भने कोरोना विरुद्धको दुवै डोज खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिँदा समस्या सृजना भएको हो ।

रमेश यूएईको ट्रान्स गार्ड कम्पनीमा सेक्युरिटीको काम गर्नुहुन्छ । पाँच वर्षदेखि यही कम्पनीमा काम गरिरहनुभएका उहाँको काम र कमाई राम्रो छ ।

‘महामारीको यो समयमा पनि एक दिन मैले बिना काम बस्न परेन, कम्पनीमा मैले सोचेभन्दा राम्रो छ, तर अहिले खोपको कारण खाइपाई आएको जागिर गुमाउनु पर्ने हो कि भन्ने चिन्ता भएको छ,’ रमेश भन्नुहुन्छ ।

यूएईमा कम्पनीले क्याम्पमै नियमित स्वास्थ्य जाँचदेखि पीसीआर परीक्षण पनि निःशुल्क गरिदिन्छ । रमेश यूएईमै छँदा कम्पनीले सबै श्रमिकलाई खोपको व्यवस्था पनि गरेको थियो । तर त्यो समयमा स्वास्थ्यमा समस्या देखिँदा उहाँले खोप लगाउन पाउनुभएन । पछि कम्पनीले बिदा दियो । दुवै डोज खोप लगाउने समय नहुँदा उहाँ खोप नलगाई नेपाल आउनुभयो ।

‘अवस्था अहिलेजस्तो थिएन, सामान्य नै भएकाले बिदाबाट आएपछि खोप लगाउला भनियो, अहिले भएको जागिर पनि खोपकै कारण जाने भयो,’ रमेश सरकारलाई अनुरोध गर्दै भन्नुहुन्छ,‘खोप दिन नसके पनि गन्तव्य देशका सरकारसँग कुरा गरेर हामीलाई विदेश जाने व्यवस्था मिलाइदेऊ, खोप उतै गएर लगाउँला ।’

सूर्य देवकोटा पनि नेपाल र दुबईबीच हुने उडान कुरेर बस्नुभएको छ । जतिसक्दो चाँडो यूएई नपुगे भिसा सकिँदै छ उहाँको ।

‘मैले जतिसक्दो चाँडो यूएई पुग्न पर्नेछ, मेरो भिसाको अवधि सकिँदै छ,’ सूर्य भन्नुहुन्छ,‘नत्र मेरो जागिर गुम्ने छ, सरकार हामीलाई कुनै उपाय देऊ ।’

के हो यूएईको पछिल्लो व्यवस्था

यूएईले मान्यता दिएको दुवै डोज खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने निर्णय गरेको छ ।

नेपाली श्रमिकलाई मात्र होइन यूएईको रेसिडेन्स भिसा भएकाहरु जो बिदामा गएका छन् उनीहरू यूएईले मान्यता दिएको खोपको दुवै डोज लगाएकाहरूलाई मात्र प्रवेश अनुमति दिएको हो । यूएईले स्पुतनिक भी, सिनो फार्म, फाइजर, बायोएनटेक, अक्सफोर्ड एस्ट्राजेनेका गरी चार वटा खोपलाई मान्यता दिएको छ ।

यी मध्ये एक खोपको दुवै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई यूएईले प्रवेश अनुमति दिने जनाएको छ । तर नेपाली श्रमिकका लागि भने अहिले कुनै पनि आधिकारीक निर्णयहरू आएको छैन । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै यूएईले नेपालसँगको व्यवसायीक उडानमा लगाएको प्रतिबन्ध कायम नै छ ।

नेपाल सरकारले नेपाल र यूएईबीच उडान खोल्ने निर्णय गरे पनि अहिलेको अवस्थामा नेपालबाट जहाजहरू रित्तै जानुपर्ने अवस्था छ ।

बिदामा आएका नेपाली श्रमिकको प्रवेशका सन्दर्भमा अहिलेसम्म यूएई सरकारले कुनै आधिकारिक जानकारी नदिएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

साउदीबाट बिदामा आएकाको समस्या पनि उस्तै

गुल्मीका खीम सिंह खत्रीलाई पनि कम्पनीले दिएको बिदा सकियो । तर कोरोना महामारीको कारण उहाँ साउदी फर्कन पाउनुभएको छैन । महामारीको कारण नेपालले उडान बन्द गर्नु त्यसपछि ट्रान्जिट हुँदै जान पाउने र अहिले उडान खोल्ने निर्णय गरे पनि  अर्को समस्या छ कोभिड विरुद्धको खोप ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेलाई खोप उपलब्ध गराएको छैन । खोप नलगाई साउदी गएमा लाखौँ खर्च गरे होटल क्वरेण्टीनमा बस्नुपर्ने नियम छ । जसको कारण समयमा पुग्न सकिएन भने रोजगारी गुम्ने हो कि भन्ने चिन्ता हुन थालेको छ खीमलाई ।

