वीरगञ्ज , असार १० गते । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को तीन अर्ब ५५ करोडको अनुमानित आय व्यय बजेट सार्वजनिक गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाको नवौं नगरसभामा आर्थिक वर्ष २०७८/७९ को लागि तीन अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपयाको अनुमानित आय व्यय बजेट सार्वजनिक गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को लागि चालु तर्फ एक अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय र पुँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख ३० हजार एकसय तथा वित्तिय व्यवस्थापन तर्फ छ करोड ७० लाख ६४ हजार छुट्टाइएको छ । जुन चालुखर्च तर्फ ५२ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ ४५ दशमलव ६८ प्रतिशत तथा वित्तिय व्यवस्थापनतर्फ १ दशमलव ८८ प्रतिशत रहेको छ ।
कुल खर्च मध्ये आर्थिक विकासतर्फ १० करोड ८ लाख तीस हजार , सामाजिक विकासतर्फ एक अर्ब ३५ करोड ६६ लाख १८ हजार , सुशासन तथा अन्तर सम्बन्धी क्षेत्रतर्फ १३ करोड ३२ लाख ७४ हजार र कार्यालयतर्फ ८० करोड ७३ लाख ४३ हजार रुपैया व्यय गर्ने अनुमान गरिएको छ ।
पेश गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटको मुख्य योजनाहरुमा आरयूडिपी मा ४३ करोड ३३ लाख ९१ हजार , वडा स्तरीय योजना तथा कार्यक्रममा २८ करोड २७ लाख ३४ हजार , मैचिंङ्ग फण्ड १७ करोड ६९ लाख २५ हजार , लक्षित कार्यक्रम ५ करोड ७६ लाख ५९ हजार , तराई मधेश सम्वृद्धि कार्यक्रममा ३० लाख , सडक बाेर्ड कार्यक्रममा २ करोड २९ लाख , रोजगार कार्यक्रममा ७० लाख , वडा कार्यालय भवनमा ५ करोड , उज्यालो वीरगञ्ज कार्यक्रममा ४ करोड ७१ लाख , शैक्षिक विकासतर्फ ६१ करोड २० लाख ७० हजार , स्वास्थ्यतर्फ २१ करोड ३० लाख १५ हजार , कृषि विकासतर्फ १ करोड ५३ लाख ८० हजार , पशु सेवा विकासमा २० लाख र जनसहभागितामा आधारित कार्यक्रममा ४ करोड २० लाख खर्च गरिने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को खर्च व्यर्होने श्रोतमा संघीय सरकारको वित्तीय समानीकरण ४६ करोड १ लाख , राजश्व बाँडफाँड २१ करोड २६ लाख ९८ हजार , त्यस्तैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण ३ करोड २९ लाख ९ हजार , सशर्त अनुदानतर्फ २ करोड , राजश्व बाँडफाँडतर्फ सवारीसाधनबाट २ करोड २८ लाख ७४ हजार नगरविकास अनुदानतर्फ ४० करोड ३० लाख ९१ हजार , सडक बाेर्डतर्फ २ करोड २९ लाख र यूनिसेफतर्फ ३५ लाख उपलब्ध हुने , आन्तरिक आयतर्फ ८६ करोड १६ लाख रुपैया असुल हुने अनुमान गरिएको छ भने नगद ४७ करोड २८ लाख ६५ हजार मौज्दात रहेको नगरसभामा जानकारी गराइएको थियो ।
वीरगञ्ज महानगरपालिकाले नवौं नगरसभामा पेश गरेको नीति , बजेट तथा कार्यक्रमको कार्यान्वयनबाट वीरगञ्ज महानगरको आर्थिक तथा सामाजिक विकासका पूर्वाधारहरु सृजना भई सभ्य र सम्वृद्ध वीरगञ्जको विकासमा मद्दत पुग्ने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७७/७८ मा कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजारको अनुमानित बजेट सार्वजनिक गरिएको र हालसम्म १ अर्ब ९९ करोड २८ लाख २ हजार खर्च भइसकेको कार्यक्रममा जानकारी दिइयो । त्यस्तैगरी आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब ४८ करोड १३ लाख ४८ हजारको अनुमानित बजेट पेश गरिएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ९ करोड ५६ लाख ६४ हजार मात्र खर्च भएको तथ्याङ्क नगरसभा सार्वजनिक गरियो । आर्थिक वर्ष २०७६/७७ मा अनुमानित बजेटको ६९दशमलव ०८ प्रतिशत मात्र खर्च भएको थियो भने चालु आर्थिक वर्ष २०७७÷७८ मा हालसम्म ५१ दशमलव ५९ प्रतिशत मात्र खर्च भएको छ ।-गोरखापत्र
प्रतिक्रिया लेख्नुहोस्:-