बैदेशिक पोष्ट
२०८२ फाल्गुन २६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक व्यापारमा कोरोना असर देखिएन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १०, २०७८ ०५;५७ बिहान प्रकाशित
वैदेशिक व्यापारमा कोरोना असर देखिएन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

११ महिनामा आयात, निर्यातसँगै व्यापार घाटा पनि बढ्यो

१२ खर्ब ६२ अर्ब व्यापार घाटा

काठमाडौँ — कोरोना महामारीले चौतर्फी असर गरिरहँदा वैदेशिक व्यापारमा भने खासै असर गरेन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

उक्त परिमाण सामान्य अवस्थासरह नै हो । गत आर्थिक वर्ष २०७६/७७ को यही अवधिमा ११ खर्ब ८८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जसको तुलनामा चालु आवको ११ महिनाको व्यापार २६.२५ प्रतिशतले बढी हो ।

वैदेशिक व्यापारमा भएको वृद्धिसँगै आयात र निर्यात पनि बढेको छ । गत आवको ११ महिनामा ११ खर्ब ८१ करोड रुपैयाँको आयात भएकोमा चालु आवमा २५.६७ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँको आयात भएको तथ्यांक छ । निर्यात व्यापार पनि ३७.७८ प्रतिशतले बढेको छ । गत आवको ११ महिनामा ८८ अर्ब रुपैयाँको निर्यात भएकोमा यो आँकडा अहिले १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । विभागका अनुसार भटमास तेल (प्रशोधित) ले निर्यात बढाइदिएको हो । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट भटमासको कच्चा तेल आयात गर्छन् । जसलाई प्रशोधन गरेर भारत निर्यात गरिन्छ । यस अवधिमा ४२ अर्ब ३४ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ ।

सबैभन्दा बढी निर्यात हुने सूचीको दोस्रो नम्बरमा सिन्थेटिक यार्न छ । गत साउनयता जेठसम्म ७ अर्ब १६ करोड रुपैयाँको सिन्थेटिक यार्न विदेश निकासी भएको छ । तेस्रोमा अलैंची छ । गत आवमा ३ अर्ब ४६ करोड रुपैयाँको अलैंची निर्यात भएकोमा चालु आवको ११ महिनामा ६ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । ऊनीको गलैंचा कार्पेटको निर्यात ५ अर्ब ५० करोड रुपैयाँबाट बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । तयारी कपडा ४ अर्ब ६३ करोड, फलफूलको जुस ३ अर्ब ८२ करोड, जुटबाट बुनिएका कपडा ३ अर्ब ७९ करोड रुपैयाँको निकासी भएको छ ।

आयातको हकमा पेट्रोलियम पदार्थ नै अगाडि छ । चालु आवको ११ महिनामा ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको छ । गत आवको यही अवधिमा यो आँकडा ७८ अर्ब २१ करोड रुपैयाँ थियो । आयात भएका वस्तुमध्ये दोस्रो नम्बरमा एमएस बिलेट छ । गत आवको तुलनामा झन्डै दोब्बरले यसको आयात भएको देखिन्छ । गत साउनयता जेठसम्म ६५ अर्ब ३९ करोड रुपैयाँको एमएस बिलेट भित्रिएको छ । जबकि गत आवको यही अवधिमा यो संख्या ३८ अर्ब २७ करोड रुपैयाँ थियो । भटमासको कच्चा तेल पनि उल्लेख्य रूपमा आयात भएको छ । गत आवको ११ महिनामा १६ अर्ब १६ करोड आयात भएकोमा चालु आवको ११ महिनामा ४५ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ । मोबाइल टेलिफोन आयातमा ३४ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको तुलनामा यो रकम दोब्बर हो । साउनयता ३३ अर्ब १५ करोड रुपैयाँको एलपी ग्यास, २८ अर्ब ८० करोड रुपैयाँको पेट्रोल, २७ अर्ब ७७ करोड रुपैयाँको तयारी कपडा र २६ अर्ब ४ करोड रुपैयाँको चामल भित्रिएको छ । निर्यातको तुलनामा आयात चुलिँदा व्यापार घाटा पनि बढेको छ । गत आवको ११ महिनामा १० खर्ब १२ अर्ब ८१ करोडको घाटा रहेकोमा चालु आवको यही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।-कान्तिपुर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!