काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ ।
अघिल्लो पटकको वरियतामा नेपाल १ सय १ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरियता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ ।
विश्व वरियतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो , नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा रहेका छन् । त्यस्तै इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन् ।-डिसी नेपाल
प्रतिक्रिया लेख्नुहोस्:-