बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रम स्वीकृति लिने ६० प्रतिशत घटे, विप्रेषण व्यापक घट्न सक्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १३, २०७८ १०;१५ बिहान प्रकाशित
श्रम कार्यालयले अब हप्ताको तीन दिन सेवा प्रवाह गर्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, असार १३ गते । देशको अर्थतन्त्र चलाएमान बनाउन रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहँदै आएको छ । पछिल्लो वर्ष विश्वमा फैलिएको कोरोनाको महामारीको कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भारी गिरावट आएको छ ।
अहिलेको अवस्थामा रेमिट्यान्स आप्रवाहमा खासै प्रभाव नपारे पनि आगामी दिनमा रेम्टियान्स आप्रवाहमा धेरै कमी आउने अर्थ सम्बन्धी जानकार बताउँछन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को १० महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको देखाउँछ ।

अघिल्लो वर्षको सोही अवधिमा स्वीकृति लिने सङ्ख्या २.७ प्रतिशतले मात्र घटेको थियो । यसै गरि वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो ।
रोजगारीका गन्तव्य मुलुक जान अन्तर्राष्ट्रिय उडान बन्द, बन्दाबन्दी र निषेधाज्ञाले गर्दा वैदेशिक रोजगार प्रभावित बन्दै आएको छ । अर्थविद् डा.चन्द्रमणि अधिकारी वैदेशिक रोजगारीमा जानेको संख्यामा भारी गिरावट आउनुले आगामी दिनमा रेमिट्यान्स आप्रवाहमा ठूलो प्रभाव पार्ने बताउनुहुन्छ ।
यसले दीर्घकालीन रुपमा बहुँपक्षीय क्षेत्रमा असर गर्ने अर्थविद् डा. अधिकारी बताउनुहुन्छ । वैदेशिक मुद्रामा कमी आउने, शोधान्तर बचत्त घटेर जाने र चालुखातामा समेत रेमिट्यान्सको कमीले असर गर्ने उहाँँको भनाइ छ ।

साथै हाम्रो वैदेशिक मुद्रामा चाप पर्ने र अत्यावश्यक सामान बाहिरबाट ल्याउन समेत प्रभाव पार्ने छ । विभिन्न परियोजनालाई आवश्यक पर्ने सामान तथा कच्चा प्रदार्थ ल्याउन पनि वैदेशिक मुद्राको कमी आउने देखिने अर्थविद् अधिकारी बताउनुहुन्छ । वैदेशिक रोजगारीमा जान खोज्ने कामदारलाई व्यवस्थित तरिकाले पठाउने र रोजगारीबाट स्वदेश फर्किएकाहरुको लागि स्वदेशमा काम गर्ने वातावरण वनाउन आवश्यक रहेको उहाँबताउनुहुन्छ ।विदेशबाट फर्किएकाहरुको तथ्याङक संकलन गरेर उनीहरुको सीप पहिचान गरेर नेपालमा प्रयोगमा ल्याउन सकियो भने देशको अर्थतन्त्रमा सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।

नेपालमा सीप अनुसारको मान्छे नपाइने सीप भएकाले काम नपाउने अवस्था विगतदेखि देखिदै आएको छ । कुन बर्ष उमेर बर्गका कुन सिप सिकेर आएका छन् उनीहरुको तथ्याङक तीनवटै तहका सरकारले संकलन गरेमा काममा लगाउन सजिलो हुँने उहाँ बताउनुहुन्छ । सरकारले कृषि क्षेत्रमा, आईटी, औद्योगिक,घरेलु कुन क्षेत्रमा चाहिने कति मानिस छन् उनीहरुको बारेमा थाहा भएमा स्वदेशमै रोजगारी दिन सकिने उहाँ बताउनुहुन्छ ।