खड्का राजु पनि साउदीबाट बिदामा नेपाल आउनुभएको लामो समय भयो । फर्कनका लागि १८ जुनको टिकट पनि काट्नुभयो । तर उहाँले पनि खोप लगाउनु भएको छैन । कम्पनीले खोप नलगाई आउनेले आफ्नै खर्चमा होटल क्वरेण्टीमा बस्न पर्छ भनेको छ । राजु भन्नुहुन्छ,‘कम्पनीले खोप नलगाएकाहरू नआओ भन्यो, नेपाल सरकारका कारण हाम्रो खाइपाई आएको जागिर गुम्ने भयो ।’

रेस्मीराजको समस्या पनि उस्तै छ । खोपको लागि धेरै पटक धाउनुभयो । खोप नलगाए आफ्नो रोजगारी गुम्ने बिन्ती पनि बिसाउनुभयो । तर कतै पनि सुनुवाइ भएन । खोप नलगाई साउदी पुग्दा आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नुपर्छ ।

एक त टिकट पाउनै गाह्रो छ । शुल्क पनि दोब्बरजस्तै महँगो  । अनि साउदीमा होटल क्वरेण्टी खर्च पनि एक लाख नेपाली रुपैयाँभन्दा माथि हुने भएकाले रेस्मीराज अलमलमा पर्नुभएको छ । उहाँलाई विदेशमा महँगो शुल्क तिरेर क्वरेण्टीनमा बस्नुभन्दा देशमै बरु पैसा तिरेर खोप लगाउँथे भन्ने लाग्छ । उहाँ सरकारसँग यही अनुरोध पनि गर्नुहुन्छ ।

के छ साउदीमा व्यवस्था 

साउदीको पछिल्लो निर्णयअनुसार त्यहाँ जाने सबैले खोप लगाए नलगाएको बारे प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ  ।

साउदीले पनि आफ्नो देश प्रवेशको लागि अनिवार्य रूपमा कोरोना विरुद्धको भ्याक्सिन लगाएको हुनुपर्ने जनाएको छ ।

अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेकको खोप भए दुई डोज र जोनसन जोनसनको खोप भए एक डोज लगाएको हुनुपर्ने छ ।

यस्तै ७२ घण्टा पहिलेको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । साउदी प्रवेश गरेको सात दिनसम्म अनिवार्य क्वरेण्नीटमा बस्नुपर्ने हुन्छ । आठ वर्ष मुनिका बाहेक साउदी प्रवेश गर्ने सबै यात्रुलाई २४ घण्टाभित्र एउटा र सातौँ दिनमा अर्को पीसीआर टेस्ट गर्नुपर्ने हुन्छ ।

कुवेतले पनि खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ ।

कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेका गरी पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ ।  तर यी कम्पनीका खोप नेपालमा भने आएका छैनन्  । कुवेत जाने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनु पर्नेछ ।

साथै कुवेत पुगेपछि सात दिन क्वरेण्टीनमा अनिवार्य बस्न पर्नेछ ।  कोरोनाको भ्याक्सिन लगाएकाहरूको लागि सिनेमा मल लगायत रेस्टुरेन्टमा प्रवेश गर्न दिएको छ ।

सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य प्रयोग गर्न सरकारको निर्देशन छ । कुवेतले मे १३ देखि नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबिच हुने कार्गो उडान बाहेक सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाएको छ । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।

कुवेतले फेब्रुअरीदेखि नै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो ।

नेपाल आफ्नै समस्याले थिचिएको छ । खोप उपलब्ध छैन । नियमित उडान छैनन् । महँगो भाडा तिरेर जान्छु भन्दा पनि टिकट पाइँदैन । उता पुगेपछि पनि आफ्नै खर्चमा होटल क्वरेण्टीन बस्नुपर्छ । महामारी रोकथाम गर्न गन्तव्य देशले अपनाएका मापदण्ड र नेपाल सरकारका आफ्नै सीमितताले धेरै नेपाली अहिले रोजगारी गुम्ने चिन्तामा छन् । उज्यालो अनलाईन

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!