बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छ महानगरको बजेट ४३ अर्ब

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार ११, २०७८ ०१;०५ बिहान प्रकाशित
छ महानगरको बजेट ४३ अर्ब
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, जेठ ११ गते । आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् ।
अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को आय–व्यय अनुमान पेस गरेका हुन् ।
छवटा महानगरमध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले सबभन्दा ठूलो बजेट पेस गरेको छ । काठमाडौँ महानगरले १८ अर्ब ९६ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसैगरी पोखरा महानगरले छ अर्ब २८ करोड, ललितपुर महानगरले पाँच अर्ब ५५ करोड, भरतपुर महानगरले चार अर्ब ८१ करोड, विराटनगर महानगरले चार अर्ब १० करोड र वीरगञ्ज महानगरले तीन अर्ब ५५ करोड रुपियाँको बजेट बनाएको छ ।
छवटै महानगरले कोरोना महामारी नियन्त्रणसहित स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन् भने पूर्वाधार, शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएका छन् ।

काठमाडौँ :१८ अर्ब ९५ करोड
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख हरिप्रभा खड्गीले सभामा पेस गर्नुभएको आ.व. २०७८/७९ का उक्त बजेटमा विनियोजित कुल खर्चमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकासतर्फ ५५ करोड, सामाजिक विकासतर्फ दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एक अर्ब १५ करोड रुपियाँ विनियोजन गरिएको छ ।
बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयलाई उच्च प्राथमिकतामा राखेर महानगरपालिकाले बजेट सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिकाले विभिन्न कर, शुल्क र जरिवानामा छुट दिएको छ । आ.व. २०७६÷७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवाना छुट गरेको छ । यसैगरी महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने भएको छ ।

पोखरा : छ अर्ब २७ करोड
गण्डकी प्रदेशको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल छ अर्ब २७ करोड ७५ लाख रुपियाँको आय–व्यय अनुमान सार्वजनिक गरेको छ ।

महानगरपालिकाको नवौँ नगर सभामा बिहीबार उपप्रमुख मञ्जुदेवी गुरुङले पेस गर्नुभएको आ.व. २०७८/७९ को बजेटमा पुँजीगततर्फ तीन अर्ब ३६ करोड ८० लाख, चालूतर्फ दुई अर्ब ९० करोड ९४ लाख रुपियाँको बजेट पेस
गर्नुभएको हो ।
प्रस्तावित खर्च व्यवस्थापनका लागि सङ्घीय सरकारको वित्तीय हस्तान्तरणबाट दुई अर्ब ५६ करोड १६, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट नौ करोड २८ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट ३१ करोड २१ लाख, प्रदेश राजस्व बाँडफाँटबाट छ करोड १८ लाख र आन्तरिक आयबाट दुई अर्ब २२ करोड रुपियाँ अनुमान गरिएको छ । अपुग एक अर्ब तीन करोड ७५ लाख ९२ हजार रुपियाँ गत आर्थिक वर्षको सञ्चित मौज्दात, चालू आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट बेहोरिने छ ।

ललितपुर : पाँच अर्ब ५५ करोड
ललितपुर महानगरपालिकाले बिहीबार आगामी आर्थिक वर्षका लागि पाँच अर्ब ५५ करोड रुपियाँको बजेट सभामा पेस गरेको छ तर बजेट प्रस्तुत गर्ने क्रममा विपक्षले सभा बहिष्कार गरेका थिए ।
बिहीबार सुरु भएको छैटौँ नगर सभामा महानगरपालिकामा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सहितका नगर सदस्यले नगर सभा बहिष्कार गरेका थिए । उक्त बहिष्कारपछि नगर सभा स्थगन भएको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनले नगर सभामा बजेट पेस भएको तर विपक्षीले बहिष्कार गरेपछि छलफल हुन नसकेको बताउनुभयो । नगरप्रमुख महर्जनले भन्नुभयो, “कानुनतः असार १० गतेभित्र गर्नुपर्ने नगर सभा हामीले सुरु गरेका छौँ । विपक्षीले सभा बहिष्कार गरेपछि कोरम नपुगेकाले अर्को बैठक शनिबारका लागि आह्वान गरिएको छ । ”
एमालेबाट निर्वाचित महानगरपालिका– ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले महानगरपालिकाले आगामी वर्षका लागि बनाएको नीति तथा कार्यक्रम सबै सदस्यको अध्ययनबिना नै सभामा प्रस्तुत गर्न खोजिएकाले सभा बहिष्कार गरिएको बताउनुभयो । ललितपुर महानगरपालिकामा कुल नगर सदस्यमध्ये एमाले र माओवादीसहितको गरी करिब दुई तिहाइ सङ्ख्या छ ।

