बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १४, २०७८ ०५;५८ बिहान प्रकाशित
जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, असार १३ गते । जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत सरकारको मातहतमा रहेको भारतीय रेलवे कम्पनी कोन्कणबीच सम्झौता भएको जानकारी दिनुभयो ।
सो रेल सेवा असारभित्रमा नै सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको बताउँदै उहाँले रेल सञ्चालनका लागि अहिले जनशक्ति नेपालमा उपलब्ध हुन नसकेकोले रेल चालक (लोको पाइलट)सहित २६ जना जनशक्ति उपलब्ध गराउन भारतीय कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो ।
सम्झौताअनुसारको भारतीय जनशक्ति नेपाल आई जनकपुरमा नेपाली रेलवे कर्मचारीहरूलाई तालिम दिइरहेको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, प्रविधि र उपकरण उपलब्ध गराउने, मेसिन, ट्र्याक मर्मतलगायतका काम गर्ने तथा नेपाली रेलवे कर्मचारीलाई तालिम दिनका लागि नेपाल रेलवे कम्पनी र कोन्कणबीच एक वर्षका लागि सर्भिस कन्ट्याक्ट भएको
जानकारी दिनुभयो ।
सम्झौताअनुसार भारतीय कर्मचारीको तलब–भत्ता, दुवै रेलको सर्भिसिङ र मर्मत, रेलवे ट्र्याकको मर्मत, नेपाली कर्मचारीलाई प्रशिक्षण भारतीय पक्षले दिने छन् । त्यसैगरी रेल सञ्चालनका लागि सुरुको एक महिनाको डिजेल भारतीय पक्षले नै दिने र त्यसपछि नेपाल रेल कम्पनीले आफैँ खरिद गर्ने छ ।
सो सेवा उपलब्ध गराएबापत नेपालले भारतीय कम्पनीलाई ३५ करोड १२ लाख रुपियाँ उपलब्ध गराउने छ । नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले भन्नुभयो, “नेपाली प्राविधिकले रेल सञ्चालनसम्बन्धी सीप सिकिसकेपछि नेपाल रेलवे कम्पनीको खर्च घट्ने छ र नेपालमा नै जनशक्ति उत्पादन सुरु हुने छ । ” अहिले जनकपुरमा ७५ जना नेपाली प्राविधिकलाई भारतीयले तालिम दिइरहेका छन् ।

प्रक्रिया पूरा
रेल सेवा सञ्चालनका लागि कुनै पनि कानुनी अड्चन र समस्या नरहेको बताउँदै नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले सो रेल सेवा सञ्चालन गर्न नेपाल र भारतबीच तयार पारिएको ‘स्ट्यान्डर्स अपरेटिङ प्रोस्युडर’ (एसओपी)मा समेत भारतले सहमति जनाइसकेको जानकारी दिनुभयो । यसअघि भारतले सहमति जनाएको थिएन । रेल सञ्चालनसम्बन्धी कानुन अध्यादेशबाट आइसकेको हुनाले अब कुनै कानुनी प्रक्रिया बाँकी नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार रेलवे कम्पनीले रेल सञ्चालनका लागि टिकट र भाडादरसहितका कार्य पूरा गरिसकेका छन् । सो रेलवेको न्यूनतम टिकट १५ रुपियाँ (एक स्टेसनबाट अर्को स्टेसनसम्म), जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपियाँ र वातानुकूलित (एसी) कक्षको भाडा दर तीन सय रुपियाँ तोकिएको छ ।
उहाँले भन्नुभयो, “सुरुमा बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक रेल सेवा सञ्चालन गरिने छ । सुरुमा एउटै रेल चलाइने छ । यात्रुको सङ्ख्या बढ्दै गएपछि दुइटै रेल सञ्चालनमा ल्याइने छ । ” तत्काल सो रेल सेवा नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३४ किलोमिटरमा
सञ्चालन हुनेछन् । सो खण्डमा आठवटा स्टेसन हुने छन् । सरकारले बर्दिवासदेखि भारतको जयनगरसम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्यसहित काम
गरिरहेको छ ।

कर्मचारीको व्यवस्थापन
नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले सो रेल सञ्चालन गर्न तत्काल जनकपुर–जयनगर रेलवेका सेवानिवृत्त कर्मचारी ७५ जना, भारतीय कर्मचारी २६ जना भारतीय र प्रशासनका लागि १० जना कर्मचारीलाई करारमा नियुक्त गरिएको जानकारी दिनुभयो ।
सञ्चालनमा आउन लागेको सो रेल डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) प्रणालीको छ । एक पटकमा एक हजार तीन सय यात्रुले यात्रा गर्न सक्ने सो रेलको अधिकतम गति प्रतिघण्टा ७० देखि ८० किलोमिटर हुनेछ ।
सरकारले जीटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रियामार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपियाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेलवे स्टेसनमा आइपुगेको थियो । अगाडि र पछाडि गुड्न सक्ने सो रेलहरू अहिले जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!