सरकारले उनीहरुले सिकेको सीप र पुर्जीलाई सहि ठाउँमा लगानी गर्न सहजीकरण गरेको अवस्थामा विस्तारै वेरोजगारी समस्या समाधान हुने छ । रोजगारीको गन्तव्य मुलुकमा समेत कोरोनाका कारण रोजगारीमा असर गरेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।
खाडी लगायत गन्तव्य मुलुकमा बाहिरी मुलुकबाट आउने कामदारको लागि कोरोना खोप लगायकालाई जान प्राथमिकता दिएका कारण पनि नेपाली यूवा रोजगारीबाट बन्चित हुनुपरेको छ ।वैदेशिक रोजगारीमा जान चाहने यूवालाई खोपको व्यावस्था गरेर भए पनि काम गर्न जान दिने वातावरण सरकारले व्यावस्था गर्नु पर्ने अर्थविद् डा. अधिकारी बताउनुहन्छ ।

अहिले रेमिट्यान्स आउनेक्रम बढदो देखिए पनि भोलिको दिनमा कामदार जानेक्रम घटनुले रेमिट्न्यास आउनेक्रम घटने देखिन्छ । अहिले पनि गन्तव्य मुलुकमा जाने मानिस कम र फर्किने बढीरहेको अवस्थामा रेमिट्यान्स बढनुमा थप अध्ययनको विषय भएको उहाँ अर्थविद्हरु बताउँछन ।

अर्थविद् अधिकारी वैदेशिक रोजगारीमा जाने कामदारमा ठूलो गिरावट आउनु तर रेमिटयान्स आप्रवाह बढनु थप अध्ययनको विषय भएको बताउनुहुन्छ । पहिला हुण्डीबाट आउने पैसा बैकिङ्ग माध्यमबाट आएको भए तापनि यति धेरै अन्तर हुन नसक्ने डा. अधिकारी दावी छ ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा दैनिक १५ सय देखि दुई हजारको हाराहारी नेपाल जाने गरेकोमा कोरोनाका कारण एक बर्ष देखि रोजगारीमा जानेक्रम रोकिएको कारण यसको असर देखिदै गएको बताउनुहुन्छ । वैदेशिक रोजगारीमा गएर मध्यम र तल्लो स्तरको बर्गले आफनो दैनिकी गुजारा चलाउथे उनीहरुमा समस्या देखिन थालेको डा. गुरुङ बताउनुहुन्छ । रेमिट्यान्सबाट आश्रित परिवार आगामी दिनमा अझ समस्यामा पर्ने देखिन्छ । खास गरि खाडी मुलुक र भारतमा गएर सानोतिनो काम गरेर घर परिवारको खर्च चलिरहेको थियो उनीहरु अहिले रोजगारी बन्द हुँदा वेरोजगारी भएर बस्नु परेको रोजगार विज्ञ डा. गुरुङ बताउनुहुन्छ । सरकारले खोप व्यावस्था गरेर भए पनि वैदेशिक रोजगारीमा जाने कामदारको लागि सहजीकरण गर्नु पर्ने आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।

रोजगारीमा जाने यूवालाई सधैभरी विना सीप पठाउने भन्दा सिप सिकाएर थोरै जनशक्ति पठाएर धेरै पैसा कमाउने गरि पठाउन सरकारले काम गर्नु पर्नेमा उहाँको जोड छ । विदेशमा कार्यरत नेपालीहरु पहिलो चरणमा देखा परेको कोरोना संक्रमणमा जस्तो अहिले विदेशबाट फर्कने भन्दा आफनो रोजगारी सुरक्षित गरेर काम गर्न चाहेको देखिएको छ । नेपालीहरुको रोजगारीको गन्तव्य मुलुक खाडी , मलेशिया लगायत दक्षिण कोरिया बन्दै आएका छन् । वर्सेनि बढी रेमियान्स यि मुलुकबाट नेपाल आउने गर्छ । नेपाली युवाको रोजगारीको गन्तव्य मुलुक यस अघि मलेशिया रहेकोमा यस बर्षको चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो १० महिनाको अवधिमा नेपालीको पहिलो गन्तव्य कतार बनेको छ ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!