भरतपुर : चार अर्ब ८१ करोड
बागमती प्रदेशको अर्काे महानगरपालिका भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपियाँको आय–व्यय अनुमानसहितको बजेट पेस गरिएकोे छ ।
बिहीबार नवौँ नगर सभामा पेस गरिएको आ.व. २०७८/७९ को बजेट चालू आर्थिक वर्षको तुलनामा ६५ करोड रुपियाँले बढी हो ।
महानगर उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तुत गर्नुभएको सो बजेटमा आन्तरिक आयबाट एक अर्ब २० करोड रुपियाँ प्राप्त गर्ने अनुमान गरिएको छ । यो कुल बजेटको करिब २५ प्रतिशत हो । यसबाहेक अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ७७ करोड २९ लाख ८३ हजार र सङ्घ तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४४ करोड ८२ लाख ८२ हजार रुपियाँ हुने अनुमान गरिएको छ ।
भरतपुर महानगरको बजेटमा प्रत्येक वडालाई एक करोड ७० लाखका दरले २९ वडालाई एकमुष्ठ ४९ करोड ३० लाख रुपियाँ उपलब्ध गराउने उल्लेख छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि
कोभिड कोषका लागि एक करोड ९० लाख विनियोजन गरिएको बजेटमा स्वास्थ्यतर्फ नौ करोड रुपियाँ छुट्याइएको छ ।

विराटनगर : चार अर्ब १० करोड
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरले आगामी आर्थिक वर्षका लागि चार अर्ब १० करोड तीन लाख ३८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
आठौँ नगर सभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले प्रस्तुत गर्नुभएको सो बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च (चालू)तर्फ ४६ करोड ७० लाख रुपियाँ, पुँजीगत खर्चतर्फ तीन अर्ब ५८ करोड ३२ लाख रुपियाँ र वित्तीय व्यवस्थातर्फ पाँच करोड रुपियाँ खर्च अनुमान गरिएको छ ।
महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट सङ्घीय सरकारबाट एक अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट चार करोड ९० लाख, राजस्व बाँडफाँटबाट एक अर्ब एक करोड ४७ लाख, आन्तरिक आम्दानीबाट ८३ करोड नौ लाख, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख, सङ्घ, संस्थाबाट एक करोड ४४ लाख तथा जनसहभागिताबाट १० करोड आम्दानी हुने अनुमान नगर सभामा प्रस्तुत गरिएको छ ।
विराटनगर महानगरपालिकाले पूर्वाधार विकास क्षेत्रमा दुई अर्ब चार करोड ३९ लाख, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा एक अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा नौ करोड ३७ लाख रुपियाँ खर्च हुने अनुमान गरेको छ ।

वीरगञ्ज : साढे तीन अर्ब
प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जले आ.व. २०७८/७९ का लागि तीन अर्ब ५५ करोड ३९ लाख रुपियाँको अनुमानित आय–व्यय सार्वजनिक गरेको छ ।
नवौँ नगर सभामा बिहीबार पेस गरिएको सो बजेटमा चालू खर्चतर्फ एक अर्ब ८६ करोड ३५ लाख, पुँजीगत खर्चतर्फ एक अर्ब ६२ करोड ३३ लाख तथा वित्तीय व्यवस्थातर्फ छ करोड ७० लाख रुपियाँ
छुट्याइएको छ । कुल खर्चमध्ये आर्थिक विकासतर्फ १० करोड आठ लाख, सामाजिक विकासतर्फ एक अर्ब ३५ करोड ६६ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १३ करोड ३२ लाख र कार्यालयतर्फ ८० करोड ७३ लाख रुपियाँ विनियोजन गरिएको छ ।
आ.व. २०७८/७९ को खर्च बेहोर्ने स्रोतहरूमा आन्तरिक आय ८६ करोड १६ लाख रुपियाँ रहने अनुमान गरिएको छ । यो कुल अनुमानित खर्चको २४ प्रतिशत हो । यसबाहेक सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ४६ करोड एक लाख र राजस्व बाँडफाँटबाट २१ करोड २६ लाख रुपियाँ रहेको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण तीन करोड २९ लाख, ससर्त अनुदानबाट दुई करोड, राजस्व बाँडफाँटतर्फ सवारीसाधन करबाट दुई करोड २८ लाख, नगर विकास अनुदानबाट ४० करोड ३० लाख, सडक बोर्डतर्फ दुई करोड २९ लाख र युनिसेफतर्फ ३५ लाख उपलब्ध हुने अनुमान गरिएको छ ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!