बारा, असार १० गते । कलैया उपमहानगरपालिकाको सातौ नगरसभाले डेढ अर्व भन्दा बढी रकम अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख राजेश राय यादवको सभा अध्यक्षतामा बिहीवार सुरुवात गरेका नगर सभामा उपप्रमुख रहिमा खातुनले आ.व. २०७८÷०७९ को लागि रु. एक अर्ब ५९ करोड ९३ लाख ५९ हजार २ सय ९२ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
यसैगरी निजगढ नगरपालिकाले आजै आठौं नगरसभाले एक अर्ब एक करोड ९४ लाख ७९ हजार बजेट विनियोजन गरेको छ ।
यस्तै, बारा जिल्लामा रहेका १६ वटै पालिकाहरु मध्ये कलैया र जितपुरसिमरा उपमहानगरपालिका रहेकोमा बजेट भाग बण्डासहितको आन्तरिक विवादको कारण जितपुरसिमरा उपमहानगरपालिकाले आफ्नो नगर सभा समयमा गर्न नसकेका वडा नम्बर ७ का वडाध्यक्ष रामबाबुप्रसाद गुप्ताले बताउनुभयो ।
बिगत दुई महिनादेखि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको बैठक बसेको छैन् । उहाँले भन्नुभयो । बाहिरबाहिरको बसाईमा भने, बजेटको कुरा नमिल्दा यस्तो हुन पुगेको उहाँले जानकारी दिनुभयो ।-गोरखापत्र



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-