बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘यार्चा नखोजेर कसरी बाँच्नू ?’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १४, २०७८ ०३;२६ बिहान प्रकाशित
‘यार्चा नखोजेर कसरी बाँच्नू ?’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

संकलनको उपयुक्त वातावरण नहुँदा यसमै निर्भर स्थानीय मर्कामा

रुकुम पूर्व — यहाँको मैकोट र त्यस आसपासका धेरैको मुख्य आम्दानीको स्रोत भनेकै बुकी अर्थात् पाटन हो । हरेक वर्ष एकपटक पाटन जाने र त्यहाँ पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बु टिपेर आम्दानी गर्ने चलन झन्डै चार दशकदेखि चलिरहेको छ ।

तर, पछिल्लो समय भने यार्चा कम पाइनु, यार्चा संकलनको उपयुक्त वातावरण नबन्नु, जलवायु परिवर्तनको असरलगायतले आम्दानीका स्रोत घट्दै गएको स्थानीयको अनुभव छ । यहाँका हरेक घरधुरीको सजिलो र मुख्य आयस्रोत भनेकै यार्चागुम्बु संकलन हो ।

‘गत वर्षजस्तै यस वर्ष पनि खास यार्चा पाइएन, पाउने गरी वातावरण पनि बनेन,’ स्थानीय कर्मसही घर्ती मगरले भने, ‘यस क्षेत्रको आम्दानीको मुख्य स्रोत क्रमशः घट्दै गइरहेको छ ।’ विभिन्न कारणले समयमै यार्चा नउम्रने, उम्रिए पनि कम गुणस्तरको उम्रने गरेको उनको भनाइ छ । गत वर्ष र यस वर्षको सिजन कोरोना महामारीका कारण यार्चा टिप्न सजिलो भएन । दुई वर्ष नै जिल्लाले यार्चा संकलनका लागि बुकी नखोल्ने निर्णय गर्‍यो । डिभिजन वनले संकलन पुर्जी दिएन । यसले पनि स्थानीय असजिलोमा परे । पाटन, बुकी संकलन खुला नहुने भएपछि मनपरी ढंगबाट यसको खोजी र संकलन गर्ने काम भयो ।

‘हाम्रो मुख्य आम्दानीको स्रोत यही हो,’ एक संकलकले भने, ‘यार्चा नखोजेर त कसरी बाँच्नू ? आफ्नै तरिकाले खोजियो तर पाइनुपर्ने जति पाइएन ।’ भूगोल र वस्तुस्थिति नबुझी यार्चा संकलनमा रोक लगाइएको प्रति उनले आक्रोश पोखे । यार्चा नखोजी हातमुख जोड्न मुस्किल हुने भएपछि बुकी उक्लिएर यार्चा खोजेको उनले बताए । यो सिजन लगभग सकिएको छ । केही बाहेक अधिकांश संकलक घर फर्किएका छन् । धेरै खोज्दा पनि केही मात्रै भेटाउन सकेको एक संकलक रामराज बुढा मगरले बताए ।

पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ नम्बर वडाको लेकाली क्षेत्रमा यार्चा पाइन्छ । यार्चा संकलनका लागि हरेक घरबाट सक्ने जति लेक उक्लिन्छन् । अधिकांशले टिपेकै ठाउँमा त्यो बेच्छन् । त्यसैबाट यहाँका स्थानीयको गुजारा चल्छ । सिजनलाई व्यवस्थित गराउन सिजन व्यवस्थापन समिति बनाउने चलन थियो । तर, दुई वर्षदेखि त्यो चलन पनि छैन । कोरोना महामारीले त्यो चलन पनि हटाउनुपर्ने बाध्यता आइलाग्यो । पुथा हिमालय माविका प्रधानाध्यापक हस्तीमान पुन मगरले स्थानीयको आम्दानीको मुख्य स्रोत घट्दै गएको बताए । ‘यार्चाका अतिरिक्त विविध कारणले यहाँका स्थानीयको आयस्रोत घट्दै गएको छ,’ उनले भने, ‘यसले गर्दा स्थानीयको रोजीरोटीमै समस्या हुन सक्छ ।’ सिजनका बेला यहाँका स्थानीयले यार्चाबाट ६० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । तर, पछिल्लो समय त्यो घट्दै गएको थियो ।-कान्तिपुर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!