काठमाडौँ असार १०, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारका लागि कतार जाने कामदारको भिसा प्रक्रिया सहज पार्न कतार भिसा सेन्टर ९क्यूभीसी० सँग नयाँ समझदारी भएको बताएको छ ।
अबदेखि हरेक महिनाको २० तारिकदेखि २५ तारिकसम्म बिहान ६ बजेदेखि राति १२ बजेसम्म क्यूभीसी एप्प्वाइन्टमेन्ट प्रणाली खुला रहने र आगामी २ हप्ता भित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट ३ सयबाट बढाएर ४ सय ५० पु¥याउन भिसा सेन्टर तयार भएको संघले जनाएको छ ।
आगामी महिनाभित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट बढाएर दैनिक ६ सय ५० सम्म पुर्याइने र हरेक दिन थप सय जनाको क्यूभीसी गरी प्रत्येक शुक्रबार थप ४ सय जनाको पनि क्यूभीसी गरिने बताइएको छ ।
क्यूभीसी एप्वाइन्टमेन्ट प्रणालीमा पहुँच पाउन नसकेपछि वैदेशिक रोजगार व्यवसायीहरुले क्यूभीसी सेटिङमा चल्न थालेको गुनासो गरेका थिए ।
सेन्टरले सीमित व्यवसायीले पहुँच पाउने गरी सेन्टरको अनलाइन प्रणाली खोल्ने र बन्द गर्ने गरिएको आरोप समेत लागेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-